अभ्यास
1. वातावरण संरक्षण गर्दा हुने फाइदा र विनाश गर्दा आइपर्ने समस्याहरूलाई तालिकामा प्रस्तुत गर्नुहोस् ।
उत्तर:–
वातावरण संरक्षणबाट फाइदा |
i. वनजङ्गलको विनाश नहुने ।ii. वायु प्रदूषण तथा जल प्रदूषणमा कमी आउने ।iii. वन्यजन्तुको संरक्षण हुने ।iv. नदीको प्रवाहमा परिवर्तन नहुने तथा जलस्तर यथावत् रहने ।v. जलजीवको संरक्षण हुने ।vi. ओजोन तहको तह पातलिने कार्य घटेर सूर्यको परावैजनी किरणको नकारात्मक प्रभाव घट्ने ।vii. रोगव्याधि, बाढी पैरो तथा हावाहुरी आदि प्राकृतिक प्रकोपमा कमी आउने ।viii. मरुभूमिकरण घट्ने, माटोको मलिलोपना बुद्धि हुने ।ix. पर्यावरण प्रणालीमा बाधा नपुग्ने ।x. अनावृष्टि, अतिवृद्धिमा कमी आउने तथा समयमा नै वर्षा हुने ।xi. खाद्यान्न उत्पादनमा वृद्धि हुने साथै खाद्यान्नको गुणस्तर कायम हुने ।xii. भावी सन्ततिको जीवनमा नकारात्मक प्रभाव नपर्ने ।xiii. प्राकृतिक वातावरण संरक्षित हुने । |
वातावरण विनासबाट पर्ने समस्याहरु |
i. वायु प्रदूषण, जलप्रदुषण तथा ध्वनि प्रदूषण बढ्नेii. रोगव्याधि, हावाहुरी तथा बाढी पैरो आदि प्राकृतिक प्रकोपमा वृद्धि हुने ।iii. वायुमण्डलको ओजोन तहमा नकारात्मक प्रभाव परी सूर्यको पराबैजनी किरणको नकारात्मक प्रभाव प्राणीहरूमा पर्ने ।iv. नदीको जलस्तर घट्ने, नदीको प्रवाहमा परिवर्तन हुन सक्ने।v. मरूभुमिमिकरण बढ्ने।vi. खाद्यान्न उत्पादनमा कमी हुन सक्ने।vii. अनावृष्टि तथा अतिवृष्टिको सम्भावना बढ्ने ।viii. कतिपय वनस्पति तथा जीवजन्तुहरू लोप हुने अवस्था “सृजना हुन सक्ने।ix. मानिसको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने ।x. जलवायुमा परिवर्तन भई नकारात्मक प्रभाव वातावरणमा पर्ने।xi. भावी सन्ततिको जीवनमा नकारात्मक प्रभाव पर्न सक्ने । |
२. वातावरण संरक्षणमा मानिसको भूमिका बढी जिम्मेवार हुन्छ, आफ्ना विचारहरू प्रस्तुत गर्नुहोस् ।
उत्तर:– वातावरणमा आफै परिवर्तन आउँदैन । जीवजन्तुले परिवर्तन ल्याउन सक्दैन । वातावरणमा परिवर्तन ल्याउने क्षमता मानिसमा छ । मानिसमा बुद्धि र चेतना छ । मानिसबाट विश्वमा नयाँ नयाँ आविष्कारहरू भएका छन् । मानिसलाई सुख सुविधा पुर्याउने देखि घातक हतियारहरूको निर्माण समेत भएको छ । मानिसले आफ्नो बुद्धिले गर्दा चन्द्रमामा खुट्टा टेकेका छन् । हाल अझ नयाँ नयाँ अन्वेषणतिर मानिसले ध्यान पुर्याइरहेका छन् ।
मानिसहरूले गरेका केही कार्यहरूले गर्दा वातावरणमा नकारात्मक प्रभाव परेको छ । नयाँ खेती, बाटोघाटो बनाउन तथा वस्ती बसाल्न वनविनास भएको छ । यसबाट वायुमा अक्सिजनको मात्रा घटन गएको छ । वनविनासले गर्दा वन्यजन्तुको बासस्थानमा नकारात्मक प्रभाव परी कतिपय वन्यजन्तु लोप भएका छन् । कतिपयको अस्तित्वमा खतरा उत्पन्न भएको छ । ठूला ठूला उद्योगहरूबाट विर्सजित ग्याँसहरूले वायु प्रदूषण बढाएको छ । ठूला ठूला वाहन तथा ठूला ठूला उद्योगहरूको आवाजले ध्वनि प्रदूषण बढेको छ । त्यस्तै नदीको दोहन तथा फोहोरमैला नदीमा फाल्नाले जलप्रदूषण बढेको छ ।
यी कामहरू मानिसहरूबाट नै भएका छन् । यसकारण यसलाई सपार्ने जिम्मेवारी पनि मानिसहरूकै हो । यसैले मानिसहरूले वातावरण संरक्षणका लागि उपयुक्त कदमहरू चाल्नु पर्छ । वातावरणको संरक्षण भए मात्र मानिसको अस्तित्वमा आइपर्ने खतरा न्यून हुन्छ । नयाँ नयाँ आविष्कार गर्दा तथा विकास निर्माणका कार्य गर्दा वातावरण संरक्षणको पक्षलाई बिर्सिनु हुँदैन । खाद्दान्न उत्पादन गर्दा जैविक मलको प्रयोग गर्नुपर्छ । यसबाट जीवजन्तुको संरक्षण पनि हुन्छ । वनजङ्गल जोगाउन वृक्षारोपण कार्य गर्नुपर्छ । नाङ्गा डाँडामा घासपात तथा रुखबिरुवा रोप्नाले पहिरो नियन्त्रण हुन्छ । मानिसहरूलाई वातावरण संरक्षणप्रति चेतना वृद्धि गर्ने कार्य पनि मानिसकै हो । आजका मानिसहरूले गरेको वातावरण संरक्षणले भावी पुस्ताले सुखपूर्वक जीवन यापन गर्न पाउँछन् । यसैले संयुक्त राष्ट्रसङ्घले दिगो विकासको अवधारणा ल्याएको हो । नेपालले दिगो विकास अवधारणालाई अङ्गालेर सोको लक्ष्यहरु प्राप्ति गर्न कदम चालेको छ । नेपालमा पनि दिगो विकास अन्तर्गत साक्षरता प्रतिशत वृद्धि गर्ने, बाल मृत्युदर घटाउने, कृषि विकास गर्ने, खाद्यान्न उत्पादनका लागि पकेट क्षेत्र निर्धारण गर्ने, कृषिमा अनुदान दिने, जैविक मलको प्रयोग बढाउने, वृक्षारोपण गर्ने, राष्ट्रिय उधानको स्थापना गर्ने, वन्यजन्तु प्रजन्न केन्द्रको स्थापना गर्ने आदि कार्यहरु भइरहेका छन् ।
परियोजना कार्य
1. साथीहरूबिच समूह बनाई वातावरपा संरक्षणका लागि कुनै, योजना बनाई कार्यन्वयन गर्नुहोस् र अन्त्तिममा तपाईको योजना र कार्यप्रगति समेटी एक प्रतिवेवन समैत तयार पार्नुहोस्।
उत्तर:- हामीहरूले खाली भएको सरकारी जग्गामा वृक्षारोपण गर्ने योजना बनायौं । त्यस जग्गाको रुखविश्वा, घासपात मानिसहरूले मासेर सखाप बनाएका छन् । हामी साथीहरू मिली ११ जनताको एउटा समूह बनायौँ । प्रत्येक शनिवारका दिन प्रत्येकले १/१ वटा विरुवा रोप्ने विचार गर्यौं । ६ महिना पछि हामीले त्यहाँ सयभन्दा बढी विरुवाहरू सप्रेको देख्यौ ।चराचुरुङ्गीहरू झुम्मेको पनि देख्यौं।
प्रतिवेदन
वातावरण संरक्षणप्रति हाम्रो पनि जिम्मेवारी छ भन्ने सोचेर हामीहरूले कक्षाका ११ जनाको एउटा समूह बनाई खाली भएको सरकारी जग्गामा वृक्षारोपण गर्ने योजना बनायौं । हरेक शनिवारका दिन प्रत्येक जनाले घटीमा एक एक वटा बिरुवा ल्याएर रोप्ने योजना बनायौं । त्यसपछि प्रत्येक शनिवार हामीले १/१ विरुवा रोप्न थाल्यौ । हप्ताका बिचमा समय निकालेर पानी हाल्ने र रेखदेख गर्ने काम गरियो । त्यस छेउकै वस्तीका मानिसहरूलाई हेरचाह गर्न अनुरीध गर्यौं । ६ महिना पछि रुख विरूवाहरू बढेछन् । केटाकेटीहरू खेल्न थालेका छन् । चराचुरुङ्गीहरू रमाउन थालेको देखियो । हेर्दा पनि कति रमाइलो मनै आनन्द हुने वातावरण पाइयो ।
थप प्रश्नहरु
1. भूमध्यरेखीय प्रदेशभन्दा भूमध्यसागरीय प्रदेशको उन्नति किन बढी भएको हो ? कारण दिनुहोस् ।
उत्तर:- भूमध्यरेखीय प्रदेशमा प्राय: सालैभर गर्मी हुन्छ र पानी पर्छ । बढी गर्मीले गर्दा मानिसहरू काम गर्दा चाँडै थाक्छन् । गर्मीले आलस्य बढाउँछ । रोगव्याधिको प्रकोप बढी हुन्छ । यसैले यो क्षेत्रमा उन्तति कम भएको हो। भूमध्यसागरीय क्षेत्रमा गर्मी बढी हुँदैन । जाडो पनि बढी हुँदैन । जाडो याममा यथेष्ठ पानी पर्छ । यहाँका मानिसहरू बढी समयसम्म काम गर्न सक्छन् । यहाँ गहुँ, अंजीर, अङ्गुर, सुन्तला आदिको खेतीपाती हुन्छ । यो क्षेत्रमा प्रशस्त उद्योगहरू खुलेका छन् । यहाँका मानिसहरू फुर्तिला र परिश्रमी हन्छन् । यसकारण यो क्षेत्रको बढी उन्नति भएको हो ।
2. प्राकृतिक वातावरण विगार्न मानिसहरू बढी जिम्मेवारी छन् । कसरी ? पुष्टि गर्नुहोस् ।
उत्तर:- मानिसहरूले आफ्नो वुद्धिको प्रयोग गरी नयाँ नयाँ आविष्कार गरी प्राकृतिक सम्पदाको उपयोग गर्न थाल्यो । प्राकृतिक सम्पदाको बढी उपयोगमा मानिसहरूले आम्दानी गर्ने स्रोत देखे । यसले गर्दा प्राकृतिक सम्पत्तिको दोहन बढी मात्रामा हुन थाल्यो । भूमिगत जल, खनिज तेल, खनिज सम्पदाहरू र नदीनालाको पानी आदिको व्यापक उपयोग हुन थाल्यो । रसायनिक मल र विषादीको प्रयोगले माटो बिषाक्त भयो । उधोगबाट निस्केका ग्याँसले वायु प्रदूषण बढ्यो । बाटो बनाउन वन मासिएकाले वायु प्रदूषण अझ बढ्यो । उधोगबाट निस्केका फोहोरमैला नदीनालामा फालिएकाले जलप्रदूषण बढ्यो । ठूलाठूला बाहन र उधोगको आवाजले ध्वनि प्रदूषण बढ्यो ।यसबाट प्रकृतिक व्यवस्था खलबलियो । यसले बाडी पैरो, हावाहुरी, रोगव्याधीको प्रकोप आदि प्राकृतिक विपद्हरू देखा परे । यसैले प्राकृतिक बातावरण बिगार्नमा मानिस बढी जिम्मेवार छ भनि भनिन्छ ।
3. जलवायु परिवर्तनका असरहरू देखा पर्ने के के कारणहरू हुन सक्लान् ? छोटो विवरण दिनुहोस् ।
उत्तर:- कृषिको उत्पादन बढाउन रासायनिक मलको प्रयोग भयो । बालीलाई जोगाउन विषादीको प्रयोग भयो । यसबाट माटो विषाक्त भयो । माटोमा हुर्कने जीवजन्तु नासिन थाले । औद्योगिकरणका नाममा कोइला, पेट्रोल र प्राकृतिक ग्याँसको व्यापक उपयोग भयो । उद्योग स्थापना र उद्योगका लागि बाटो बनाउन वनजङ्गल नासियो । यसले वायु प्रदूषण बढ्यो । मानिसले बनाएका बिभिन्न सुखसुविधाका सामानले वायुमण्डलमा नकारात्मक प्रभाव पार्यो । नदीजन्य पदार्थको लागि नदीहरूको दोहन बढ्यो । वायुमण्डलमा भएको ओजोनतह पातलियो । यसबाट जलवायु परिवर्तनका असरहरू देखिन थाले ।
4. दिगो विकासको अवधारणाको मुख्य उद्देश्य के हो ? यो किन ल्याइएको हो ? प्रष्ट पार्नुहोस् ।
उत्तर:- मानिसको क्रियाकलापले वातावरण सन्तुलनमा गडबडी भई विभिन्न प्रकारका वातावरणिय समस्याहरू देखिन थाले । यसकारण यी समस्याहरूको निराकरणका उपायहरू पनि सोचिन थालियो । मानिस नै प्राकृतिक वातावरणको संरक्षक पनि हो । विश्व एउटा प्रणालीमा चलेको छ । यो प्रणालीमा कतै अवरोध आयो भने यसमा प्रतिकूल असर पर्छ । यसकारण प्राकृतिक वातावरणमा प्रतिकूल असर पर्ने गतिबिधि नियन्त्रण गर्दै जानुपर्छ भनी आजको मानिसमा चेतनाको सञ्चार भएको छ । यसैले संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम अन्तर्गत दिगो विकासको अवधारणा ल्याइएको हो । दिगो विकासको अवधारणाअनुसार प्राकृतिक सन्तुलनमा आघात नपर्ने गरी विकास कार्यक्रम सञ्चालन गर्नुपर्छ । कतै बाटो निर्माण गर्नुपर्छ भने यसबाट वातावरणमा पर्ने नकारात्मक असरलाई कम गरी बाटो बनाउनु पर्छ । दिगो विकास कार्यक्रमले मानिस र प्राकृतिक वातावरणबिचको सम्बन्धमा सुधार ल्याउँछ । दिगो विकास अवधारणाको मुख्य उद्देश्य नै हामीले भावी सन्ततिलाई सुखपूर्वक बाँच्न स्वच्छ प्राकृतिक वातावरण हस्तान्तरण गर्नुपर्छ भन्ने हो । प्राक्रतिक सम्पदाको सन्तुलित उपयोगले प्राकृतिक वातावरणमा नकारात्मक प्रश्नाव कम गरी जैविक प्रणालीलाई सन्तुलित रूपमा चल्न सहयोग गर्छ । नेपाल लगायत विश्वका विभिन्न देशहरूले दिगो विकासका लक्ष्यहरू प्राप्तिका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरेका छन्।