Skip links

स्थानीय, औपचारिक र अनौपचारिक कारोबार

अभ्यास

१.  ‘अनौपचारिक कारोबार पद्धति बढ्नाले राज्यको अर्थतन्त्र डामाडोल हुन्छ र सामाजिक अस्थिरता पैदा हुन्छ।’ यस भनाइलाई पुष्टि गर्नुहोस्।

उत्तर:- सरकारमा दर्ता नभई लुकी चोरी विना अभिलेख गरिएको कारोबारलाई अनौपचारिक कारोबार भनिन्छ । सिमापारीबाट सामान लुकीचोरी ल्याएर बेच्ने कारोबार, जुवातास खेलाएर आयआर्जन गर्ने कारोबार, साहु महाजनले तमसुक बनाई चर्को व्याजमा गाउँघरका मानिसलाई ऋण दिनु, लागू औषधको कारोबार, घुसखोरी, अवैध रूपमा वैदेशिक रोजगारीमा पठाउने आदि कारोबार अनौपचारिक कारोबार भनिन्छ । यस्ता कारोबार बढेमा देशको अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्छ । अनौपचारिक कारोबारको केही अभिलेख राखिएको हुँदैन । यस्तो कारोबारबाट प्राप्त हुने आयमा कर तिरिंदैन । सरकारलाई यस्तो कारोबारबाट कुनै आय आर्जन हुँदैन । यसकारण यसलाई नियमन गर्न कठिनाई पर्छ । यस्ता कारोबारले अवैधानिक सरसामानको पनि बिक्री वितरण हुन सक्छ । सामाजिक विकृति उत्पन्न गराउने कारोबार पनि यस अन्तर्गत हुनसक्छ ।

अनौपचारिक कारोबारबाट सरकारलाई कुनै पनि कर प्राप्त हुँदैन । यसकारण यस्ता कारोबारले राष्ट्रिय आयमा वृद्धि हुँन । सरकारलाई विकास निर्माण कार्यका लागि कुनै पनि आर्थिक सहयोग हुँदैन । यस्ता कारोबारको कुनै अभिलेख हुँदैन । यस्ता कारोबारलाई नियमन गर्न कठिनाई पर्छ । यस्ता कारोबारले कर नतिर्ने भएकोले बैध कारोबारबाट गरिने सामानको मूल्यभन्दा अनौपचारिक कारोबारबाट गरिने सामानको मूल्य कम हुने हुँदा यसले बैध कारोबारलाई पनि बाधा पुऱ्याउँछ । यस्तो कारोबारले सरकारलाई कुनै राजस्व प्राप्त नहुने हुँदा सरकारी आय नबढ्ने हुँदा राज्यको आर्थिक अवस्था डामाडोल हुन्छ । सरकारले सार्वजनिक सुरक्षामा पर्याप्त खर्च गर्न नसक्दा सामाजिक अस्थिरता उत्पन्न हुन सक्छ ।

. तलको तालिका भर्नुहोस् :

तालिका:

स्थानीय कारोवारलाई औपचारिक कारोबारमा रूपान्तरण गर्ने उपायअनौपचारिक कारोबारलाई नियन्त्रण गर्ने उपायऔपचारिक कारोवारलाई  व्यवस्थित गर्ने उपायहरू
i) स्थानीय कारोबारलाई स्थानीयतहका गाउँ/नगरपालिकामा दर्तागराउने ।

ii) स्थानीय तहमा कारोबार गरेवापतलाग्ने कर तिर्ने ।

iii) कारोबार गर्ने वस्तुहरूकोनामावली तथा अनुमानित वार्षिककारोबारको रकमको विवरण राख्ने।

iv) कारोबारलाई करको दायराभित्रल्याउने ।  
i) सिमामा निगरानी बढाउने ।बिहान सिमा खोल्ने र रातिबन्द गर्ने समय सार्वजनिकगर्ने ।

ii)  सिमा नाका बन्द भएकासमयमा मालसामान ओहोरदोहोर  गरेमा भन्सार शुल्कबढी गरी असुल गर्ने र सजायपनि गर्ने ।

iii)  जुन सामान बढी ओहोरदोहोर हुन्छ तथा आवश्यकउपभोग्य वस्तु हो भने भन्सारकम गरी सहज आयात गर्नेवातावरण बनाउने ।  
i) औपचारिक कारोबारकोअभिलेख राख्ने।

ii) औपचारिक कारोबारलाई दर्तागरी कारोबार गर्ने इजाजत पत्रदिने।

iii) कारोबारमा लाग्ने कर सहजरुपमा तिर्ने वातावरण बनाउने ।

iv) जुन सामानहरु समुदायलाई हितहुन्छ र आवश्यक छ, त्यस्तासामानलाई औपचारिककारोबारमा सामेल गराउने ।

३.  औपचारिक कारोबारलाई देशको अर्थतन्त्र विकासको मुख्य आधार मानिन्छ, किन ?

उत्तर:- औपचारिक कारोबारलाई अर्थतन्त्र विकासको आधार मानिन्छ । औपचारिक कारोबार सरकारमा दर्ता हुन्छ । यो सरकारको नियम अन्तर्गत केन्द्रीय सरकार, जिल्ला कार्यालय वा गाउँ/नगरपालिकामा दर्ता गरी इजाजत पत्र लिएर कारोबार गर्नुपर्छ । यसरी दर्ता गर्दा यस्को अभिलेख रहन्छ । साथै यस्ता कारोबारको इजाजत पत्र लिन शुल्क तिर्नुपर्छ । प्रत्येक वर्ष नवीकरण गर्दा पनि शुल्क लाग्ने गर्छ। सरकारले तोकेको आय सिमा भित्र कर लाग्ने भए कर तिर्नुपर्छ । यस्तो कारोबार गर्दा निकासी पैठारी गर्दा पनि भन्सार शुल्क तिरेर ल्याउनु पर्छ । जति कारोबारको परिमाण बढी भयो, उति बढी कर तिर्नुपर्छ । जति कर बढी प्राप्त हुन्छ, उति नै सरकारी आय बढ्छ । सरकारले त्यति नै बढी विकास निर्माण कार्य गर्छ । औपचारिक कारोबार बैध भएकोले यस्ता कारोबारबाट देश वा समुदायलाई हानि नोक्सानी पुग्दैन । यस्ता कारोबार जति बढ्यो उति नै राष्ट्रिय आय बढ्छ । सरकारले त्यति जनताको हितमा काम गर्न पाउँछ । यस्ता कारोबारले सरकारी आय वृद्धि भई अर्थतन्त्र बलियो हुन्छ । बलियो अर्थतन्त्र विकास निर्माणको बलियो आधार बन्छ ।

४.  स्थानीय कारोबारलाई सबल र प्रभावकारी बनाउन के गर्नुपर्दछ ?

उत्तर:- स्थानीय कारोबारलाई सबल र प्रभावकारी बनाउन निम्न उपाय गर्नुपर्ला:

i)  स्थानीय आवश्यकतालाई स्थानीय स्तरमा उत्पादन गरी पूर्ति गर्ने ।

ii)  स्थानीय कारोबारलाई सहज गर्न स्थानीय बजार पायक पर्ने ठाउँमा साप्ताहिक हाट बजारको व्यवस्था मिलाउने ।

iii)  कृषि उत्पादन, खाद्यान्न, लत्ताकपडा आदि सरसामानका आधारमा वर्गीकरण गरी हाटबजारमा स्थान निर्धारण गर्ने।

iv)  हाटबजार लाग्ने स्थानमा व्यापारीहरूबाट हाट शुल्क उठाउने ।

v)  पशु बिक्रीबाट पनि केही शुल्क लिन प्रावधान राख्ने ।

vi)  स्थानीय बजारलाई व्यवस्थित गर्न स्थानीय तहले सक्रिय भूमिका निर्वाह गर्ने ।

vii)  स्थानीय कारोबार पनि राष्ट्रिय उत्पादनमा योगदान दिने हुनाले कृषि तथा पशुपालन तथा अन्य पेशागत व्यवसायमा दक्षता हासिल गर्न छोटो अवधिको तालिम दिने । स्थानीय उत्पादन वृद्धि भएमा राष्ट्रिय उत्पादनमा पनि वृद्धि हुन्छ ।

थप प्रश्नहरू

१. कारोबार भनेको के हो ? स्थानीय कारोबार, अनौपचारिक कारोबार, तथा औपचारिक कारोबारको परिभाषा दिनुहोस् ।

उत्तर:- वस्तु वा सेवा खरिद बिक्री गर्ने कार्यलाई कारोबार भनिन्छ । स्थानीय स्तरमा उत्पादन भएका वस्तु वा सेवाको स्थानीय स्तरमा खरिद बिक्री गर्ने कार्यलाई स्थानीय कारोबार भनिन्छ । जस्तैः लुगा सिलाउने, कृषि औजार बनाई बिक्री गर्ने, माटाका भाडा बनाई बिक्री वितरण गर्ने, हाटबजारमा स्थानीय उत्पादन बिक्री गर्ने आदि । कुनै सरकारी तहमा दर्ता नभई लुकी चोरी गरिएको कारोबारलाई अनौपचारिक कारोबार भनिन्छ । जस्तैः सिमापारीबाट भन्सार नतिरी सामान ल्याएर बिक्री गर्ने, जुवातास खेलाउने, लागू औषधि बिक्री वितरण, घरमै तमसुक बनाई पैसाको लेनदेन गर्ने आदि ।

कुनै पनि सरकारी तहमा दर्ता गरी सञ्चालन गरेको व्यवसायलाई औपचारिक कारोबार भनिन्छ । यस्ता व्यवसायले स्थानीय तह बा केन्द्रीय सरकारलाई कानुन बमोजिमको कर तिरेका हुन्छन् । जस्तैः ढाका उद्योग, फर्निचर उद्योग, पसलहरू, सेवा व्यवसाय आदि ।

२. स्थानीय कारोबारका केही विशेषताहरू उल्लेख गर्नुहोस् । 

उत्तर:- स्थानीय कारोबारका विशेषताहरू:

क) स्थानीय स्तरमा उत्पादन गरिएका वस्तु तथा सेवाको खरिद बिक्री हुन्छ ।

ख) स्थानीय स्तरमा प्रतिस्पर्धा हुन्छ । ।

ग) स्थानीय आवश्यकतालाई पूरा गर्छ ।

घ) घरेलु तथा सिपमूलक व्यवसायलाई प्रोत्साहन दिन्छ ।

ङ) राष्ट्रिय उत्पादनमा गणना गरिन्छ ।

च) सरल र सस्तो कारोबार हुन्छ ।

छ) औपचारिक कारोबारलाई आधार प्रदान गर्छ ।

३. अनौपचारिक कारोबारका केही विशेषताहरू उल्लेख गर्नुहोस्। 

उत्तर:- अनौपचारिक कारोबारका विशेषताहरूः

क) कुनै पनि सरकारी तहमा दर्ता भएको हुँदैन ।

ख) राष्ट्रिय उत्पादनमा योगदान हुँदैन ।

ग) राष्ट्रिय आयमा कुनै योगदान हुँदैन ।

घ) कानुन विपरीत कारोबारमा यस्को गन्ती हुन्छ ।

ङ) वस्तु र सेवा सस्तो भएपनि ठगिने सम्भावना बढी हुन्छ ।

च) समाजमा विकृति सृजना हुने सम्भावना बढी हुन्छ ।

४. औपचारिक कारोबारका केही विशेषताहरू उल्लेख गर्नुहोस्। 

उत्तर:- औपचारिक कारोबारका विशेषताहरू:

क) राष्ट्रिय आय वृद्धि हुन्छ ।

ख) राष्ट्रिय उत्पादनमा सामेल गरिन्छ ।

ग) राजस्व वृद्धि हुन्छ ।

घ) कारोबारको अभिलेख रहन्छ ।

ङ) उपभोक्ता वा सरोकारवालाहरू ठगिने सम्भावना धेरे कम हुन्छ ।

च) देशको अर्थतन्त्र बलियो हुन्छ ।

५. स्थानीय, अनौपचारिक र औपचारिक कारोबारहरूबिच भिन्नता प्रस्तुत गर्नुहोस् ।

उत्तर:- स्थानीय, अनौपचारिक र औपचारिक कारोबारहरूबीच निम्न भिन्नता पाइन्छ :

स्थानीय कारोबारअनौपचारिक कारोबारऔपचारिक कारोबार
i) राष्ट्रिय उत्पादनमा योगदान दिन्छ ।

ii) राजस्व वृद्धि हुँदैन ।

iii) सरकारमा दर्ता हुँदैन ।

iv) अभिलेख हुँदैन

v) स्थानीय आवश्यकता पूरा हुन्छ ।

vi) सिपमूलक व्यवसाय र घरेलु व्यवसायलाई सहयोग गर्छ।

vii) कानुनसम्मत व्यवसाय हो ।

viii) औपचारिक कारोबारलाई आधार प्रदान गर्छ ।

ix) सामाजिक विसङ्गति उत्पन्न हुँदैन ।

x) सरल (सस्तो कारोबार) ।
i) राष्ट्रिय उत्पादनमा योगदान दिदैन।

ii) राजस्व वृद्धि हुँदैन ।

iii) सरकारमा दर्ता हुँदैन ।

iv) अभिलेख हुँदैन ।

v) स्थानीय आवश्यकता पूरा हुन्छ ।

vi) घरेलु र सिपमूलक व्यवसायलाई सहयोग हुन्छ ।

vii) कानुनसम्मत व्यवसाय होइन ।

viii) औपचारिक कारोबारलाई सहयोग गर्दैन।

ix) सामाजिक विसङ्गति उत्पन्न हुन सक्छ ।

x) सरल र सस्तो भएपनि जोखिमपूर्ण ।
i) राष्ट्रिय उत्पादनमा योगदान दिन्छ।

ii) राजस्व वृद्धि हुन्छ ।

iii) सरकारमा दर्ता हुन्छ ।

iv) अभिलेख हुन्छ ।

v) स्थानीय आवश्यकता पूरा हुन्छ ।

vi) घरेलु र सिपमूलक व्यवसायलाई सहयोग हुन्छ।

vii) कानुनसम्मत व्यवसाय हो ।

viii) यो औपचारिक कारोबार हो।

ix) सामाजिक विसङ्गति उत्पन्न हुँदैन ।

x) सरल र सस्तो तथा कठिन दुवै हुनसक्छ ।