शब्दभण्डार
१. शब्द र अर्थको जोडा मिलाउनुहोस् :
सुदूर – धेरै टाढाको
स्नेह – माया, प्रेम
सँगाल्नु – कुनै कुरा जोगाएर राख्नु
अद्वितीय – अतुलनीय
सहारा मरुभूमि – संसारको एउटा ठूलो मरुभूमि
दृष्टिपात – हेर्ने काम, आँखाले ठम्याउने काम
काँचुली – शरीरबाट अलग हुने, सर्पको पातलो छाला
अनन्त – कहिल्यै अन्त नहुने
गाड – खोलो
ढुङ्ग्यानी – ढुङ्गैढुङ्गा भएको
विकट – अप्ठेरो, कठिन
यथेष्ट – पर्याप्त, चाहिँदो, पुग्दो
भयावह – डरलाग्दो
२. शब्दकोशको सहायताले तलका शब्दको अर्थ लेख्नुहोस् :
अररो – जाडाले कक्रिएको, अरट्ठ परेको
अग्घोर – ज्यादै, निकै
उग्राउनु – गाई, भैंसी आदि पशुले निलिसकेको घाँस, पराल आदि फेरि मुखमा फर्काई चपाउनु
चरन – गाईवस्तु चराउने बाँझो जमिन
विरहलाग्दो – दुःख लाग्दो
कुर्लनु – रिसले कराउनु
आकृति – कुनै वस्तु वा व्यक्तिको स्वरूप, आकार
सहृदय – कोमल हृदय भएको, दयालु
मरुद्यान – मरुभूमिको रसिलो जमिन
यत्रतत्र – जताततै, सबैतिर
३. तलका कुनै पाँचओटा टुक्काको प्रयोग गरी एक अनुच्छेदमा गाउँमा रहेका आफन्त वा साथीको घर जाँदाको संस्मरण लेख्नुहोस् :
साथीको घर जाँदाकक्षा ११ मा पढ्दा परियोजना कार्यका लागि म साथीको घर गएको थिएँ । घर डडेल्धुराको एक बिकट गाउँमा भएका कारण म हिडेर लखतरान हुँदै उस्को घर गएको थिए । अचानक बाटामा मेघ गर्जंदै पानी परेर म निथ्रुक्क भिजें । म उस्को घर आएको थाहा पाएर उसले गर्वले नाक ठाडो पायो । खाजा खाएर साथी र मैले परियोजना कार्य फत्ते गयौँ ।
४. पाठमा प्रयोग भएका निम्नलिखित स्थानीय भाषिका तथा कथ्य बोलीको सही रूप लेख्नुहोस् :
बाटामी – बाटामा
गाड – खोला
पर्तिर – परतिर
पडन्छ – पर्छ
अलेलि – अलिअलि
जेमराज – यमराज
बोध र अभिव्यक्ति
३. पाठको दोस्रो अनुच्छेदमा उल्लेख भएका स्थानको सूची बनाउनुहोस् ।
खप्तड, तुम्लिङ, राजापुर, तिल्केनी, घनघस्या, चन्दनी, टुकुचा, सतबाँझ, ट्याम्के डाँडो, अन्तु डाँडो, चन्द्रागिरि, अघोरी गाड, पुवा खोला
४. तलको नियात्रांश पढी सोधिएका प्रश्नको उत्तर भन्नुहोस् :
(क) सेती नदी र घनघस्याका बिचमा रहेका समानता र भिन्नता के के हुन् ?
सेती नदी र घनघस्याको रिसमा समानता रहेको छ । त्यस्तै सेती नदी भासिँदै गएको तर घनघस्या भने ठाडोको ठाडै रहेको कुरा यी दुई बिचका भिन्नता हुन् ।
(ख) घनघस्यालाई कसरी मानवीकरण गरिएको छ ?
टाउकामा बरफको केरा फुलाएको, रिसाएको, अररो वृद्ध शरीर, गजघुम्म परेको, टाउको मन मन दृढ़ हुँदै गएको जस्ता कुरा मार्फत उक्त नियात्रांशमा घनघस्यालाई मानवीकरण गरिएको छ ।
५. दिइएका नियात्रांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) घनघस्याको उकालो चढ्दा अन्य विभिन्न ठाउँका सकडलाई सराप्नुपर्ने कारण के हो ?
सुदूरपूर्व इलाममा जन्मेका नियात्राकार तारानाथ शर्मा वि. सं. २०२४ सालमा सुदूरपश्चिमको भ्रमण गर्ने क्रममा बैतडी हुँदै डँडेल्धुराको यात्रा गर्ने क्रममा घनघस्याको विकट उकालोको यात्रा गरेका छन् । नियात्रांशमा नियात्राकारले जोगबनीदेखि धरानसम्मको बाटो, भादगाउँदेखि बाह्रबिसेसम्मको बाटो, सिंहदरबार अगाडिको बाटो र बुटवल भैरहवाको बाटोलाई सरापेका छन् । यी बाटाहरू कालो पत्रे भएका र यातायातको सुविधा भएका थिए तर घनघस्याको बाटो त्यस्तो थिएन । अप्ठ्यारो गोरेटो बाटोमा हिँड्नुपर्दा अन्य विभिन्न ठाउँका सडकहरुलाई सम्झेर सराप्नु परेको हो ।
(ख) निल आर्मस्ट्रङहरूलाई किन चन्द्रमामा पुग्न फिटफिटी परेन ?
नियात्रांशमा नियात्राकारलाई जोगबनीदेखि धरानसम्मको बाटोमा तिर्खा लाग्दा पानीसमेत खान नपाएर रुँदै पसिनाले निथुक्कै भिज्दै अनि ठसठस कन्दै घनघस्याको विकट उकालो चढ्न फिटफिटी परेको थियो । तर निल आर्मस्ट्रङहरूलाई चन्द्रमा पुग्दा उनीहरूसँग प्रशस्तै वैज्ञानिक उपकरण र आवश्यक सामग्रीहरु भएकाले उनीहरु चन्द्रमामा पुग्न फिटफिटी परेन ।
७. यात्रामा सहभागीले कस्ता समस्याको सामना गर्नुपयो, छोटकरीमा लेख्नुहोस् ।
सुदूर पश्चिमको यात्रामा निस्किएका नियात्राकार तारानाथ शर्मा टोपी खस्ने घनघस्याको विकट उकालो चढ्ने क्रममा मोटो शरीर भएकाले डरलाग्दो जङ्गलले घेरिएको ढुङ्गेनी बाटोले भयभित भई मुटु ढुक्क फुलेको थियो । उनको टोलीले सुदूरपश्चिमको घनघस्याको उकालो काट्ने क्रममा विभिन्न समस्याको सामना गर्नुपन्यो । उक्त समयमा त्यस ठाउँमा कुनै सुविधाहरू थिएन । उनीहरूले आफ्नो गन्तत्य पुग्न अथाह मिहिनेत गरेका थिए । धेरै अपठ्यारा परिस्थिती भोग्नु परेको थियो । हिड्ने बाटो पनि एकदमै नाजुक अवस्थाको थियो । तिखा ढुङ्गा भएका बाटोको सामना गर्नुपरेको थियो । डरलाग्दो उकालो चढ्नु परेको थियो । चितुवा, बाघ, भालुको डरै डरमा हिँड्नु परेको थियो । खाना पानि समेत नगरी तड्पिनु परेको थियो । ठाँउठाउँमा साथिहरु पनि सम्पर्क बिहिन भएका थिए । यस्तायस्तै, विभिन्न समस्याहरू भोगेर यात्रीहरू आफ्नो गन्तव्य सम्म पुगेका थिए ।
८. भाव विस्तार गर्नुहोस् :
(क) यो हिउँ मेरो थियो, मेरो मुटुको थियो र हिमाली हार्दिकता बोकेको र चम्किलो थियो ।
सुप्रसिध निबन्धकार तारानाथ शर्मा (वि.सं. १९९१) द्वारा संरचित ‘घनघस्याको उकालो काट्ता’ नियात्रा एक उत्कृष्ट र चर्चित नियात्रा हो । नियात्रा विधाका सुरुवातकर्ताका रूपमा तारानाथ शर्मालाई लिने गरिन्छ । सुदूर पश्चिमको यात्रामा निस्किएका नियात्राकार तारानाथ शर्मा टोपी खस्ने घनघस्याको विकट उकालो चढ्ने क्रममा त्यहाँको प्राकृतिक वातावरण र परिवेशले पारेको अमिट छाप, घनघस्यालाई मानवीकरण गरी निजात्मक शैलीमा मार्मिक तरिकाले प्रस्तुत गरेका छन् । प्रकृतिप्रेमी नियात्राकार प्रकृतिको काखमा विचरण गरी हिमालको काखमा अवस्थित सुन्दर देश नेपालमा हिउँमा खेल्ने अवसर पाएर आतुर भएको तथ्यलाई प्रस्तुत गरेका छन् ।
नेपाललाई हिमालयको देश भनेर चिनिन्छ । यहाँको हिउँ खेल्न र हेर्न विदेशीहरूसमेत आउँछन् । तर नेपालकै अधिकांशले हिउँ हेर्ने र हिउँमा खेल्ने आनन्द लिन पाएका हुँदैनन् । लेखकले बेलायतमा हिउँको राम्रो परिचय पाए पनि नेपालमा भने पहिलो पटक सतबा लेकको हिउँमा खेल्ने र रमाउने स्वर्णीम अवसर पाएका छन् । त्यो उनको आफ्नो हिउँ थियो अर्थात आफ्नो देशको हिउँ थियो । आफ्नोपनको हिउँ थियो । नेपाल जस्तो सुन्दर हिमाली मुलुकको हिउँ थियो । आफ्नै जन्मभूमिमा मनभरि हिउँमा रमाउन पाउँदा लेखकलाई अपूर्व अलौकिक आनन्दको अनुभूति भएको देखिन्छ । लेखक र उनका साथीहरु धेरै समय सम्म हिउँमा खेल्छन् । हिउँका डल्लाले एकअर्कालार्य हिर्काउँदै र कहिले हिउँका रमाइला थुप्रामा आकृति बनाउँदै सतबाँझमा समयलाई जिस्क्याउँछन् । समग्रमा माथिको नियात्रांशमा नियात्राकारले आफूमा भएको राष्ट्रप्रेमको भावनालाई हिउँझैँ सफा र चम्किलो रूपमा प्रकट गरेको पाहिन्छ ।
(ख) प्रकृतिसित जुध्नु नै जीवनको रमाइलो हो भन्ने भावलाई ह्याकुलाले छोपेर नै म सुदूरपश्चिमको भ्रमणमा निक्लेको थिएँ ।
सुप्रसिध निबन्धकार तारानाथ शर्मा (वि.सं. १९९१) द्वारा संरचित ‘घनघस्याको उकालो काट्ता’ नियात्रा एक उत्कृष्ट र चर्चित नियात्रा हो । नियात्रा विधाका सुरुवातकर्ताका रूपमा तारानाथ शर्मालाई लिने गरिन्छ । सुदूर पश्चिमको यात्रामा निस्किएका नियात्राकार तारानाथ शर्मा टोपी खस्ने घनघस्याको विकट उकालो चढ्ने क्रममा त्यहाँको प्राकृतिक वातावरण र परिवेशले पारेको अमिट छाप, घनघस्यालाई मानवीकरण गरी निजात्मक शैलीमा मार्मिक तरिकाले प्रस्तुत गरेका छन् ।
प्रकृतिसँग जुध्नु, खेल्नु र आनन्द लिनुलाई नियात्राकारले जीवनको रमाइलो बताएका छन् । उनले यही बुझाइलाई ह्याकुला अर्थात् छातीमा राखेर सुदूर र विकट क्षेत्रको यात्राका क्रममा निक्लेको यथार्थलाई उल्लेख गरेका छन् । उनि नेपालका विभिन्न रमणीय प्राकृतिक स्थलहरूको भ्रमण गरी प्रकृतिसित जुधेर खेलेर आनन्दानुभूति गरेर जीवनको रमाइलोपनलाई मनन गर्न चाहन्छन् । उनी खप्तडमा वसन्त बिताउन चाहन्छन्, तुम्लिङमा हिउँ खेल्न चाहन्छन्, राजापुरको काँसेघारीमा झ्याउरे गाउन चाहन्छन् । तिल्केनीको उकालो, घनघस्याको उकालो अनि चन्दनीको उकालो, अघोरी गाड, पुवा खोलो र टुकुचा, सतबाँझको लेक, ट्याम्के डाँडो, अन्तु डाँडो, चन्द्रगिरि सबैमा उनको गहिरो प्रेम र आत्मीयपन छ । प्रकृतिको काखमा रमाउँदाको आनन्दानुभूति अनुभूति गर्नकै लागि उनी सुदूपश्चिमको यात्रामा निस्केका हुन् । यसरी यस नियात्रांशमा नियात्राकार शर्माले प्रकृतिको आरोह अवरोह झेल्दै त्यसलाई आनन्द मान्दै प्रकृति जस्तै दृढ हुनुपर्ने आशय व्यक्त गरेको पाहिन्छ ।
९. दिइएको गद्यांश पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस्
(क) दूतावासले के काम गर्छ ?
दुतावासले विदेशमा रहेका नेपालीलाई परेको समस्या सुन्ने र समस्या समाधानका लागि सल्लाह दिने काम गर्छ ।
(ख) किन दूतावासलाई आमासँग तुलना गरिएको हो ?
जसरी आमाले आफ्ना सन्तानलाई आइपरेका हरेक आपत्विपत् तथा दुःख निवारणका लागि अहोरात्र खट्छिन् त्यसै नै दुतावासले पनि विदेशमा रहेका आफ्नो देशका नागरिकलाई परेको समस्याको समाधानका लागि सल्लाह दिने काम गर्छ । त्येसैले दूतावासलाई आमासँग तुलना गरिएको हो ।
(ग) दूतावासको उपस्थिति नभएका देशमा कस्ता समस्या हुन्छन् ?
दूतावासको उपस्थिति नभएका देशमा गएका नागरिकहरूले आफ्ना समस्या, पिरमर्का र मनको बह पोख्ने नपाउने जस्ता समस्या हुन्छन् ।
(घ) लेखकले कतारमा कसरी काम गर्नुपयो ?
लेखकले कतारमा चुपचाप समस्या सुन्ने र सकेसम्म मलमपट्टी लगाउने खालका कुरा गरेर सम्झाउने बुझाउने काम गर्नुपन्यो ।
१०. दिइएको गद्यांश पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
(क) केका लागि स्वदेशी तथा विदेशी पुँजीको परिचालन गर्नुपर्छ ?
कुल गार्हस्थ उत्पादनमा औद्योगिक क्षेत्रको योगदान बढाउनका लागि स्वदेशी तथा विदेशी पुँजीको परिचालन गर्नुपर्छ ।
(ख) गरिबी न्यूनीकरणका उपायहरू के के हुन् ?
गरिबी न्यूनीकरणका उपायहरू लघु, घरेलु तथा साना उद्योगको संरक्षण प्रवर्धन गर्नु, रोजगारीका अवसरहरू सिर्जना गर्नु नेपाली वस्तु उत्पादनमा जोड दिनु आदि हुन् ।
(ग) अर्थतन्त्रलाई सुदृढ गर्न कस्ता उपाय अपनाउनुपर्छ ?
अर्थतन्त्रलाई सुदृढ गर्न गरिबी न्यूनीकरण, नेपाली वस्तु तथा सेवाका लागि लगानीमैत्री वातावरण सिर्जना, आयात प्रतिस्थापन र निर्यात प्रवर्धन जस्ता उपायहरू अपनाउनुपर्छ ।
(घ) उपभोक्ताको हकहितको संरक्षण कसरी गर्न सकिन्छ ?
उपभोक्ता हकहितको संरक्षणका लागि खाद्यान्न तथा अन्य वस्तुमा हुने मिसावट, ठगी, कालोबजारी नियन्त्रण गर्न बजार अनुगमनलाई तीव्र बनाउनुका साथै विद्यमान ऐन नियमको प्रभावकारी रूपमा कार्यान्वयन गर्ने काम गर्न सकिन्छ ।
व्याकरण
१. लिङ्ग सङ्गति मिलाई दिइएको अनुच्छेद पुनर्लेखन गर्नुहोस् :
हाम्रा बिचमा धेरै कुरा समान छन् । मेरा छोरा सानै छन् । तिम्रा छोरा पनि सानै छन् । मेरी छोरी विद्यालयमा पढ्छिन् । तिम्री छोरी पनि विद्यालयमा पढ्छिन् । मेरा एउटा भाइ छन् । तिम्री एउटी बहिनी छिन् । मेरी एउटी दिदी हुनुहुन्छ । तिम्रा एउटा दाजु हुनुहुन्छ ।
२. वचन सङ्गति मिलाई दिइएको अनुच्छेद पुनर्लेखन गर्नुहोस् :
डोल्मा, रामलाल, महेश र म पुस्तकालय गयौँ । पुस्तकालयमा धेरै पुस्तक थिए । मैले पत्रिका पढ़ें । डोल्माले कविता पढिन् । रामलाल र महेशले उपन्यास पढे । पुस्तकालयमा अरु धेरै जना विद्यार्थी थिए । सबै जना पढ्दै थिए । दराजभरि पुस्तकहरू थिए । केही पुस्तक भुइँमा थिए । एउटा पुस्तक भुइँमा झरेको थियो । त्यसको अगाडिको गाता च्यातिएको थियो । मैले त्यो पुस्तक उठाएँ र पुस्तकालय व्यवस्थापन शाखाको कर्मचारीलाई दिएँ । व्यवस्थापन शाखाका कर्मचारीहरुले मलाई धन्यवाद दिए ।
३. पुरुष सङ्गति मिलाई दिइएको अनुच्छेद पुनर्लेखन गर्नुहोस् :
म तिमी र विश्वराज छिमेकी हाँ । म बिहान सबेरै उठ्छु । तिमी बिहान सबेरै उठ्छौ । विश्वराज पनि बिहान सबेरै उठ्छ । त्यसपछि हामी तीनै जना भेट हुन्छौँ । हामी आधा घण्टा दौडिन्छौँ । त्यसपछि म योगध्यान गर्छु तिमी फुटबल खेल्छौ र विश्वराज ब्याटमिन्टन खेल्छ । बिहान आठ बजे हामी आआफ्ना घर जान्छौँ ।
४. आदर सङ्गति मिलाई दिइएको अनुच्छेद पुनर्लेखन गर्नुहोस् :
हाम्रो घरमा मेरा मामा आउनुहुन्छ । मामाले मलाई राम्रा राम्रा किताब ल्याइदिनुहुन्छ । मामालाई भेटन पाउँदा मेरी बहिनी पनि धेरै खुसी हुन्छिन् । तिमी पनि मेरा मामालाई भेट्न आऊ है ।
५. पुलिङ्ग भए स्त्रीलिङ्ग र स्त्रीलिङ्ग भए पुलिङ्गमा परिवर्तन गरी दिइएको अनुच्छेद पुनर्लेखन गर्नुहोस् :
मेरी आमा ७८ वर्ष हुनुभयो । मेरा बुबा ७२ वर्ष पुग्नुभयो । मेरा तीन दिदी, दुई बहिनी, दुई दाइ र एक भाइ छन् । मेरा श्रीमान् असल र दयालु हुनुहुन्छ । मेरा घरमा दुईओटा गोरु, एउटा भैँसी र केही बाख्रा पनि छन् । मसँग एक दर्जन कुखुराका भाले छन् ।
६. एकवचन भए बहुवचन र बहुवचन भए एकवचनमा परिवर्तन गरी दिइएको अनुच्छेद पुनर्लेखन गर्नुहोस् :
उनीहरू घर गए । घरमा उसकी दिदी थिइन् । उसका दाजुहरू काममा गएका थिए । त्यही वेला उनीहरूको साथी पनि टुप्लुक्क आइपुग्यो । उनीहरूको आवाज सुनेर गोठका भैँसीहरू पनि कराए । बाख्रो पनि म्याँम्याँ गर्न थाल्यो । कुकुर पनि पुच्छर हल्लाउँदै उनीहरूका नजिकै आएर सुँघ्न थाल्यो ।
७. तृतीय पुरुषमा परिवर्तन गरी दिइएको अनुच्छेद पुनर्लेखन गर्नुहोस् :
उनको शरीर अलिक मोटो भएकाले उकालो देख्नेबित्तिकै उनको सातोपुत्लो उड्छ तेर्सो र ओरालो बाटामा उनी निकै छिटो हिँड्न सक्छन् तर उकालो भने उनका लागि जेमराज जत्तिकै भयावह हुन्छ । उनी विवश थिएँ, उनले घनघस्या नकाटी भएको थिएन । पाटनका सहृदय व्यक्तिहरुले दिएका दुई लाँका उखु पहिले टेक्ते र पछि चबाउँदै उनीहरू एकोहोरो उकालिइरहे, उकालिइरहे ।
८. मध्यम आदरमा रुपान्तरण गरी दिइएको अनुच्छेद पुनर्लेखन गर्नुहोस् :
तिमी मिहिनेती छौ । तिम्रो बानीबेहोरा पनि राम्रो छ । तिम्रो पढाइ पनि राम्रो छ । जोसुकैलाई विश्वास गरिहाल्ने बानीमा भने तिमीले सुधार गर्नुपर्छ ।
९. सामान्य आदरमा रूपान्तरण गरी दिइएको अनुच्छेद पुनर्लेखन गर्नुहोस् :
तिमी हिजो कहाँ गएका थियौ ? आज पनि कतै जान्छौ कि ? अहिलेको समयमा | यसरी बाहिरतिर घुम्न ननिस्क । घरभित्रै बसेर व्यायाम गर । बरू किताब पढ, लेखहरू लेख ।
१०. उच्च आदरमा रूपान्तरण गरी दिइएको अनुच्छेद पुनर्लेखन गर्नुहोस् :
उहाँ भोलि पोखरा जानुहुन्छ । उहाँकी दिदी पनि उहाँसँगै पोखरा जानुहुन्छ । उहाँहरू फेवाताल घुम्नुहुन्छ । उहाँहरू कविता लेख्नुहुन्छ । पोखरामा उहाँहरूका साथीहरू पनि हुनुहुन्छ । उहाँहरू साथीहरूलाई पनि भेट्नुहुन्छ । एक हप्ता बसेर उहाँहरू घर फर्किनुहुन्छ ।
११. दिइएको अनुच्छेदबाट ‘ब’ र ‘व’ को प्रयोग भएका शब्दको अलग अलग सूची बनाउनुहोस्ः
‘ब’ को प्रयोग भएका शब्दहरूको सूची :
बस्तीका बाहिरतिर बारी, बिल्छ, बतास, बिहान बेलुका सबै बजार यसबाहेक, बिहेबटुलो
‘व’ को प्रयोग भएका शब्दहरूको सूची :
अवसर, वन, वरपर, वर्षा, हावा, पर्व. उत्सव