अभ्यास
१. शारीरिक, मानसिक र आत्मिक स्वस्थता कायम राख्ने उपायहरू तालिकामा देखाउनुहोस् ।
उत्तर:- शारीरिक, मानसिक र आत्मिक स्वस्थता राख्ने उपायहरू:
शारीरिक | मानसिक | आत्मिक |
– शारीरक स्वास्थ्य बेलाबेलामाजाँच गराउने । | – तनाव व्यवस्थापन गर्ने । | – रिसराग र वैरभाव नराख्ने । |
– योग र व्यायाम गर्ने । | – व्यस्त रहने । | – सबैप्रति प्रेमभाव राख्ने । |
– स्वस्थ जीवनशैली अपनाउने । | – सकारात्मक सोच राख्ने। | – मलाई शान्त राख्ने । |
– सन्तुलित खाना खाने । | – समय व्यवस्थापन गर्ने । | – घमण्ड नगर्ने । |
– आराम गर्ने । | – क्षमता अनुसार काम गर्ने । | – क्षमाशील हुने । |
– नशालु पदार्थ सेवन नगर्ने । | – सामाजिक मूल्य र मान्यतालाईमान्ने । | – प्राणी हिंसा नगर्ने । |
२. ‘स्वस्थ जीवनशैलीमा खानपानको भूमिका महत्त्वपूर्ण हुन्छ’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।
उत्तर:- हाम्रो जीवनशैलीलाई स्वस्थ राख्न खानपानको पनि ठूलो महत्त्व हुन्छ । शरीर र मनलाई स्वस्थ राख्न हामीलाई सन्तुलित खाना चाहिन्छ । खानाको उद्देश्य नै शरीरलाई स्वस्थ राख्नु, रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नु, शरीरलाई विभिन्न तत्त्वको कमीले हुने रोगबाट बचाउनु, शरीरलाई बल र ऊर्जा प्रदान गर्नु हो । खाना छनौट गर्दा खानाको प्रकृति, मनको इच्छा र शरीरको अवस्थालाई ख्याल राख्नुपर्छ । हाम्रो खानामा प्रोटिन, चिल्लो पदार्थ, कार्बोहाइड्रेट, भिटामिन खनिज र पानी हुनुपर्छ । स्वस्थ खानेकुराले शरीरलाई आवश्यक पोषण प्रदान गर्छ । स्वस्थ खानेकुरामा फलफूल, दूध, दही , तरकारी, गेडागुडी र खाद्यान्न समावेश हुनुपर्छ। प्रशोधन गरिएका खाना, मिठा पेय पदार्थहरूमा विभिन्न रासायनिक पदार्थ मिसाइने हुनाले शरीरलाई फाइदा गर्दैन । स्वस्थ खानाले शरीरलाई स्वस्थ राख्छ । यसकारण हामीले स्वस्थ खाना खानुपर्छ । साथै पानी पनि हामीलाई चाहिन्छ । खाना खान एक घण्टा पहिले पानी पिउने र खाना खाएको एक घण्टापछि पानी पिउनु पर्छ । पानीले हाम्रो पाचन प्रणालीलाई शुद्ध गर्दछ । खाना खुसी भएर खाने र चपाएर खानुपर्छ ।
थप प्रश्नहरू
१. स्वस्थ जीवनशैलीका उपायहरूको सूची बनाउनुहोस् ।
उत्तर:- स्वस्थ जीवनशैलीका उपायहरू :
– स्वस्थकर खाना
– शारीरिक व्यायाम
– पर्याप्त निद्रा
– व्यक्तिगत स्वच्छता राख्ने
– स्वास्थ्य शिक्षाको जानकारी र सचेतना
– नशालु पदार्थ सेवन नगर्ने
– वातावरण स्वच्छ राख्ने
– सकारात्मक सोच
– सक्रिय सामाजिक जीवन
– शारीरिक र मानसिक स्वास्थ्यप्रति सजगता
२. सामाजिक जीवनलाई सन्तुलित उपायहरूको सूची बनाउनुहोस् ।
उत्तर:- मानिस जन्मेदेखि मृत्युसम्म समानमा रहन्छ । समाजमा मानिसले अरूसँग मिलेर उत्पादनशील काममा खर्च गर्छ । समाजमा रहेर नै उसले आफ्नो सम्पूर्ण जीवन व्यतित गर्छ । समाजका अन्य मानिसहरू पारस्परिक सम्बद्ध राख्छ । आफूलाई परेका समस्याहरू पनि समाधान गर्ने उपाय गर्छ । उसको सत्कर्मले समाजमा उसको प्रतिष्ठा बढ्छ । समाजमा नकारात्मक प्रभावपर्ने काम गर्नु हुँदैन । सामाजिक जीवन सन्तुलित बनाउने उपायहरू :
– असल सङ्गत राख्ने,
– सामाजिक उत्सवहरूमा सहभागी हुने,
– लागूपदार्थको सेवनबाट टाढा रहने,
– व्यक्तित्व विकासका लागि सक्रिय रहने,
– अस्वस्थकर खाना नखाने,
– समुदायमा हुने विकास निर्माणमा सहभागी हुने ।
३. जीवनशैली भनेको के हो ?
उत्तर:- कुनै पनि व्यक्ति, परिवार र समुदायको जिउने तरिकालाई जीवनशैली भनिन्छ । जीवनशैली दुई किसिमको हुन्छ स्वस्थ र अस्वस्थ । स्वस्थ जीवनशैलीले मानिस स्वस्थ र सुखी रहन्छ । अस्वस्थ जीवनशैलीले मानिसलाई रोगी र दुःखी बनाउँछ ।