Skip links

 मितव्ययी जीवनशैली र आर्थिक व्यवस्थापन

अभ्यास

१.  मितव्ययी जीवनशैलीको परिचय दिनुहोस् । ‌

उत्तर:- मानिसहरूको आवश्यकता ठाउँ, समय, परिस्थिति, वातावरण र व्यक्तिअनुसार फरक फरक हुन्छ । आवश्यकतालाई पूरा गर्न प्राकृतिक तथा भौतिक वस्तुको आवश्यकता पर्छ । यी प्राकृतिक तथा भौतिक स्रोत साधनको आवश्यकता हाम्रा भावी पुस्ताका लागि पनि उतिकै चाहिन्छ । यसकारण यी स्रोत र साधनहरूको उचित मात्रामा उपयोग गरी बढी लाभ लिने बानी र व्यवहार नै मितव्ययी जीवनशैली हो । सीमित श्रोत र साधन उपयोग गरी अधिकतम लाभ लिने बानी र व्यवहार नै मितव्ययी जीवनशैली हो । अनावश्यक खर्च नगर्ने, धन अधिकतम उपयोग गर्ने तथा भविष्यका लागि बचत गर्ने व्यवहार मितव्ययी जीवनशैलीका उदाहरण हुन् ।

२.  तपाईंले कुन कुन पक्षमा मितव्ययितालाई व्यवहारमा अवलम्बन गर्दै आउनुभएको छ, उल्लेख गर्नुहोस् ।

उत्तर:-  मैले खानपिनमा मितव्ययिता अबलम्बन गर्ने गरेको छु । मैले खाएको खाना जुठो छोडेको छैन । खानेकुरा घरमा पकाएको मात्र खाने गरेको छ । बजारमा तयारी खाना वा होटेलमा खाने गरेको छैन । लवाईमा स्वदेशी वस्तु बढी प्रयोग गरेको छु । चाहिने जति सामान मात्र किन्ने गरेको छ । हरेक महिना केही न केही बचत गरी जम्मा गर्ने गरेको छु ।

थप प्रश्नहरू

१. आर्थिक व्यवस्थापनका सहज र व्यवहारिक उपायहरूको सूची बनाउनुहोस् ।

उत्तर:- आर्थिक व्यवस्थापनका सहज र व्यवहारिक उपायहरू

– आवश्यक काममा बाहेक अन्यत्र खर्च नगर्ने ।

– विलासी वस्तुको उपभोग नगर्ने ।

– फजुल खर्च नियन्त्रण गर्ने ।

– भड्किला कार्यक्रम वा गतिविधि नगर्ने ।

– भविष्यको आर्थिक योजना तयार गर्ने ।

– वित्तिय साक्षरता अनुसरण गर्ने ।

– बचत गर्ने बानी विकास गर्ने ।

– जीवनोपयोगी सिपहरूको विकास गर्ने ।

– समयको सही सदुपयोग गर्ने ।

– सिर्जनशील र सहयोगी बानीको विकास गर्ने ।

– उद्यमशीलताको विकास गर्ने ।

– आम्दानी र खर्चको नियमित हिसाब राख्ने, आदि।

This website uses cookies to improve your web experience.
Home