Skip links

अनलाइन भुक्तानी

अभ्यास

1.  अनलाइन भुक्तानीका फाइदाहरु उल्लेख गर्नुहोस् ।

उत्तर:–  अनलाइन भुक्तानी फाइदाहरु निम्नलिखित छन्:

i)  व्यक्तिले अlफै भुक्तानी दिने हुनाले जनशक्तिमा लाग्ने खर्च बचत हुन्छ ।

ii)  विभिन्न विलहरु तिर्न लाइनमा बस्नु पर्दैन, समय को बचत हुन्छ ।

iii)  अनलाइनबाट सामान किन्न र बेच्न सकिन्छ ।

iv)  छिटो, छरितो र विश्वसनीय रुपमा रकमान्तर गर्न सकिन्छ ।

v)  नगद बोकेर हिड्नु नपर्ने साथै चोरीको डर पनि हुदैँन ।

vi)  नगद कारोबार नहुने भएकोले नोट र मुद्राको अlयु लामो हुन्छ ।

vii)  कारोबारको विवरण स्वत: रहने हुनाले हिसाब किताब राख्न सजिलो हुन्छ ।

2.  अनलाइन भुक्तानीका चुनौतीहरुको सूची तैयार पार्नुहोस् ।

उत्तर:– अनलाइन भुक्तानीका चुनौतीहरु यसप्रकार छन् :

i)  डिजिटल साक्षरता नभएका व्यक्तिलाई यो प्रक्रिया काम लाग्दैन ।

ii)  साइवर अपराधीहरुले यसको दुरुपयोग गर्न सक्छन् ।

iii)  कहिले कlहिँ इन्टरनेट वा सर्भरले काम नगरेमा अनलाइन भुक्तानी गर्न सक्दैँन ।

iv)  सबै कारोबारहरुमा काम लाग्दैन ।

v)  इन्टरनेट सेवा नपुगेका ठाउँमा यो प्रक्रिया लाग्दै ।

3.  ‘डिजिटल एप्लिकेसनको प्रयोगले समय र श्रमको बचत हुन्छ’, यस भनाइलाई पुष्टि गर्नुहोस् ।

उत्तर:– अlजको जमानामा डिजिटल  साक्षरताको विकास भइरहेको  छ । कामको व्यस्तता बढेको  छ । समयको महत्व बढेको छ । थोरै श्रम गरेर काम हुन्छ भने किन बढी श्रम खर्च गर्ने । डिजिटल एप्लिकेसनले हामीलाई धेरै सुविधा प्रदान गरेको छ । अनलाइन कारोबारले श्रमको बचत भएको छ । हिसाब राख्ने झन्झट हटेको छ । कारोबार चाँडै हुने हुँदा समयको बचत भएको छ । कारोबार अlफैँले गर्नुपर्ने भएकाले अरुको भर पर्नु पर्दैन । डिजिटल एप्लिकेसनको प्रयोग घरमा, कार्यलय, अस्पतालमा अlदि विभिन्न ठाउँहरूमा हुदैँ गरेको छ । लाइनमा बस्ने झन्झट मुक्त भएको छ । कागजपत्रको प्रयोग घटेको छ । घरमा समेत माइक्रोओभन, लुगा धुने वासिङ मेसिन, स्मार्ट टेलिभिजन अlदिले हामीलाई सुविधा थपेको छ । डिजिटल एप्लिकेसनको प्रयोगबाट अlफूले गरेको कारोबार पनि गोप्य रहन्छ । यसरी कारोबारको गोप्यता पनि कायम भएको छ ।

थप प्रश्नहरु

1.  अनलाईन भुक्तानीका बेफाइदाहरु लेख्नुहोस् l

उतर:- अनलाईन  भुक्तानीका बेफाइदाहरु निम्नलिखित छन् :

i)  डिजिटल साक्षरता नभएकालाई यो काम लाग्दैन l

ii)  अनलाईन भुक्तानी गर्दा सेवा प्रदायक संस्थाहरुलाई शुल्क तिर्नुपर्छ l

iii)  अफलाइन कारोबारमा यो कम लाग्दैन l

iv)  साइबर अपराधीहरुले यसको दुरुपयोग गर्न सक्छन् l

v)  इन्टरनेट वा सर्भरले काम नगर्दा वा विधुत् उपलब्ध नहुदा यो कारोवार गर्न सकिदैन l

2.  सुरक्षित अनलाईन भुक्तानीका लागि के के कुराहरुमा ध्यान दिनुपर्छ  ? उल्लेख गर्नुहोस l

उतर:- सुरक्षित अनलाईन  भुक्तानीका लागि निम्नलिखित कुराहरुमा ध्यान दिनुपर्छ:

i)  कुनै पनि सेवा वा वस्तु खरिद गर्न अघि इन्टरनेटमा खोजी गरि जानकारी लिनुपर्छ l

ii)  सामान वा सेवा खरिद गर्दा विश्वसनीय कम्पनीबाट मात्र सेवा वा सामान खरिद गर्नुपर्छ l

iii)  कारोबार गर्दा विवरणहरु, पासवर्ड र रकम आफैँ टाइप गर्नुपर्छ l

iv)  अनलाईन भुक्तानीका लागि छुट्टैइमेल प्रयोग गर्दा सुरक्षित हुन्छ l

v)  आफ्नो पासवर्ड गोप्य राख्नुपर्छ l

vi)  विश्वसनीय एप मात्र प्रयोग गर्नुपर्छ l

Leave a comment