शब्दभण्डार
१. शब्द र अर्थका बिचमा जोडा मिलाउनुहोस् :
शब्द अर्थ
मौलिक – कसैको आधार नलिएको, सिर्जनात्मक
बाहुल्य – धेरै हुनाको भाव वा अवस्था
जतन – सुरक्षित
चिनो – चिह्न, निसान
निर्यात -स्वदेशबाट विदेशमा सामान पठाउने काम
वर्चस्व – आफ्नो अधिकार कुरामा गरिने दखल
मूर्त – स्पष्ट आकार भएको
किनिमा – भटमासबाट बनाइएको एक प्रकारको परिकार
मकर नुहाउनु – माघे सङ्क्रान्तिमा नुहाउने काम
हस्तक्षेप – निय अधिकार
फत्ते – सम्पन्न, पूरा
२. तल पाठमा भएका खानेकुराका नामको सूची दिइएको छ । शिक्षकको सहयोगबाट ती खानेकुराका बारेमा थाहा पाउनुहोस्
उत्तर:
- कटुसका दिउल: खसु, फलौट आदिका जस्ता पात हुने रुखको ‘फलभिन्रको फग्ल्याँटो, उञ्चने भाग, बिजन, बियाँ
- सर्तीबयर: भेट्नैपिच्छे तीनतीनवटा पात लाग्ने, पहला वा राता फूल फुल्ने, मसिना अमिला दाना फल्ने बोट वा फल
- सिन्की: खाडल वा गोल्फु, धैटो आदिमा खाँदेर अमिल्याइएको मुला
- सुचिया: नुन राखेर पकाइएको चिया, नुनचिया
- मार्सी चामल: एक असल जातको धानको चामल [समुन्द्री सतहबाट तीन हजार मिटरभन्दा माथि हिमाली क्षेत्रमा फल्ने]
- गहत: एकै भेट्नामा फुख्रा तीन पात हुने, परेला फूल फुल्नेर लाम्चा कोसा लाग्ने दाल जातको लहरो वा त्यसैको कोसामा फल्ने सेतो, रातो र कालो तीन जातको हुने चेप्टो आकार भएको गेडादार अन्न
- बुङको आलु: बाँझो जमिनमा उग्रिएको झारपातसहितको ‘माटोको चपरीलाई पाखैभरि ड्याङ बनाएर सुकाई आगोले पोलेपछि त्यही माटो र खरानीमा आलु रोपी फलेको आलु, माटो ‘रखरानीमा मात्रै फल्ने आलु प्रति केजी २००सम्म पर्ने
- पिँडालु: उततानु परेका ठुला नरम घात हुने, जरा काँचै खाँदा कोक्याउने र धेरै सेला भएको आलुजस्तो कन्द वा गानु फल्ने एक बनस्पति, कर्कला वा त्यस जराको गानु उसिनेर वा तरकारी पकाएर खाइनै वनस्पतिविशेष
- जिम्बु: लामालामा, मसिना पात र गन्धे झार थुंगा परेका प्याजी रङका फूल हुने, गुन्द्ुक जस्तै देखिने, चिउतेलमा फुराएर तरकारी आदि झान्ने काममा प्रयोग गरिने वनस्पति, कफ, वायु शमन गर्ने र हृदयलाई हित गर्ने बुटी, जिम्मु
३. शिक्षक र साथीसँग सोधखोज गरेर दिइएका सामानका बारेमा थाहा पाउनुहोस् :
कटुसका दिउल, सतीबयर, सिन्की, सुचिया, मार्सी चामल, गहत, बुङको आलु, पिँडालु, जिम्बु
उत्तर.
- काइँयो : कपाल कोर्न, मिलाउन प्रयोग गरिने साधन
- थाक्रो : काँको, घिरौंला, सिमी आदि लहरे तरकारीलाई झ्याँगिन आडस्वरुप भुइँमा गाडिने रुखको हाँगा, झिको
- फिपी : बेत, बाँस आदि चोयाले बुनेको बिर्कोवाला भाँडो
- नाङ्लो : अन्न केलाउने साधन, सुपो
- डालो : अन्नपात हाल्ने फराक मुख भएको केही गहिरो भाँडो
- चाल्नो : पिठो आदि छान्न बनाइएको मसिना प्वाल भएको साधन
- गलैँचा : सुतीको डोरी भेडाको ऊन आदि प्रयोग गरी विभिन्न रङका बुट्टा पारेर बुनिने बाक्लो र नरम बिछ्यौना
- राडी : नेपाली ऊनबाट बुनिने काम्लोजस्तो खस्रो बिछ्याइने कपडा
- लुकुनी : मिहीन राडीबाट सिएर तयार पारिएको जीउमा लगाउने कपडा
- थाङ्का : कागज वा कपडामा बनाइने एक प्रकारको चित्र
- खाँडीको कपडा : घरेलु तानमा बुनिएको खस्रो कपडा
- भाङ्ग्राको झोला : भाङ्ग्राबाट बुनेको बोराजस्तो खस्रो झोला
- बाँसका कुर्सी : बाँस विशेष वनस्पतिका काण्डहरु प्रयोग गरी बनाइएका बस्न मिल्ने साधन
- सोफा : कपडाको आवरण हालिएको, काठको आधार र फोम, आदि प्रयोग गरी बनाइएको बस्न मिल्ने आरामदायी
- थुन्से : सामानहरु बोक्न बाँस वा निगालाको चोयाले बुनेको प्वाल नभएको डोको जस्तै साधन
- अम्रिसाको कुचो : खैरा र झुसिला फूल फुल्ने वनस्पतिबाट बनेको बढार्न मिल्ने साधन
- नेपाली कागज : नरिचो, अल्लो आदिका पातबाट नेपालमा बनेका कागज
- ठेकी : दही, मही, घिउ, तेल आदि राखिने काठको भाँडो
- मदानी : दही मथी मही पार्ने साधन
- सुरो : पूजामा होम गर्दा आगामा घिउ हाल्न प्रयोग गरिने खयर काठको लट्ठी
४. दिहएका शब्दको अर्थ लेख्नुहोस् ।
उत्तर :
- परिकल्पनाकारः पछि सिद्ध हुन सक्ने कुराको पहिले नै मनमा अड्कल वा धारणा गर्न सक्ने व्यक्ति भाग, सोह भागको एक
- आना : चार पैसाको समुदाय, रूपियाँको पच्चिसौं भाग
- धुर : एक कट्ठाको बिसौं भाग जमिनको परिमाण आफ्नै खुट्टामा
- आत्मनिर्भर : आफ्नै स्वावलम्बी टेक्ने, बाँच्नका लागि अरूको भर पर्नु नपर्ने,
- आयात : विदेशबाट झिकाइएका मालसामान आउने काम, पैठारी, विदेशबाट खरिद गरिएको, भिकाइएको
- एकाधिकार : कुनै उद्योगव्यापार, खरिदबिक्री, कामकुरो आदिमा एउटा व्यत्तिको मात्र आधिपत्य हुने स्थिति, कुनै काम, वस्तु वा व्यापारमा एउटै व्यक्तिको मात्र पूर्ण अधिकार, एकलौटी अधिकार, एकाधिपत्य
- कृत्रिम : प्राकृतिक वा स्वाभाविक नभएको, बनावटी, जाली, किर्ते
- अर्गानिक : जीवसँग सम्बन्धित प्रक्रियाहरू वा जीवित जीवहरू समावेश गर्ने प्रक्रियाद्वारा उत्पादित, जैविक
- जोखिम : शारीरिक, मानसिक हानिनोक्सानी हुन सक्ने डरलाग्दो काम, हानिनोक्सानी हुने सम्भावना, खतरा
- विकल्प : पहिले कुनै कुरा सोचेर फेरि त्यसका विपरीत अर्कै कुरा सोच्ने काम, पूर्वविचारलाई त्यागेर लिइएको नयाँ विचार, दुईवा बढी विषयमध्ये कुनै एक विषय छान्ने काम, अथवा
५. शब्दकोशको सहायताबाट उदाहरणमा दिए झैँ तलका शब्दको शब्दवर्ग, शब्दस्रोत र अर्थ लेख्नुहोस् :
उत्तर :
शब्द | शब्दवर्ग | शब्दस्रोत | अर्थ |
---|---|---|---|
असल | वि. (विशेषण) | अ. (अरबी) | राम्रो उत्तम |
विकास | ना. (नाम) | सं. (संस्कृत) | उन्नति |
इष्ट | वि. (विशेषण) | सं (संस्कृत) | इच्छा गरिएको |
स्कुल | ना. (नाम) | अड् (अङ्ग्रेजी) | विद्यालय |
किनामा | ना. (नाम) | लि. (लिच्छवीय) | भटमास उसिनेर खरानीमा मुछी धेरै दिनसम्म गुम्स्याएको खाद्य पदार्थ |
चिया | ना. (नाम) | चि. (चीनदेशीय) | सेता फूल फुल्ने, एक थरी बाहमासे बुटोका | कलिला पातका मुना सुकाएर तयार पारिएको पत्ती |
६. दिइएका कुनै पाँचओटा उखानलाई वाक्यमा प्रयोग गरी कक्षामा सुनाउनुहोस्
उत्तरः
हात्तीका मुखमा जिराः दुई दिनदेखिको भोको मान्छेलाई एक टुका स्याउ त हात्तीको मुखमा जिरा जस्तै हो।
काम गर्ने कालु मकै खाने भालुः विदेशी भूमिमा हर्केले पसिना बगाएर कमाएको पैसाले गाउँमा उसकी स्वास्नीले मस्ती गरेर बसेकी छे । यो त काम गर्ने कालु मकै खाने भालु जस्तै भएन र !
खाने मुखलाई जुँघाले छेक्दैनः खाने मुखलाई जुँघाले छेक्दैन भनेझैँ सुशान्तले बत्ती गएको बेला मैनबत्ती बालेर पनि पढ्छ ।
गर्ने भन्ने हनुमान् पगरी गुथ्ने ढेडुः गाउँलेले श्रमदानबाट बाटो खने तर जस जति वडाध्यक्षले पाए यो त गर्ने भन्ने हनुमान् पगरी गुथ्ने ढेडु जस्तै भयो ।
घाँटी हेरी हाड निल्नु: घाँटी हेरी हाड निल्नु भनेझैँ हामीले आम्दानी हेरेर खर्च गर्नुपर्छ ।
बोल्नेको पिठो पनि बिक्छ नबोल्नेको चामल पनि बिक्दैन: बोल्नेको पिठो पनि बिक्छ नबोल्नेको चामल पनि बिक्दैन भनेझैँ मिठो बोलेर ग्राहकको मन जिलेले धेरै व्यापार गर्न सक्छन् ।
मेरो गोरुको बाह्रै टक्का: मेरो गोरुको बाह्रै टक्का भनेझैँ हाम्रा नेताहरु आफ्नो कुरा मात्र सही ठान्छन् ।
म ताक्छु मुढो बन्चरो ताक्छ घुँडो: म ताक्छु मुढो बन्चरो ताक्छ घुँडो भनेझैँ जागिरबाट जिन्दगी नचलेर व्यापार गर्न थालेको यसमा पनि उल्टो घाटा मात्र भयो ।
रातभरि करायो दक्षिणा हरायो : दिनभर काम गरेर पनि साहुले खाना पनि दिएन । यो त रातभरि करायो दक्षिणा हरायो जस्तै भयो ।
हुने बिरुवाको चिल्लो पातः हुने बिरुवाको चिल्लो पात भनेझैँ केशब सानैदेखि अध्ययनमा खुब चासो दिन्छ।
हात्ती आयो हात्ती आयो फुस्सा: विदेशबाट दाइ आउँदा के के न ल्याइदिनुहुन्छ होला भनेको केही पनि ल्याइदिनुभएन । यो त हात्ती आयो हात्ती आयो फुस्सा भनेझैँ भयो ।
एकले थुकी सुकी सयले थुकी नदी: एकले थुकी सुकी सयले थुकी नदी भनेझैँ देश विकासको काम एक्लैले सम्भव हुँदैन तर धेरै मिलेर गरेपछि सम्भव हुन्छ ।
नमच्चिने पिङको सय झट्का: खुब राम्रो क्रिकेट खेल्छु भन्ने रोशन शुन्य रनमै आउट भयो । यो त नमच्चिने पिङको सय झट्का जस्तै भइहाल्यो नि ।
बोध र अभिव्यक्ति
१. रिपोर्ताज पाठ पढी सोधिएका प्रश्नको उत्तर भन्नुहोस् :
(क) चोमोलुङ्गा औद्योगिक प्रतिष्ठान कस्तो प्रतिष्ठान हो ?
उत्तर : चोमोलुङ्गा औद्योगिक प्रतिष्ठान विगत पाँच वर्षदेखि स्थानीय कच्चा पदार्थको प्रयोग गरी नेपालको मौलिकता र पहिचानमा आधारित वस्तुको उत्पादन गरी स्वदेश र विदेशमा बिक्री वितरण गर्न गर्ने लोकप्रिय औद्योगिक प्रतिष्ठान हो ।
(ख) चोमोलुङ्घा औद्योगिक प्रतिष्ठानबाट बिक्री गरिने सामान किन लोकप्रिय भए ?
उत्तर : चोमोलुङ्गा औद्योगिक प्रतिष्ठानबाट बिक्री गरिने सामान नेपालको मौलिकता र पहिचानमा आधारित भएकाले लोकप्रिय भए ।
(ग) छिरिङको पारिवारिक पृष्ठभूमि कस्तो छ ?
उत्तर : छिरिङको परिवारमा छिरिङ, बाबाआमा र भाइबहिनीहरू छन् । थोरै मात्र भएको जग्गाजमिनको उब्जनीले तीन चार महिना पनि धान्दैनथ्यो । बुबाले भारी बोकेर अनि आमाले बनीबुतो गरेर उनीहरूको जीवन जेनतेन चलेको हुनाले आर्थिक दृटिकोणले दयनीय छिरिङको न्यून मध्यम वर्गीय पारिवारिक पृष्ठभूमि कमजोर छ ।
(घ) किन छिरिङलाई जग्गा प्लटिङ व्यवसाय ठिक लागेन ?
उत्तर : जग्गा प्लटिङ व्यवसायबाट पैसा कमाइए पनि खेतीयोग्य जमिन मासिने र कङ्क्रिटको जङ्गल बिस्तार हुने अनि नेपालीले वर्षों दुःख गरेर कमाएको पैसालाई बर्बाद बनाउने भएकाले छिरिङलाई जग्गा प्लटिङ व्यवसाय ठिक लागेन ।
२. दिइएको रिपोर्ताज अंश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) नेपाली मौलिक उत्पादनको बजार कस्तो छ ?
उत्तरः नेपालीहरु विश्वको जुनसुकै कुनामा पुगे पनि आफ्नो मौलिकता र पहिचानलाई भुलेका छैनन् । उनीहरू उपलब्ध भएसम्म आफ्ना मौलिक वस्तुको उपभोग गर्न रुचाउँछन् । आज विश्वभर कृत्रिम र विषादीयुक्त खानपानका कारण अनेक रोग निम्तिएका छन् । नेपाल जस्तो प्रकृतिको सुन्दर देशमा हामीले अर्गानिक तथा प्राकृतिक वस्तुको उत्पादन गर्न सक्यौँ भने हाम्रा उत्पादन संसारभर बिक्छन् । त्यसैले नेपाली मौलिक उत्पादनको बजार प्रशस्त सम्भावनाले भरिएको सुन्दर छ।
(ख) पाठमा प्रतिस्पर्धी थपिँदैमा आत्तिनु पर्दैन किन भनिएको हो ?
उत्तरः हामीले अर्गानिक तथा प्राकृतिक वस्तुको उत्पादन गर्न सक्यौँ भने हाम्रा उत्पादन संसारभर बिक्छन् । बजारको विस्तारसँगै कुनै एउटा उद्योगका उत्पादनले मात्र सबैको माग र आवश्यकता पूरा गर्दैन । कुनै एक क्षेत्रमा स्थापित उद्योगले मात्र सबैको चाहना र आवश्यकताको परिपूर्ति सम्भव छैन । त्यसैले गुणस्तरीय मौलिक वस्तुहरु उत्पादन गरेर बिकी नहोलान् कि भनेर डराउन वा प्रतिस्पर्धी थपिँदैमा आत्तिनु पर्दैन ।
३. किन लेखक चोमोलुङ्गा औद्योगिक प्रतिष्ठानका विषयमा रिपोर्ताज लेख्न अग्रसर भए, लेख्नुहोस् ।
उत्तर :
राष्ट्रियताको भावना जगाउँदै उद्यमशीलताको चेतना अभिवृद्धि गर्ने मूल सन्देश प्रवाहित जीवन मार्ग शीर्षकको रिपोर्ताजमूलक रचनामा विश्वपीकरणको आजको प्रतिस्पर्धाको युगमा औद्योगिक उत्पादनको विक्री वितरणमा कसैको पनि एकाधिकार नहुने भएकाले हामीले हाम्रा औद्योगिक वस्तुहरू जति मौलिक. अर्गानिक र प्राकृतिक उत्पादन गर्न सक्छौं त्यति नै विश्वभर फैलिने छन् बिक्ने छन् अनि बजारीकरणको कुनै समस्या हुने छैन, औद्योगीकरणको बृद्धिसँगै राष्ट्रिय समृद्धि हुने छ भन्ने भावअभिव्यञ्जित छ।
यस रिपोर्ताजमूलक रचनामा चोमोलुङ्गा औद्योगिक प्रतिष्ठानले नेपालको मौलिकतालाई, पहिचानलाई स्रोत साधनलाई अनि श्रम र सिपलाई सदुपयोग गर्दै उत्पादित वस्तुलाई स्वदेश तथा विदेशमा लोकप्रिय बनाउँदै औद्योगिक सफलता हाँसिल गर्न सफल भएको तथ्यलाई प्रस्तुत गरिएको छ । लेखक आजभोलि गाउँसहर जताततै चोमोलुङ्गा औद्योगिक प्रतिष्ठानबाट उत्पादित वस्तुको चर्चा चलेको, देशविदेशमा रहेका नेपालीका घरमा यस औद्योगिक प्रतिष्ठानबाट उत्पादित कुनै न कुनै सामान पुगेको, आफ्नो घरभित्र कोठा कोठामा चोमोलुङ्गा औद्योगिक प्रतिष्ठानका उत्पादनको बाहुल्य रहेको, अमेरिका, अस्ट्रेलिया, जापान, क्यानडा, स्पेनतिरका साथीसँगको भिडियो च्याटमा नेपाली उत्पादनका सामानहरूले कोठा सजाएका र तीमध्ये पनि चोमोलुङ्गाका उत्पादनको बाहुल्य देखिएको, नेपाल आउने अधिकांश विदेशीले यस प्रतिष्ठानका सामान नेपालको चिनाका रुपमा लैजान थालेका, नेपालबाट विदेश निर्यात हुने वस्तुमा यस औद्योगिक प्रतिष्ठानका सामानको वर्चस्व हुँदै गएको, सगरमाथाको नाममा औद्योगिक प्रतिष्ठान खोली सामान उत्पादन, बिक्री वितरणमा पनि चोमोलुङ्घाको शिखर चुम्न सफल बनेको तथ्यले अत्यन्तै प्रभावित भएका छन् । यस रिपोत्ताजका लेखकलाई चोमोलुङ्गा औद्योगिक प्रतिष्ठान को नाम पहिलो पटक सुन्दा गज्जब लागे पनि केही समयपछि त्यस प्रतिष्ठानका उत्पादन उनको घरमा सुरूमा उनकी जीवन सङ्गिनीले बाँसको काइँयो, को, फिपी, नाङ्लो, डालो, चार्नो, थुन्से ल्याउँछिन् अनि केही दिनपछि बुबाले ठेकी, मदानी, सुरो, चम्मर अनि निगालाबाट बनेका किताब राख्नका लागि सानो रायक पनि सामग्री राख्ने ढक्की र धार्मिक श्रनुहुन्छ भने बिस्तारै गलचा, राडी, लुकुनी, थाङ्का, घरायसी चौंरीको घिउ, मह, गुराँसको जुस, मान्द्रेको अचार, कटुसका दिउल आदि खाद्यान्न सामग्रीहरू भित्रिनुका साथै लेखकको घरमा चोमोलुङ्गा औद्योगिक प्रतिष्ठानका सामान भएनन् भने भातभान्सै नहुने स्थिति बन्छ । यसरी चोमोलुङ्गा ब्रान्डका सामानसँगको घनिष्टतासँगै चारैतिर छाएको लोकप्रियताका कारण त्यस औद्योगिक प्रतिष्ठानप्रति स्वाभाविक रूपमा चासो जागेकाले लेखक चोमोलुङ्घा औद्योगिक प्रतिष्ठानका विषयमा रिपोर्ताज लेख्न अग्रसर भए ।
४. दिइएको रिपोर्ताज अंश पढी सोधिएका प्रश्नको उत्तर भन्नुहोस् :
प्रश्नहरू
(क) देखासिकी गरी खा आरिसे मरी जा, भन्ने उखानको तात्पर्य के हो ?
उत्तरः कुनै उद्योग वा व्यवसायले नाफा कमाएको देखेर अरूले पनि उही प्रकृतिका उद्योग खोलेको देखिन्छ । केही नगर्नुभन्दा अरुको देखासिकी गरेर खान ठिकै होला तर अरुको रिस गर्नु राम्रो होइन । यसरी अरुको रिस, डाहा गर्दा जलनले आफै मरिन्छ । यस्ता आरिसेहरुको कहिल्यै भलो हुँदैन । सबैले एउटै काम गरेर हुँदैन । अरुको प्रगतिको रिस नगरी विकल्प खोज्नुपर्छ भन्नु उपर्युक्त उखानको तात्पर्य हो।
(ख) जति धेरै उत्पादन त्यति धेरै फाइदाको अवस्थामा पुग्ने उपाय के हो ?
उत्तरः पहिलो कुरा हो गुणस्तरमा सम्झौता गर्नुहुँदैन । दोस्रो कुरा स्वस्थ प्रतिस्पर्धा, सहकार्य र आदानप्रदानको संस्कृति बसाउनुपर्छ। त्यसो गर्न सके हामी जति धेरै उत्पादन त्यति धेरै फाइदाको अवस्थामा पुग्न सक्छौँ ।
५. विभिन्न देशको भ्रमणबाट छिरिङले कस्तो शिक्षा पाए, लेख्नुहोस्
उत्तर :
चोमोलुङ्घा औद्योगिक प्रतिष्ठानका मुख्य परकल्पनाकार, परियोजनाकार, मूल लगानीकर्ता अनि निर्देशक छिरिङ निम्न वर्गीय पारिवारिक पृष्ठभूमिमा जन्मेका बाबुआमाका जेठा छोरा हुन् । सानै उमेरमा बुबालाई गुमाएपछि बुबाको उत्तराधिकारी भएर बुबाले झ कहिले विदेशीको त कहिले स्वदेशीको भारी बोकी पारिवारिक एवं पढाइ खर्च जुटाउँदै प्रवेशिका पास गरेपछि शिक्षक भएका उनी स्नातक सकेपछि सरकारी जागिरे भएका थिए । जागिर छोडेर उनी केही समय ट्रेकिङ व्यवसायमा लागेका थिए । यसै क्रममा उनले विभिन्न देशको भ्रमण गरेपछि अनि ले विभिन्न देशको भ्रमण गरेपछि अनिजापानमा गएर केही वर्ष काम गरेका थिए । छिरिडले विभिन्न देशको भ्रमणसँगै जापानको भ्रमण गर्दा श्रमको महत्व थाहा पाउनुका साथै स्वदेशमै बसेर केही गर्न सकिन्छ भन्ने शिक्षा पाए । आफ्नो देशको मौलिकतालाई, पहिचानलाई, स्रोत साधनलाई अनि श्रम र सिपलाई सदुपयोग गर्दै त्यसलाई विश्व बजारमा बेच्न सके आत्मनिर्भर बन्न सकिने अनि विकास गर्न सकिने शिक्षा पाए ।
छिरिङले विभिन्न देशको भ्रमणबाट नेपालको अपार प्राकृतिक स्रोत र साधन अनि श्रमशक्तिलाई सदुपयोग गरी नेपाली मौलिकतामा, र नेपाली स्रोतसाधनमा उद्योग खोल्नुपर्छ अनि त्यस्ता उद्योगबाट उत्पादित सामान मात्रै हामीले विदेश निर्यात गर्न सक्छौं र विकास र समृद्धिको सोपान चढ्न सक्छौं भन्ने शिक्षा पाए ।
६. छिरिङको जीवन सङ्घर्षबाट के शिक्षा लिन सकिन्छ, आफ्नो विचार लेख्नुहोस् ।
उत्तर :
‘जीवन मार्ग’ प्रेरणादायी रिपोर्ताजमूलक रचना हो । छिरिङ नेपाल र नेपालीको समृद्धि चाहने सफल उद्यमी अनि सङ्घर्षका पर्याय हुन् । निम्न वर्गीय पारिवारिक पृष्ठभूमिमा जन्मेका छिरिङ बाबुआमाका जेठा छोरा थिए । बुबा र आमाले काम गर्दा जसोतसो उनको घर व्यवहार चलेको थियो ।
अचानक बुबाको मृत्यु भएपछि उनले सानै उमेरमा काँधमा जिम्मेवारी बोकेर हिँड्नु पयो । उनले जसोतसो काम गर्दै स्नातकसम्म पढे । पढाइ सकेपछि केही समयको जागिरपछि ट्रेकिङ व्यवसायमा लागे । छिरिङले जापानमा गएर केही वर्ष काम गरेपछि श्रमको महत्व बुझ्ने अवसर पाए ।
जापानबाट फर्केपछि जग्गाको कारोबारमा लागे तर खेतीयोग्य जमिन मासी कङ्क्रिटको जङ्गल विस्तार गर्ने पेसा उनलाई मन परेन । स्रोत, साधन अनि श्रमशक्तिलाई सदुपयोग गर्न सके आत्मनिर्भर बन्नुका साथै मुलुकको विकास र समृद्ध हुने तथ्यलाई बुझी मौलिक अनि स्थानीय स्रोत र साधनको प्रयोग गरी चोमोलुङमा औद्योगिक प्रतिष्ठान खोले र उत्पादित सामग्री स्वदेश तथा विदेशमा बिक्री वितरण गरी लोकप्रियतासँगै सफल उद्यमी बने ।
चोमोलुङ्मा औद्योगिक प्रतिष्ठानका मुख्य परिकल्पनाकार, मुख्य परियोजनाकार, मूल लगानीकर्ता अनि निर्देशक उनी नै थिए।उनको जीवन सङ्घर्षमय रह्यो । उनले यो सफलता हठात् पाएका होइनन् । प्रतिकूल अवस्थामा पनि अविचलित रही गरेका अथक सङ्घर्षको परिणाम हो, चोमोलुङमा औद्योगिक प्रतिष्ठान । स्वदेशमै यस्ता उद्योग खोल्दा स्थानीय मौलिक स्रोत साधनको सदुपयोग पनि हुने र रोजगारीका अवसर पनि बढ्छन् । देशको मौलिक पहिचान पनि झल्कने र यस्ता वस्तु निर्यात गरेर व्यापार घाटा पनि कम गर्न सकिन्छ । त्यसैले हामी पनि स्वदेशमै बसी जीवनमा यस्ता धेरै सङ्घर्ष गर्दै अगाडि बढ्नुपर्छ । समस्यासँग भाग्ने नभई जुध्नुपर्छ । घर घडेरी खरिद जस्ता अनुत्पादक क्षेत्रमा गरिने लगानीभन्दा औद्योगिक क्षेत्रमा गरिने लगानी श्रेयस्कर हुन्छ । आफ्नो देशको मौलिक पहिचान, अपार प्राकृतिक स्रोत र साधनलाई सदुपयोग गर्दै उद्योग खोल्नुपर्छ ।
यस्ता उद्योगबाट उत्पादित सामान विदेश निर्यात गरी व्यक्तिगत लाभसँगै देशको विकास र समृद्धिमा पनि टेवा पुग्छ । दुनियाँलाई ठगेर आफू मात्र धनी बन्ने काम उद्यम नभएर अधम हो । त्यसैले हामीले यस्तो काम गर्नुपर्छ, जसबाट सबैको हित होस् र राष्ट्र विकासमा पनि सहयोग पुगोस् । वास्तवमा छिरिङको सङ्घर्ष र त्यसबाट प्राप्त सफलता स्वदेशमा केही छैन भन्ने सङ्कीर्ण सोच राख्नेहरुका लागि एउटा आदर्श दृष्टान्त हो । समग्रमा जनजीवनलाई सहज बनाउने शिक्षा उनको सङ्घर्षबाट पाउन सकिन्छ ।
७. दिइएका उद्धरणको व्याख्या गर्नुहोस् :
(क) ‘हामीकहाँ नयाँ कुराको परिकल्पना गर्ने, जोखिम मोल्नेभन्दा पनि अरुले गरेको हेरेर त्यसैको अनुसरण गर्ने, अस्वस्थ प्रतिस्पर्धा गर्ने `चलन छ’ ।
उत्तर :
प्रस्तुत ब्याख्यांश कक्षा १२ को नेपाली पाठ्यपुस्तकका लेखकद्वारा लिखित तथा सम्पादित जीवन मार्ग शीर्षकको रिपोर्ताजमूलक रचनाबाट साभार गरिएको हो । यस पाठमा आर्थिक विकास र समृद्धिको आधार उद्योग उद्यमीका लागि उन्नतिको मार्ग भएको तथ्य चित्रण गरी सङ्घर्षशील, सफल उद्यमी सफलता र लोकप्रियताळ रडको चोमोलुङमा औद्योगिक प्रतिष्ठानको उत्पाद चर्चा गरिएको छ। बजारको विस्तारसँगै कुनै एउटा उद्योगका उत्पादनले मात्र सबैको चाहना र आवश्यकता परिपूर्ति सम्भव नभएकाले प्रतिस्पर्धीहरू | थपिंदैमा आत्तिनु नपर्ने भनी छिरिङले भन्दा प्रस्तुत अंश म पात्रले प्रकट गरेका हुन् । प्रस्तुत हरफमा रचनात्मक कार्य गर्नुभन्दा अरूको नक्कल गर्ने गलत संस्कारप्रति सङ्केत गरिएको छ । मानिस सिर्जनशील प्राणी हो । नवीन सिर्जनामा नै आफ्नो पहिचान झल्किन्छ । दिनप्रतिदिन नयाँ कुराको खोज अनुसन्धान गर्ने इच्छा राख्नु र नयाँ कुराको अनुभवमा रूचि लिनु मानिसको स्वभाव नै हो । नयाँ नयाँ खोज अनुसन्धानबाट नै नवीन विचार र रचनात्मक कार्यको जन्म हुन्छ । नयाँ कुराको परिकल्पना गर्न गर्न ज्ञानशक्ति र तर्कशक्तिति चाहिन्छ । कुनै कुरा वा विषयप्रतिको निश्चय वा निर्णय गर्न सक्नुपर्छ । कुनै कुरा बनाउने, काम, निर्माण वा रचना गर्ने दृष्टि क्षमता हुनुपर्दछ अनि आफ्नो परिकल्पनालार्य मूर्त रूप दिन अथक सङ्घर्ष गर्नुपर्छ । श्रम, समय र सम्पत्तिको जोखिम मोल्नुपर्ने हुन्छ । जुन कार्य गर्न जोश, जाँगर र उमङ्ग चाहिन्छ अनि लगनशील पनि । निरन्तरको सङ्घर्षबाट नै परिकल्पनालाई मूर्त रूप दिन सकिन्छ । नयाँ सोच नभएका, सङ्घर्ष गर्न नसक्ने, जोखिम मोल्न नसक्नेहरू अरूले गरेको हेरेर त्यसैको नक्कल गर्छन् । अरूको नक्कल गर्दा न त आफ्नो मौलिकपन हुन्छ न त पहिचान नै । नयाँ परिकल्पनासहित नयाँ क्षेत्रमा लगानी गर्न डराउनेहरूले कहिल्यै आफ्नो पहिचानसहितको संस्था वा स्थापना गर्न सक्दैनन् । अरूको नक्कल गरेर सस्तो लोकप्रियता कमाउन चाहनेहरू जीवनमा अगाडि बढ्न सक्दैनन्
एउटा मम पसल राम्रोसँग चल्यो भने एकैसाथ आठदशओटा मम पसल खुल्छन् । एउटा मासु पसलमा राम्रो बिक्री भयो भने एकैसाथ पाँचसातओटा मासु पसल खुल्छन् । अरु विषयतिर मानिसको ध्यानै जाँदैन । कसैले कुनै उद्योगमा नाफा कमाएको देखे भने अरुले पनि उही प्रकृतिका उद्योग खोलेको देखिन्छ। सबैले उही काम गरेर हुँदैन विकल्प खोज्नुपर्छ ।
असीमित आवश्यकताको परिपूर्तिका लागि विविधताको आवश्यकता हुन्छ । नेपाली समाजमा अस्वस्थ प्रतिस्पर्धा गर्ने चलन व्याप्त छ जुन सफल उद्यमी बन्नका लागि कदापि राम्रो हुन सक्दैन । चोमोलुङ्गा औद्योगिक प्रतिस्ठानका मुख्य परिकल्पनाकार, मुख्य परियोजनाकार, मूल लगानीकर्ता अनि निर्देशक छिरिङ नेपालको मौलिक पहिचानमा आधारित स्थानीय कच्चा सामानको सदुपयोग गर्दै उद्योग स्थापना गर्ने नौलो परिकल्पनालाई जोखिम मोलेरै लगानी गरेर मौलिक सोचलाई सङ्घर्ष गरी मूर्त रूप दिंदै गुणस्तरीय सामग्री उत्पादन गरी विक्री वितरण गरेकाले प्रतिष्ठानको नामजस्तै चोमोलुङ्गाको शिखरअतः सफल उद्यमी बनी आफ्नो छुट्टै पहिचा सफल बनेका छन् ।
स्थापित गर्नका लागि नयाँ कुराको परिकल्पना गर्ने र जोखिम मोल्ने आँट गर्नुपर्छ, अरूको नक्कल गरी अस्वस्थ प्रतिस्पद्धा गर्ने चलनले सफलता हाँसिल गर्न सकिँदैन । मौलिक सोचाइका साथ उद्योग खोली स्थानीय स्रोत र साधनको प्रयोग गरी गुणस्तरीय सामग्री उत्पादन गरेमा स्वदेश तथा विदेशमा समेत निर्यात गरी सफल उद्यमी बन्न सकिन्छ ।
(ख) वास्तवमा कलम र हृदय दुवैको मेल भएपछि राम्रो लेख्न सकिने रहेछ ।
उत्तर :
प्रस्तुत व्याख्यांशमा कल्पनाशक्ति र ज्ञानशक्तिका माध्यमबाट नै साहित्यिक लेख रचना जन्मने कटु सत्यलाई उद्घाटन गरिएको छ । हार्दिक पक्ष जतिसुकै प्रवल भए तापनि ज्ञानशक्ति कमजोर भएमा हृदयका भावहरू साहित्यमा उतार्न सकिंदैन । बौधिकताविनाको भावना हृदयमा नै सीमित हुने भएकाले बौद्धिकता र हार्दिकताको सम्मिश्रणबाट नै उत्कृष्ट साहित्य जन्मने तथ्य उक्त व्याख्यांशमा अन्तर्निहित रहेको पाइन्छ ।
कलम ज्ञानको प्रतीक हो । बौद्धिकतालाई शब्दचित्रण गर्ने आधार हो, कलम अनि ज्ञानको क्षितिजलाई उघाने माध्यम पनि । ज्ञानको साध्यलाई प्रमाणित गर्ने साधन हो, कलम । कलमका माध्यमबाट नै साध्यलाई व्यक्तिले हृदयका भाव, विचार, अनुभव र अनुभुतिलाई शब्दचित्रण गर्दछ । महाकवि देवकोटाले भनेझ सजीव अनुभवलाई कलमको माध्यमले कलात्मक प्रकाशन गरी साहित्य सिर्जना गर्न सक्दछ ।
निर्माण गरी स्रष्टा बनी सिर्जनामा फुल्नरफ्ना व्यक्तित्व र कृतित्व सक्दछ । यदि कलम चलाउने बौद्धिक सामर्थ्य नै छैन भने जतिसुकै भावनाको सागरमा दुबुल्की मारे पनि साहित्यिक मोती टिप्ने कुरा कल्पना नै गर्न सकिँदैन । तर बौद्धिक व्यक्तिको हातको कलम र हृदयको गम्भीर भावको मिलन हुन पुग्यो भने साहित्यिक मधुमाधुरीको मोती झुल्किन्छ गहिराइबाट शब्द बनी साहित्यमा लहरिंदै । फक्रिन्छ फूल साहित्यको बगैंचामा बनी सुन्दर बास्नादार नवरसले युक्त भै । प्रस्तुत जीवन मार्ग रिपोर्ताजमूलक रचनामा पनि लेखक म पात्रले कलम र हृदयको मेल गराई समाचार युक्त र समहित्यको मिलनबिन्दु रिपोर्ताजमूलक रचनालाई कलात्मक पाराले लेखी राष्टिरियताको सन्देश दिदै उद्यमी बनी विकास र समृद्धिको सोपान चढ्न अभिप्रेरित गरेका छन् ।
८. तपाईंलाई छिरिङसँगको वार्ताका आधारमा तयार पारिएको जीवन मार्ग कस्तो लाग्यो, तर्कसहित आफ्नो विचार लेख्नुहोस् ।
उत्तरः
जीवन मार्ग रिपोर्ताज राष्ट्रभक्ति भाव झल्काउने, स्वदेशमा गरिने उद्यमप्रति सकारात्मक भाव उब्जाउने एउटा प्रेरणादायी रचना हो । रिपोर्ताज समसामयिक विषयमाथि तयार पारिन्छ र यस्तो तयारीको क्रममा लेखक स्वयम्को संलग्नता वा प्रत्यक्षदर्शिता आवश्यक हुन्छ। यसमा लेखक प्रत्यक्षदर्शी वा भोक्ता हुन्छ । कुनै पनि विषयलाई प्रस्तुत गर्नुपूर्व त्यसलाई सतर्कतापूर्वक अध्ययन वा विश्लेषण गरिएको हुन्छ । जीवन मार्ग रिपोर्ताजको लेखक पनि प्रत्यक्ष भोगेर, देखेर र निर्देशकसँग वार्ता गरेर यो रचना तयार पारेको तरिकामा प्रस्तुत गरिएको छ। यो जीवन मार्ग रिपोर्ताज पढ्दा हौसलाले शरीरका रौं पनि ठाडा भए। मेरो विचारमा यो रचना शीर्षक जस्तै साँच्चिकै कैयौँको जीवनका लागि जीवन मार्ग बन्न सक्छ । हुनत यो रचना काल्पनिक हो तर पाठ पढुन्जेल एकछिन भए पनि मन हर्षित भयो । हौसलाले मन सगरमाथा जति अग्लो भयो । क्षणिक भए पनि खुसी मिल्यो । साँच्चिकै हामी हरेक कुरामा आत्मनिर्भर हुने हो भने कति चैन मिल्थ्यो, कल्पना पनि गर्न सक्दिनँ । निर्यातको तुलनामा आयात कैयौँ गुना बढी भएको हाम्रो जस्तो देशमा साँच्चिकै चोमोलुङ्मा औद्योगिक प्रतिष्ठान जस्ता उद्योगहरु खुल्ने र यही हाराहारीमा लोकप्रिय हुने हो भने कस्तो हुन्थ्यो होला भन्ने कल्पनाले एकछिन भए पनि पुलकित बनायो ।
हाम्रा घरभित्र नेपाली ब्रान्डका कुनै पनि सामान नभेटिने अवस्थाबाट हरेकका घरभित्र कोठा कोठामा चोमोलुङ्मा औद्योगिक प्रतिष्ठानका नेपाली उत्पादनका सामान भेटिनु एउटा कान्ति नै हो । औद्योगिक प्रतिष्ठान खोल्ने र नेपालको मौलिक पहिचानमा आधारित अनि स्थानीय कच्चा सामानको सदुपयोग गर्दै उद्योग स्थापना गर्ने छिरिङको सोचलाई मान्नैपर्छ । त्यति मात्र होइन त्यस्तो सोचलाई मूर्त रूप दिँदै सामान उत्पादन, बिक्री वितरणमा पनि चोमोलुङ्मा शिखर चुम्न सफल बन्नु चानचुने कुरा होइन । छिरिङको अथक सङ्घर्षबाट त म नतमस्तक नै भएँ । उनका बाल्यकालका सङ्घर्षका कुराले केही भावुक पनि बनायो । पाठ पढ्न थालेपछि नसकुन्जेल पाठबाट ध्यान हटेन । प्रेरणादायी विषयवस्तु, सरल भाषा र कलात्मक लेखनले मलाई जीवन मार्ग उत्कृष्ट लाग्यो ।
९. दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस्:
प्रश्नहरू :
(क) ओलम्पिक खेलमा नेपालको प्रवेश कहिले र कहाँबाट भएको हो ?
उत्तर : ओलम्पिक खेलमा नेपालको प्रवेश सन् १९६४ मा टोकियो ओलम्पिकबाट भएको हो ।
(ख) ओलम्पिकमा नेपालको सहभागिता कुन कुन खेलमा हुने गरेको छ ?
उत्तर : ओलम्पिकमा नेपालको सहभागिता म्याराथुन, एथलेटिक्स, बक्सिङ, भारोत्तोलन, तेक्वान्दो, सुटिङ, पौडी र जुडो खेलमा हुने गरेको छ ।
(ग) सन् १६८० को मास्को ओलम्पिकमा कति जना नेपाली खेलाडीले भाग लिए ?
उत्तर : सन् १६८० को मास्को ओलम्पिकमा १२ जना नेपाली खेलाडीले भाग लिए ।
(घ) नेपालले ओलम्पिक खेलमा पाएको सफलता कस्तो छ ?
उत्तर : नेपालले ओलम्पिक खेलमा पाएको सफलता ऐतिहासिक एवं उत्साहवर्द्धक छ ।
१०. दिइएको अनुच्छेदबाट चारओटा बुँदा टिपी एक तिहाइमा नबढ्ने गरेर सारांश लेख्नुहोस्
उत्तरः
चारओटा बुँदाहरू
- परापूर्वकालदेखि समाजमा प्रचलित कलामध्ये थारू लोककला पनि एक भएको,
- थारू लोककला अन्तर्गत चित्रकला, मूर्तिकला, वास्तुकला, हस्तकला, भुट्टीकला, गोडैनकलामध्ये चित्र र मूर्तिकला बढी प्रचलित हुनु,
- थारू समाजमा पश्चिमतिर अस्टिम्की, मिथिला क्षेत्रतिर कोहवर सितुवा र बाँसबसिनी, सुदूरपूर्वमा मोखकला र सुदूरपश्चिममा सजावटीय चित्र तथा उद्धृत मूर्ति बनाउने चलन रहेको,
- थारू समाजमा पूजाआजा तथा विभिन्न संस्कारजन्य कार्यमा विभिन्न चित्र बनाउनुका साथै प्रस्तर काष्ठ तथा सेरामिक मूर्तिकला प्रचलनमा हुनु ।
सारांशः
थारू लोककला
परापूर्वकालदेखि समाजमा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आएका प्रचलित कलामध्ये थारू लोककला पनि एक हो । थारू लोककलाअन्तर्गत चित्रकला, मूर्तिकला, वास्तुकला, हस्तकला, झुट्टीकला, गोडैनाकलामध्ये चित्र र मूर्तिकला बढी प्रचलित छ । थारू समाजमा पश्चिमतिर अस्टिम्की, मिथिला क्षेत्रतिर कोहवर सितुवा र बाँसबसिनी सुदूरपूर्वमा मोखकला र सुदूरपश्चिममा सजावटीय चित्र तथा उद्धृत मूर्ति बनाउने चलन छ । थारू समाजमा पूजाआजा तथा विभिन्न संस्कारजन्य कार्यमा विभिन्न चित्र बनाइन्छन् । माटाका मूर्ति प्रचलित रहेको थारू समाजमा प्रस्तर, काष्ठ तथा सेरामिक मूर्तिकलामध्ये सेरामिक कलाको बढी प्रयोग पाइन्छ ।
अनुच्छेदमा भएको शब्दसङ्ख्या : २३३
एक तृतीयांशमा हुने शब्दसङ्ख्या ७७
सारांशमा भएको शब्दसङ्ख्या : ७८