डिजिटल साक्षरता

अभ्यास

क)  कम्प्युटर प्रयोग भइरहेको कुनै दुई क्षेत्रहरूको  नाम लेख्नुहोस् ।

उत्तर:- कम्प्युटर प्रयोग भइरहेको क्षेत्र निम्नलिखित छन् l

i)  चिकित्सा क्षेत्र

ii)  बैङ्क क्षेत्र

ख)  डिजिटल साक्षरता भन्नाले के बुझिन्छ ?

उत्तर:- सूचना तथा सञ्चार प्रविधि प्रयोग गरी कुनै पनि सूचना प्राप्त गर्ने, मूल्याङ्कन गर्ने, सिर्जना गर्ने र सञ्चार गर्ने क्षमतालाई डिजिटल साक्षरता भनिन्छ ।

ग)  सूचना तथा सञ्चार प्रविधि भनेको के हो ?

उत्तर:- कम्प्युटर, इन्टरनेट तथा अन्य माध्यमको प्रयोग गरेर तथ्याङ्क संकलन गर्ने, सङ्कलित तथ्याङ्कलाई प्रशोधन गरी सूचनामा परिवर्तन  गर्ने, प्रशोधित सूचनालाई भण्डारण गर्ने र उक्त सूचना प्रयोगकर्तालाई उपलब्ध गराउने लाई सूचना र प्रविधि भनिन्छ ।

घ)  कम्प्युटर हार्डवेयरलाई उदारहणसहित वर्गीकरण गर्नुहोस् ।

उत्तर:- कम्प्युटरका भौतिक यन्त्रहरु, जुन विद्युतीय शक्तिबाट चल्छन् । तिनीहरूलाई हार्डवेयर भनिन्छ । हार्डवेयरलाई इन्पुट उपकरण, प्रशोधन उपकरण, आउटपुट उपकरण र भण्डारण उपकरण गरी चार भागमा बाँडिएको छ :

i)  कम्प्युटरमा कुनै तथ्याङ्क वा निर्देशन प्रविष्ट गराउन प्रयोग हुने उपकरणलाई इन्पुट उपकरण भनिन्छ । जस्तै : माउस, किबोर्ड, क्यामेरा, माइक्रोफोन आदि ।

ii)  कम्प्युटरमा प्रविष्ट भएका कुनै तथ्याङ्कलाई निर्देशन अनुसार गणना वा प्रशोधन गर्न प्रयोग गरिन्छ l त्यसलाई प्रशोधन उपकरण भनिन्छ । जस्तै: Central Processing Unit (CPU).

iii)  कम्प्युटरमा भएका कुनै तथ्याङ्क सूचनालाई देखाउन प्रयोग हुने उपकरणहरुलाई आउटपुट उपकरण भनिन्छ । जस्तै: मोनिटर, प्रोजेक्टर, स्पिकर, प्रिन्टर आदि ।

iv)  कम्प्युटरमा भएका कुनै तथ्यांकलाई वा सूचनालाई लामो समयसम्म सुरक्षित राखी आवश्यक परेको समय पुन: प्रयोग गर्न उपलब्ध गराउने उपकरणलाई भण्डारण उपकरण भनिन्छ। जस्तै: सि.डी., हार्डडिस्क, पेनड्राइभ, आदि ।

ङ)  ‘कम्प्युटरको प्रयोग आज विश्वव्यापी भएको छ ।’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।

उत्तर:- कम्प्युटरको प्रयोग आज विश्वमा बढ्दै गएको छ । आज आवश्यकताअनुसार विभिन्न थरिका कम्प्युटरको आविष्कार पनि भइरहेको छ । कम्प्युटरले धेरै चाँडो काम गर्छ । यसले कुनै पनि तथ्याङ्कलाई सुरक्षित राख्न सक्छ । यसको  काम गराई विश्वसनीय छ । जस्तो कामको निर्देशन गर्यो त्यस्तै गर्छ । एकपटक निर्देशन दिएर  काममा लगाइयो भने यसबाट गल्ती हुँदैन । थोरै श्रम खर्च गरी बढी काम लिन सकिन्छ । एउटै यन्त्रबाट धेरै काम लिन सकिन्छ । कागजपत्रको खर्च घटाएको छ, भण्डारणको समस्या हटेको छ । यसकारण आज कम्प्युटरको प्रयोग शिक्षा, सञ्चार, बैंक, इन्जिनियरिङ, चिकित्साक्षेत्र, विमा, उद्योग, व्यापार, मनोरञ्जन, आदि विभिन्न क्षेत्रहरुमा भइरहेको छ ।

च)  Microsoft Word मा के के काम गर्न सकिन्छ, उदाहरणसहित लेख्नुहोस् ।

उत्तर:-  Microsoft Word मा गर्नुपर्ने कामहरु निम्नलिखित छन्:

i)  कुनै पनि तथ्याङ्क टाइप गर्न सकिन्छ ।

ii)  टाइप गरेको तथ्याङ्क (Document)  को हिज्जे  तथा व्याकरण  सम्बन्धी शुद्धि गर्न सकिन्छ ।

iii)  टाइप गरिएको वस्तुलाई आकर्षक रूपमा मिलाउन सकिन्छ‌ ।

iv)  टाइप गरिएको बस्तुलाई प्रिन्ट गर्न सकिन्छ साथै सो वस्तुलाई सुरक्षित साथ राख्न सकिन्छ ।