अभ्यास
1. विश्व मानचित्रमा नेपाल एक विशिष्ट विशेषताहरु भएको गौरवशील देशका रुपमा चिनिन्छ । यस भनाइलाई माथि दिइएका आधारहरु र थप बुँदाहरु समेटेर पुष्टि गर्नुहोस् ।
उत्तर:– विश्वमा नेपाल एक विशिष्ट विशेषताहरू भएको गौरवशाली देश हो । यसका आधारहरू निम्नलिखित छन् :
i) नेपाल ८0० ४’ पू. देशान्तरदेखि ८८० १२’ पू. देशान्तरसम्म रहेको छ ।
ii) नेपाल २६० २२’ उ. अक्षांशदेखि ३0० २७’ उ. अक्षांशसम्म फैलिएको छ ।
iii) नेपालले विश्वको कूल क्षेत्रफलको ०.०३% भूभाग र एसियाको ०.३% भूभाग ओगटेको छ ।
iv) विश्वकै अग्लो शिखर सगरमाथा (८८४८.८६ मि.) नेपालमा छ । विश्वमै तेस्रो अग्लो शिखर कञ्चनजङ्गा नेपालमा छ ।
v) विश्वका ८ooo मि. भन्दा अग्ला शिखरहरूमध्ये १४ वटा नेपालमा पर्छ ।
vi) नेपालको सबभन्दा होचो जमिन धनुषाको मुखियापट्टी मुसहरनियामा छ ।
vii) सानो देश भए पनि विश्वमा पाइने विभिन्न थरिका हावापानी र वनस्पति नेपालमा पाइन्छ ।
viii) ब्राजिलपछि विश्वमै बढी जलविद्युत् उत्पादन गर्ने क्षमता भएको देश नेपाल हो।
ix) वीर गोर्खाली भनी विश्वमै नेपाली चिनिन्छन्।
x) मूल्यवान जडिबुटीमध्येको यार्सागुम्बा नेपालमा पाइन्छ ।
xi) १oo भन्दा बढी जातिहरू तथा १oo भन्दा बढी भाषाहरू बोलिने देश नेपाल हो।
xii) यहाँ ३o भन्दा बढी प्रजातिको गुराँसहरू पाइन्छ । बसन्तमा गुराँस फुलेर पहाडै गुराँसमय भएको देखिन्छ ।
xiii) मृतकहरूका नाममा गाई बनाई निकालिने नेवार जातिको गाईजात्रा नेपालमा मनाइन्छ ।
xiv) मारुनी नाच, चण्डी नाच, घाटु नाच, सोरठी नाच, झिझिया नृत्य आदि विभिन्न जातजातिहरूका थरिथरिका सांस्कृतिक गतिविधिहरू नेपालमा नै हुने गर्छ ।
2. ‘भौगोलिक अवस्था र जनजीवन बिचमा धनिष्ट सम्बन्ध रहेको हुन्छ‘ यस भनाइलाई पुष्टि गर्नुहोस् ।
उत्तर:– भौगोलिक अवस्थाले मानिसको जीवनशैलीमा ठूला प्रभाव पारेको हुन्छ । मानिसहरूको लवाई खुवाई, बसाई सराई आदि भौगोलिक अवस्था अनुसार हुन्छ । जनावरहरूमाथि यसको प्रभाव प्रष्ट देख्न सकिन्छ । धेरै चिसो ठाउँमा रहने सील माछाको जीउभित्र धेरै बोसो हुन्छ जसबाट ऊ चिसोबाट जोगिन्छ । धुव्रीय क्षेत्रमा पाइने भालुहरू गर्मी याममा प्रशस्त खान्छन् भने हिउँदमा शीत निद्रामा रहन्छन् । जाडो ठाउँमा हुने जनावरको शरीरमा लामो लामो भुत्ला हुन्छ । बालुवामा नभासियोस् भनी ऊँटका खुट्टा अग्ला र विना खुरका हुन्छन् । मरुभूमिमा पानीको कमी हुने हुनाले ऊँटहरू ३/४ दिनसम्म पानी नपिइकन पनि रहन सक्छन् ।
पहाडी क्षेत्रमा बस्ने मानिसहरूलाई उकालो ओरालो हिड्नुपर्छ । कडा परिश्रम गर्नुपर्छ । यसैले उनीहरू दह्रा हुन्छन् । त्यसैले शेर्पाहरू पहाड चढ्न सिपालु हुन्छन् । जाडो ठाउँमा बस्ने मानिसहरूले मासु बढी खाने गर्दछ । जाडोबाट जोगिन उनीहरू छ्याङ पनि पिउँछन् । चियामा नुन र घिउ हाल्छन् । उनीहरू बाक्लो लुगा लगाउँछन् । उनीहरूको होचो घरमा छोटो झ्याल बनिएको हुन्छ ।
गर्मी ठाउँमा बस्ने मानिसहरू खुकुलो पोशाक लगाउँछन् । तराईबासीहरूले यसैकारण धोती लाउने गरेका हुन् । उनीहरू प्राय: नुहाउने गर्छन् । खानामा दुध दही र चिसो पेय बढी हुन्छ किनकि तराईमा गर्मी हुन्छ । खेतीपाती प्रशस्त हुने हुँदा यहाँ थरिथरिको बाली लगाइन्छ । यसैले तराईतिर मानिसहरूको खानामा परिकार बढी हुन्छन् । खेती गरेपछि फुर्सद हुने हुँदा तराईतिर मेला लाग्ने, धाम भर्ने र सांस्कृतिक तथा धार्मिक समारोह गर्ने बढी हुन्छ । मरुभूमिमा बस्ने मानिसहरू गर्मीबाट जोगिन जीउ ढाक्ने लुगाको प्रयोग गर्छन् । उनीहरू ऊँटको प्रयोग बढी गर्छन् । मालसामान बोक्न, मानिस बोक्न तथा ऊँट कै रौंबाट कम्बल बनाउँछन् । ऊँटकै दूध पिउँछन् । जङ्गलको छेउमा बस्ने रुख चढ्न सिपालु हुन्छन् । वनस्पति पहिचान गर्न सक्छन् । समुद्र वा नदीको छेउमा बस्ने माछा मार्न तथा पौडी खेल्न सिपालु हुन्छन् । भौगोलिक अवस्थाले गर्दा बाँच्नका लागि मानिसहरूले आफ्नो जीवनशैली सो अनुसार परिणत गर्ने गर्दछन् । तर मानिसहरू बुद्धिमान प्राणी भएकाले वातावरणबाट जोगिन घरभित्र केही सुविधा थप्न सक्छन् । बढी गर्मी भए पङ्खा लगाउने, कुलर वा एअरकन्डीसन राख्ने साथै बढी जाडो भए हिटरको प्रयोग गर्ने गर्दछन्।