Skip links

मध्यकालीन एसियाको आर्थिक दय र सङ्कुचन

अभ्यास

१. मध्यकालीन एसियाको उदय कसरी भएको थियो, बुँन्दागत रूपमा लेख्नुहोस्।

उत्तर:- करिब ई. ५०० देखि ई. १५०० सम्मलाई मध्यकालको अवधि मानिन्छ । यो समय प्राचीन सभ्यताको अवसान हुँदै थियो र नयाँ संस्कृति, धर्म र राज्य व्यवस्थाको प्रारम्भ हुँदै थिए। मध्य एसियामा सक्रिय बर्बर मंगोल जातिहरूले पनि राज्य स्थापित गर्न मानेका थिए। सामन्तवाद व्यवस्था सक्रिय भयो । राज्यमा राजा बाहेक सामन्तहरूको पनि हाली मुहाली बढ्यो । मध्यकालमा अरब देशमा ईस्लाम धर्मको प्रचार भयो। ईस्लाम धर्मका अनुयायीहरूले धर्मको प्रचार प्रसार गरे। मध्यकालमा एसियाको आर्थिक अवस्था सम्मुनत थियो। यो अवधिमा दक्षिणमा भारत, मध्यमा चीन तथा पूर्वी भागमा जापानको आर्थिक विकास भएको थियो ।

भारत समाना राज्यहरूमा बाँडिएको थियो । विभिन्न राजवंशहरूले यहाँ शासन चलाउथे । मुगलहरूको आगमनपछि एकीकरण कार्य भएपनि पराजित राज्यबाट कर उठाई राज्यको अभिभारा प्रायः राजालाई नै दिइन्थ्यो। देश कृषिमा आधारित थियो। अधिकांश मानिसहरू खेतीमा निर्भर थिए। घरेलु उधोग प्रशस्त चलेको थिए। भारतबाट पूर्वीद्वीप समूहतिर पनि व्यपार चल्थ्यो।। अरब देशहरूको माध्यमबाट भारतको व्यापार युरोपसम्म चल्थ्यो। भारतबाट मसला र सुती कपडा निर्यात हुन्थ्यो। बढी व्यापार स्थलमार्गबाट हुन्थ्यो। स्थलमार्गमा कहिलेकाहि देशहरूबीच युद्ध भएमा अवरोध हुन्थ्यो।

मध्य एसियामा चीनको विकास भएको थियो । विभिन्न राजवंशका समयमा चीनमा विकास भएको देखिन्छ। टांग वंसको शासन कालमा चीनको सीमाना उत्तरमा साइबेरिया, पूर्वमा कोरिया र दक्षिणमा भियतनामसम्म फैलिएको थियो। चीनको अर्थ व्यवस्था पनि कृषिमा नै आधारित थियो। सिचाइको व्यवस्था राज्यबाट भएको थियो। यो अवधिमा मार्को पोलो (Marco Polo) चीनमा आएका थिए। चीनमा रेशम बनाउन सुरु भएको थियो। रेशम चीनबाट युरोपसम्म जान्थ्यो। रेशम व्यापार हुने स्थलमार्ग रेशम मार्गकानामले प्रसिद्ध भयो। चीनमा छपाई, कागज, वारूद, चङ्गा, कम्पास, पानीघडी सूर्यघडी, फलाम, पाङ्ग्रा भएको मानिसले तान्ने गाडा, भूकम्प मापन यन्त्र सुती धागो आदिको आविष्कार भएको थियो। नून र फलाम उद्योगको राष्ट्रियकरण भएपछि उद्योगमा काम गर्ने मजदुर पनि कृषितर्फ लागे। कृषिमा करको बोझ बढ्यो। यसबाट किसानहरूको अवस्था कमजोर भयो। राजकर बाहेक सामन्ती कर पनि किसानहरूले दिनु पर्थ्यो। मुद्राको प्रचलनम कम भएकोले अन्न नै करको रूपमा बुझाउनु पर्थ्यो।

जापानको अर्थ व्यवस्था पनि कृषिमा आधारित थियो । यहाँ राजाहरू सर्वोच्च शासक भएपनि देशमा सामन्तहरू शक्तिशाली थिए। सगुन, डायमो र समुरायहरूको व्यवस्था थियो । यिनीहरू सामन्त सरह ने थिए। सगुन नेपालका राणाहरू जस्तै शासक थिए। समुरायले सगुनहरूको रक्षा गर्थे। जापानको बाह्रय व्यापार त्यति विकसित थिएन। राजा मजोको शासनकालदेखि विकासको क्रम सुरु भएको थियो ।

This website uses cookies to improve your web experience.
Home