Skip links

राष्ट्र, राष्ट्रियता र राष्ट्रिय सुरक्षा

अभ्यास

१.  राष्ट्रिय सुरक्षाको परिचय दिनुहोस् ।

उत्तर: देशको सार्वभौमसत्ता, स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा वा नागरिकको जीउधन, सम्पत्ति सुरक्षा तथा सबै प्रकारका डर, धम्की वा त्रासबाट सुरक्षित हुने कार्यलाई राष्ट्रिय सुरक्षा भनिन्छ । देशमाथि बाह्य आक्रमण, देशभित्र राजनैतिक, प्रशासनिक वा देशको शान्ति एवम् स्थिरतामा बाधा पुयाउने, आतङ्कवादी गतिविधि सञ्चालित हुने जसबाट नागरिकको जीउ, धन तथा सुरक्षामा खतरा उत्पन्न हुने कार्य आदि पनि राष्ट्रिय सुरक्षासँग सम्बन्धित छन् । देश र देशका जनताको सुरक्षा नै राष्ट्रिय सुरक्षा हो ।

२.  राष्ट्रियता प्रवर्धन गर्ने उपायहरूको सूची तयार पार्नुहोस् ।

उत्तर: राष्ट्रियता प्रवर्द्धन गर्ने उपायहरूः

i)  देशप्रति भक्तिभावना जगाउने कार्यक्रम,

ii)  देशभक्ति सम्बन्धित पाठहरू विद्यालयको पाठ्यक्रममा समावेश गर्ने,

iii)  स्वदेशी उत्पादनलाई महत्त्व दिने,

iv)  आफ्नो कला र संस्कृतिको संरक्षण एवम् सम्वर्द्धन,

v)  राष्ट्रिय महत्त्वका सम्पदा, संस्कृति तथा स्थानहरूको संरक्षण एवम् सम्वर्द्धनमा सहयोग गर्ने,

vi)  विदेशमा सिकेको सिप र प्रविधिलाई स्वदेशमा उपयोग गर्ने,

vii)  देशको अखण्डता, सार्वभौमिकतामाथि कसैले प्रहार गरे सोको विरुद्धमा आवाज उठाउने र प्रतिरक्षामा संलग्न हुने,

viii)  राष्ट्रको उत्थान र भलाइको लागि कार्य गर्ने,

ix)  देशको गौरवमय इतिहासलाई भावी पुस्तामा हस्तान्तरण गर्ने जहाँ गए पनि देशको गौरवमा आँच आउने काम नगर्ने।

३.  राष्ट्रिय सुरक्षाका चुनौतीहरू के के हुन् ?

उत्तर:- राष्ट्रिय सुरक्षाका चुनौतीहरू निम्न हुन्-

– खुला सीमाना

– आतङ्कवाद

– कमजोर सुरक्षा संयन्त्र

– बसाइँसराइँ

– भूस्वामित्व

– सुरक्षाकमीहरूद्वारा सिमा सम्बन्धी सन्धि सम्झौताको उल्लङ्घन

– कानुनी तथा अन्य नियमहरूको अध्ययनको अभाव

– सिमानाका स्तम्भहरूको संरक्षणको अभाव

– प्राकृतिक प्रकोप (बाढी, पहिरो र नदी कटान आदि ।

थप प्रश्नहरू

१.  नेपालको संविधानअनुसार नेपाल राष्ट्रको परिभाषा दिनुहोस् ।

उत्तर:- नेपालको संविधानअनुसार नेपाल राष्ट्रको परिभाषा, “बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो ।”

२.  नेपालको संविधानमा राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व अन्तर्गत राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षा सम्बन्धी नीतिहरू उल्लेख गर्नुहोस् ।

उत्तर:- राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वअन्तर्गत राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षा सम्बन्धी उल्लेख भएका नीतिहरू:

i)  नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनताको संरक्षण गर्दै राष्ट्रिय एकता अशुष्ण राख्ने,

ii)  विभिन्न जात, जाति, धर्म, भाषा, संस्कृति र सम्प्रदायविच पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यवद्धता कायम गरी संघीय इकाइविच परस्परमा सहयोगात्मक सम्बन्ध विकास गर्दै राष्ट्रिय एकता प्रवर्द्धन गर्ने,

iii)  राष्ट्रिय सुरक्षा प्रणालीको विकास गरी शान्ति सुरक्षाको व्यवस्था गर्ने,

iv)  सर्वाङ्गीर्ण मानवीय सुरक्षाको प्रत्याभूति गर्ने,

v)  राष्ट्रिय आवश्यकताअनुरूप नागरिकलाई राष्ट्रको सेवा गर्न तत्पर र सक्षम बनाउने