Skip links

स्वस्थ जीवनशैली र हाम्रो दैनिक

अभ्यास

१.  खेलकुदले फुर्सदको समयलाई कसरी सदुपयोग गर्न मदत गर्दछ ?

उत्तर:- खेलकुदले समयको उपयोग हुन्छ । खेलकुदमा ध्यान केन्द्रित रहन्छ । फुर्सदको समय खेलकुदमा व्यस्त होइन्छ । अनावश्यक कुराहरू सोच्ने र गर्ने समय हुँदैन । खेलकुदले मनको चिन्ता हा र वर्तमानमा जिउने कला सिकिन्छ । खेलकुदको सामाजिकीकरणमा पनि सहयोग गर्छ ।

२.  मनोरञ्जनका उपायहरू के के हुन्, यसबाट हुने फाइमा सेल्नुहोस् ।

उत्तर:- मनोरञ्जनका उपायहरू यी हुनसक्छन्- विभिन्न समारोह, धार्मिक सत्सर्ग, भजनकीर्तन, पत्रत्रिका, हास्यव्यङ्ग्य, खेलकुद, सङ्गीत, नाटक, गायन, नृत्य, टि.भी., चलचित्र,  जुवातास आदि । भजनकीर्तन,

पत्रपत्रिका, अध्ययन, खेलकुद, नाटक, नृत्य, धार्मिक सत्सर्ग, सङ्गीत आदि सिर्जनात्मक काम गरी मनोरञ्जन गर्न सकिन्छ । स्वास्थ्य मनोरञ्जनका साधनबाट मनोरञ्जनका सबै रमाइलो पनि हुन्छ । समयको सदुपयोग पनि हुन्छ । हिजो आज सूचना प्रविधिमा आधारित सामग्रीमा मनोरञ्जनका लागि बढी समय दिइएको देखिन्छ । यसबाट सामाजिक सम्बन्धमा बाधा पुर्याएको छ । सामाजिकीकरणमा समस्या सिर्जना भएको छ। यस्ता मनोरञ्जनका साधनबाट विद्यार्थीहरूको सिकाईमा पनि नकारात्मक प्रभाव परेको छ।

मनोरञ्जनले मानिसहरूले कामको थकाई विर्सन्छन् । हाँसो र खुसीले मानिसमा ताजगी र उत्साह उत्पन्न गर्छ । तनाव समाप्त हुन्छ । फेरि काम गर्ने प्रेरणा पाइन्छ । रिसराग हराउँछ । आपसी सम्बन्ध राम्रो हुन्छ । सामाजिकीकरणमा सहयोग मिल्छ । सिर्जनशीलताको विकास हुन्छ । तर हामीले अस्वस्थ मनोरञ्जनका उपायहरू अवलम्बन गर्नुहुँदैन । अस्वस्थ मनोरञ्जनका उपायले नकारात्मक सोच बढाउँछ र सामाजिकीकरणमा समस्या उत्पन्न गर्छ । जुवातासले घरपरिवारमा तनाव सिर्जना हुन्छ । धनसम्पत्ति नाश हुन्छ । मानिसलाई कङ्गाल बनाउँछ र अपराधतर्फ लैजान्छ।

३.  ‘पर्याप्त आराम र निन्द्राले दैनिक जीवनमा उर्जा प्रदान गर्दछ’, यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस् ।

उत्तर:- आराम शरीरलाई आवश्यक हुन्छ । आराम गरेन भने काम गर्ने क्षमतामा कमी आउँछ । शरीरले एकहोरो धेरै समय काम गर्न सक्दैन । यसका लागि आराम चाहिन्छ । आराम गरेपछि शरीरको थकाई मेटिन्छ । आरामले कार्यदक्षता र सिर्जनात्मक शक्ति बढाउन मद्दत गर्छ । आरामले मानिसलाई पुर्नताजगी बनाउँछ र थप ऊर्जा प्रदान गर्छ । आराम मानिसहरूले प्राय: राति गर्ने गर्छन् । तर एकहोरो धेरै समय काम गर्दा पनि बिच बिचमा केही समय आराम गर्दा थप शक्ति प्राप्त हुन्छ ।

निद्राले हाम्रो दिमागी कोषिकाहरू मरम्मत गर्छ र तन्दुरुस्त राख्न ठूलो भूमिका खेल्छ । हामीलाई काम गर्न ऊर्जा प्राप्त गर्न आराम र निद्रा दुवै चाहिन्छ । मानिसले कति सुत्ने भन्ने कुरा मानिसका अवस्था, उमेर र कामको प्रकृतिमा भर पर्छ । मानिसलाई गहिरो निद्रा राम्रो मानिन्छ । सामान्यत: वयस्क मानिसलाई ५ देखि ७ घण्टा सम्मको निद्रा राम्रो मानिन्छ । बेलुका चाँडै सुत्ने र बिहान चाँडै उठ्ने बानी राम्रो मानिन्छ ।

४.  कम निद्राका कारण उत्पन्न समस्या समाधान गर्न के के गर्नुपर्दछ ?

उत्तर:-  कम निद्राका कारण उत्पन्न हुने समस्याहरू-

– बिहानैदेखि थकाइ लाग्नु र काममा मन नलाग्नु ।

– अल्छी लाग्नु।

– सामाजिक व्यवहार र बोलीचालीमा नराम्रो प्रभाव पर्नु ।

– कामको प्रगतिमा कमी आउनु ।

– दिउँसो कामको समयमा झकाई रहनु, निद्रा लागेजस्तो हुनु ।

– बिरामी हुनु ।

– शरीरको तौल घटबढ हुनु ।

– शारीरिक सन्तुलनमा गडबढी उत्पन्न हुनु ।

– चिन्ता बढ्नु ।

यी समस्याहरूको समाधानका लागि पर्याप्त सुत्नु आवश्यक छ । योग र प्राणायाम र व्यायामले शरीरलाई स्वस्थ बनाउँछ । स्वस्थ मानिसलाई पर्याप्त निद्रा लाग्छ । राति सुत्ने बेलामा मधुरो सङ्गीत तथा शान्त वातावरणले पनि निद्रा लाग्न सहयोग गर्छ।

थप प्रश्नहरू

१. खेलकुदबाट के के फाइदाहरू लिन सकिन्छ ? उल्लेख गर्नुहोस् ।

उत्तर:- खेलकुदबाट निम्न फाइदाहरू लिन सकिन्छ :

– यसले तनाव हटाउन मद्दत मिल्छ । खेलकुदमा ध्यान केन्द्रित रहने हुँदा अरूतिरको चिन्ता हटेर जान्छ ।

– यसले वर्तमानमा जिउने कला सिकाउँछ । खेल खेल्दा त्यसबेला खेलमै ध्यान दिनुपर्ने हुन्छ ।

– यसबाट समयको व्यवस्थापन हुन्छ ।

– यसले शरीरलाई स्वस्थ बनाउँछ । शरीर फुर्तिलो हुन्छ ।

– खेलकुदमा संलग्न मानिसलाई राति राम्रो निद्रा लाग्छ ।

– खेलकुद समूहमा खेलिने हुनाले साथीहरूसँग सहकार्य गर्न तथा सहयोग गर्ने र लिने व्यवहारको विकास गर्छ ।

– खेलकुदमा व्यस्त रहने हुँदा अनावश्यक कुराहरूतिर सोच जाँदैन ।

– खेलकुदमा प्रतिस्पर्धा पनि गर्नुपर्ने हुनाले सिर्जनात्मक प्रतिभा विकास गर्ने मौका प्राप्त गर्छ । प्रतिद्वन्द्वीलाई कसरी जित्न सकिन्छ भन्ने कुरा सोच्ने बानी विकास हुन्छ ।

– खेलकुदले अनुशासनमा रहन सिकाउँछ। हार र जितलाई सामान्य रूपमा लिई संयमित हुन पनि यसबाट सिकिन्छ ।

– खेलकुदबाट रोजगारीको अवसर प्राप्त हुन्छ । आजकल खेलकुद पनि व्यवसायिक बन्दै गएकाले जीविका चलाउने अवसर प्राप्त हुन्छ ।