अभ्यास
1. मानवको जैविकीय उदविकासको छोटो परिचय लेख्नुहोस् ।
उत्तर:– पृथ्वीमा रहेका सबै जीवजन्तुहरु जैविक उदविकास प्रक्रियाबाट उत्पत्ति भई क्रमिक रुपमा विकसित भई आजको अवस्थामा आइ पुगेका हुन् । मानव जातिको उत्पत्ति पनि यस्तै जैविकीय उदविकासको प्रक्रियाबाट भएको मानिन्छ ।
वैज्ञानिक अध्ययनबाट मानवका पुर्खा बाँदर वा नरबानर नभई नरबानर जस्तै देखिने जीवबाट उत्पत्ति भएको पत्ता लागेको छ । नरबानर जस्तै देखिने पुर्खाबाट उदविकास भई क्रमिक रुपमा मानवको रुप विकसित भएको प्रक्रियालाई नै मानवको जैविकीय उदविकास भनिन्छ । वैज्ञानिकहरुका अनुसार आजभन्दा करिब ६० लाख बर्ष अगाडी पुच्छर नभएका, ठाडो जीउडाल, ठूलो मष्तिस्क र दुई खुट्टाले हिड्न सक्ने नर बानरबाट क्रमिक रुपमा विकास गरी परिष्कृत भई आजको मानव यो अवस्थामा आइपुगेको मानिन्छ । खोज र अनुसन्धानले उहिलेका सहेला थ्रोपस, ओंरिरीन र आर्डिपिथेकस नर बानरका अवशेषमा आजका मानिसहरुमा हुने होमीनिडका विशेषताहरु पाइएको छ । यीमध्ये आर्डिपिथेकसलाई पहिलो होमीनिड मानिएको छ । मनावले जैविकीय उदविकास प्रक्रियाद्वारा आफ्ना पुर्खा नरबानर जस्तै देखिने जीवबाट विभिन्न चरणहरु क्रमशः पार गर्दै अहिलेको हाम्रो जतिको सेपियन्स प्रजातिमा आइपुगेका छन् ।
2. अस्ट्रालोपिथेकस र होमो हयाबिलिसबिचका समानता र भिन्नता प्रस्ट पार्नुहोस् ।
उत्तर:-
समानता:
i) दुवै आजका मानिसहरुका पुर्खा हुन् ।
ii) दुवै सिधा रुपमा दुई खुट्टाले हिड्ने , खप्परको आकार बानरसँग मिल्ने खालका थिए ।
iii) दुवै झुन्ड बनाएर बस्ने गर्दथे ।
भिन्नता:
i) दुवै भिन्न प्रभिन्न जातिका हुन् ।
ii) अस्ट्रालोपिथेकसको अस्तित्व करिब ४० लाख वर्ष अघिदेखि १० लाख वर्ष अघिसम्म भएको मानिन्छ । होमो ह्याविलिस आजभन्दा करिब २३ लाख वर्ष अघिदेखि १५ लाख अघिसम्म अस्तित्वमा रहेको मानिन्छ ।
iii) अस्ट्रालोपिथेकस जातिकालाई जमिन मुनिबाट कन्दमुल निकाल्ने क्रिया थाहा थिएन । होमोह्याविलिस जमिनमुनिबाट लठ्ठीले कन्दमूल निकाल्ने गर्थे ।
iv) होमो ह्याविलिस अस्ट्रालोपिथेकस भन्दा बढी परिस्कृत थिए ।
थप प्रश्नहरु
1. होमो जातिका विशेषताहरू लेख्नुहोस् ।
उत्तर:- होमो जातिका विशेषताहरू निम्नलिखित छन् :
i) सिधा जीउ
ii) दुई खुट्टामा उभिएर हिड्न सक्ने
iii) ठूलो खोपडी तथा दिमाग भएको
iv) पूर्णरूपमा छुट्टिएको बुढी औंला
v) हतियार बनाउन सक्ने क्षमता भएको
2. होमो इरेक्टस (Homo erectus) को छोटो परिचय दिनुहोस् ।
उत्तर:- अफ्रिका महादेशबाट अन्य महादेशमा फैलिएका मानव जाति होमोइरेक्टस हो । यो जातिको अवशेषहरू दक्षिण अफ्रिका, केन्या, तान्जानिया, इथोपिया, जाभा, पेकिग आदि ठाउँहरूमा भेटिएका छन् । यस प्रजातिको पहिलो अवशेष सन् १८९० मा डच मानवशास्त्री युजिन डुवोइसले इन्डोनेसियाको जाभामा भेटेका थिए । यिनीहरूको बंगाराको आकार पहिलेका प्रजातिभन्दा साना थिए । यिनीहरूको गालाको हड्डीहरू र च्यापु अहिलेको मानिसभन्दा ठूला आकारका थिए । चिउँडोको विकास यिनीहरूमा भएको थिएन ।
3. होमो नियन्डरथलेन्सिस (Homo neanderthalensis) को छोटो परिचय दिनुहोस् ।
उत्तर:- यस प्रजातिको अवशेष जर्सनीको नियन्डर उपत्यकामा भेटिएकोले त्यही ठाउँबाट यसको नामकरण गरिएको हो । यस प्रजातिका अवशेषहरू मुख्य रूपमा युरोप तथा एसियाका विभिन्न मुलुकहरूमा भेटिएको छ । आजभन्दा करिब १,५०,००० वर्ष अघिदेखि ३०,००० वर्ष अघिसम्म यो प्रजाति पृथ्वीमा बसोबास गरेको अनुमान छ । यिनीहरू होचा र गठिला, आँखीभौँ प्रष्ट देखिने, लाम्चो खप्पर आदि भएका थिए । यिनीहरू ढुङ्गाबाट हतियार बनाउँथे । यिनीहरू उज्यालो, ताप र जङ्गली जनावर भगाउन आगोको प्रयोग गर्थे । यिनीहरू समूहमा बस्थे । यिनीहरूले मृतकलाई गाड्ने गरेको देखिन्छ । यसबाट यिनीहरूमा सामाजिक संस्कार विकास भएको देखिन्छ । यिनीहरूमा पनि भाषाको विकास भएको देखिँदैन । सङ्केतबाट कुराकानी गर्थे होलान् ।
4. अस्ट्रालोपिथेकस (Australopithecus) जातिको छोटो परिचय दिनुहोस् ।
उत्तर:- आजभन्दा करिब ४० लाख वर्ष अघिदेखि १० लाख वर्षअघिसम्म यो जाति पृथ्वीमा बसोबास गरेको अनुमान छ। यो जातिको अवशेष केन्या, तान्जानिया, इथोपिया तथा चाड आदि देशमा भेटिएका छन् । यिनीहरू दुई खुट्टाले हिड्न सक्ने, बानरसँग मिल्ने खप्पर भएका, होचो कदका पोथीभन्दा भाले ठूलो आकारको भएको, . अनुहारको अगाडिको च्यापु निस्केका आदि यस जातिका विशेषताहरू हुन् ।
5. मस्तेरियन (Mousterian) संस्कृति कस्तो संस्कृति हो ? प्रष्ट पार्नुहोस्।
उत्तर:- आदिम प्रजातिका मानिसहरू सिकार खेल्न ढुङ्गाबाट विभिन्न किसिसका हतियार बनाउँथे । यस्तै ढुङ्गाको हतियार प्रयोग गरी जनावरको सिकार गर्थे । यसै संस्कृतिलाई मस्तेरियन संस्कृति भनिन्छ ।