अभ्यास
1. सर्च इन्जिन भनेको के हो, यसको महत्व उल्लेख गर्नुहोस् ।
उत्तर:- विभिन्न किसिमका जानकारीहरु वा सूचनाहरूलाई इन्टरनेटको वेव (Web) मा भण्डारण गरिन्छ । वेवमा भण्डारण गरिएका सूचना पाउनका लागि विभिन्न माध्यमको विकास गरिएको हुन्छ । यसरी वेवबाट सूचना प्राप्त गर्ने इन्टरनेट माध्यमलाई सर्च इन्जिन भनिन्छ ।
इन्टरनेटमा राखिएका विशाल जानकारीहरुबाट सहज रुपमा अlफूलाई चाहिएको जानकारी प्राप्त गर्न सकिन्छ । आफूलाई चाहिएको जानकारी पाउन धेरै झण्झट व्यहोर्नु पर्दैन ।
2. कुनै दुई सर्च इन्जिनहरूको नाम लेखी यिनका विशेषतासमेत लेख्नुहोस् ।
उत्तर:– दुई सर्च इन्जिनहरूको नाम :- गुगल (Google) र याहु (Yahoo) यी सर्च इन्जिनहरूले इन्टरनेटको Website मा राखिएका जानकारी भण्डारबाट आफूलाई चाहिएको जानकारी पाउन मदत गर्छ । यस्ता सर्च इन्जिनहरुको प्रयोगले हामीलाई श्रम र समय को बचत गर्दछ ।