भ्यास
क) ब्राउजर भनेको के हो, उदारहण दिएर प्रष्ट पार्नुहोस् ।
उत्तर:- इन्टरनेट र कम्प्युटरबिच सञ्चार सम्बन्ध स्थापित गर्ने सफ्टवेयरलाई वेव ब्राउजर भनिन्छ । जस्तै: Google Chrome, Opera, Mozilla Firefox, Internet Explorer, Safari .
ख) इमेल भनेको के हो ?
उत्तर:- इमेल भनेको विद्युतीय हुलाक हो । इन्टरनेटमार्फत् गरिने पत्रlचारलाई इमेल भनिन्छ । इमेल पात्रचार गर्न इमेल एकाउन्ट खोल्नुपर्छ ।
ग) इमेलमा फाइल Attach गर्ने तरिका लेख्नुहोस्
उत्तर:- इमेल एक लोकप्रिय, प्रभावित र संवादको लागि द्रुत तरिका हो । इमेलमा फाइल संलग्न गर्नु, महत्वपूर्ण कागजातहरुको कपि वा फोटो वा अन्य डिजिटल माध्यमका फाइलहरु पठाउन सजिलो तरिका हो । तलका निम्न चरणहरु छन् जस अनुसार इमेलको साथमा फाइल पठाउन सकिन्छ ।
स्टेप नं. १ : कम्प्युटर खोल्नुहोस् र इन्टरनेट कनेक्ट गर्नुहोस् ।
स्टेप नं.२ : इमेल होस्ट गर्ने वेब ठेगाना इन्टरनेट ब्राउजर एड्रेस बारमा टाइप गर्नुहोस् । जस्तै: www.gmail.com., वा www.hotmail.com, वा www.yahoo.com आदि । (सिधै office Outlook मार्फत पनि इमेल प्रयोग गरेन सकिन्छ । )
स्टेप नं. ३ : सम्बन्धित इमेल Login गर्नु पर्दछ । ( इमेल नभएकाहरुले नया इमेल ठेगाना बनाउनु पर्दछ ।
स्टेप नं. ४ : इमेलको विन्डो खुलिसकेपछि “Compose” गर्नुहोस् ।
स्टेप नं. ५ : अवश्यक कुराहरु लेख्नुहोस् र Attach a file भन्ने बटन थिच्नुहोस् ।
(Attach बटनमा सामान्यता पेपर क्लिपको अlइकन देखाइएको हुन्छ । )
स्टेप नं. ६ : अव नया विन्डोमा “Browse” गर्नुहोस् र अlफ्नो एट्याच गर्नुपर्ने फाइल ( फाइल, फोटो,
भिडियो, फाइल रहेको फोल्डरबाट छान्नुहोस् ।
स्टेप नं. ७ : कम्प्युटरमा प्राप्त हुने निर्देशन तथा सूचनाहरु पढनुहोस् ।
(सामान्यत तपाईको फाइल सफलतापूर्वक एट्याच भयो भन्ने सुचना अlउछ । )
स्टेप नं. ८ : अव इमेल प्राप्त गर्ने ( Recipient’s Email ) मा इमेल ठेगाना लेख्नुहोस् ।
स्टेप नं. ९ : Send बटन थिच्नुहोस् । (तपाईंको इमेल पठाइयो भनेर सुचना हेर्नुहोस् ।)
यसरी इमेल विन्डोबाट अlफ्नो तोकिएको कार्य सकिएपछि Logout गर्न भुल्नु हुदैन ।