अभ्यास
1. पुँजीवादी व्यवस्था र सामान्तवादी व्यवस्थाबिचको फरक छुट्याउनुहोस् l
उत्तर:- पुँजीवादी व्यवस्था र सामान्तवादी व्यवस्थाबिचको फरक निम्नानुसार छन् :
पुँजीवादी व्यवस्था | सामान्तवादी व्यवस्था |
i) पुँजीमा आधारित l | जमिनमा आधारित l |
ii) आधुनिकच व्यवस्था l | परम्परागत व्यवस्था l |
iii) औधोगिक उत्पादनको प्रधानता l | कृषि उत्पादनको प्रधानता l |
iv) आधुनिक यन्त्रको प्रयोग l | परम्परागत यन्त्रको प्रयोग l |
v) सहरी समाजको प्रधानता l | ग्रामिण समाजको प्रधानता l |
vi) व्यवसायीमुखी उत्पादन l | गुजारामुखी उत्पादन l |
vii) यान्त्रिक श्रमको बढी प्रयोग l | मानवीय श्रमको बढी प्रयोग l |
viii)रोजगारीको मुख्य स्रोत उधोग l | रोजगारीको मुख्य स्रोत कृषि l |
2. युरोपको औद्योगिक क्रान्ति र यसले मानव समाजमा पारेको प्रभाव उल्लेख गर्दै एक संवाद तयार गर्नुहोस् ।
उत्तर:- (कमला र विमला औद्योगिक क्रान्तिले मानव समाजमा पारेको प्रभावको बारेमा कुराकानी गर्दैछन्)
कमला : औद्योगिक क्रान्ति भनेको के हो, विमला ?
विमला : कलकारखानामा आएको ठूला परिवर्तनलाई औद्योगिक क्रान्ति भनिएको हो ? यो बेलायतबाट सुरु भयो र विश्वमा नै फैलियो । बुझ्यौँ ?
कमला : बुझेँ । हामीलाई त यसले के राम्रो गर्यौ त ?
विमला : ल । कलकारखानाले सामान धेरै बनाउँछ, सस्तो बनाउँछ, राम्रो बनाउँछ । हामीले लगाउने गरेका धेरै जसो वस्तु कलकारखानाबाट नै बनेका हुन् । तिमी पनि भनन, केही त ?
कमला : औद्योगिक क्रान्तिले गर्दा रोजगारी बढ्यो । देशहरूले बढी सामान निर्यात गरी आम्दानी बढाए । आज हेरौँ त । औद्योगिक देशहरु प्राय: सबै सम्पन्न छन् । यसबाट अरु पनि केही प्रभाव पर्यो र ?
विमला : पर्यो नि । सहर बजार बढे । यातायात र सञ्चारको विकास भयो । सुख सुविधाका सामान बढे । हाम्रो जीवन कति सहज भएको छ । घरमै बसी संसार भरिका घटना हेर्न पाइन्छ । होइन त ?
कमला : हुनलाई त हो नि । तर, हामीले प्राकृतिक वातावरण विगार्यौ । हाम्रो मौलिक संस्कृति हराउँदै छ । विदेशी संस्कृतिको प्रभाव बढ्दैछ । ससाना कुरामा पनि श्रमिकहरुबाट बन्द, हड्ताल, चक्का जाम जस्ता काम हुन थाल्यो । समाजमा शान्ति शान्ति भनेर खोज्नुपर्ने बेला आइसक्यो । होइन त ?
विमला : हुनलाई त हो । तर, उन्नति पनि भयो नि । स्वास्थ्य तथा शिक्षा जस्ता क्षेत्रमा कति प्रगति भएको छ । उद्योगकोविकासले कतिपयले रोजगारी पाएका छन् । उद्योगले व्यापारको विकासमा सघाएको छ । मानिसहरूको जीवनस्तरमा गुणात्मक सुधार आएको छ । औद्योगिक क्रान्ति मानिसको विभिन्न क्षेत्रमा परिवर्तन ल्याएको छ । होइन र ?
कमला : हो नि ।
(ल आजलाई यति नै, बाँकी भोली गरौँला । हिडौ ।)
3. पुँजीवादी समाज र औद्योगिक करणबिचको सम्बन्ध प्रस्ट पार्नुहोस् ।
उत्तर:– पुँजीवादी समाज र औद्योगिकीकरणबिच गहिरो सम्बन्छ छ । पुँजीवादी समाज औद्योगिक उत्पादनमा नै आधारित हुन्छ । पुँजीवादी समाजमा बढी आय गर्ने उद्देश्य रहन्छ । यो समाजमा निजी सम्पत्तिको महत्त्व हुन्छ । यसकारण गुजारामुखी उत्पादन प्रणालीलाई ठूलो परिमाणमा उत्पादन गर्ने प्रणालीमा विस्थापित गरिन्छ । मानवीय श्रमको सट्टा व्यापकरुपमा मेशिन तथा औँजारहरुको प्रयोग गरिन्छ । बढी उत्पादनलाई बिक्री गर्न बजारीकरण गरिन्छ । सेवाक्षेत्रको विस्तार गरिन्छ । बढी उत्पादनले बढी आय हुन्छ । बढि आयलाई फेरि उत्पादनका साधन वृद्धि गर्न लगानी गरिन्छ । उत्पादनका साधन वृद्धिले औद्योगिकरणमा वृद्धि हुन्छ । रोजगार र उत्पादित वस्तुको बजारीकरणले अझ सहर बजारको वृद्धि हुन्छ । व्यापारीकरणले यातायातको साधनको विकासमा सघाउ पुग्छ । स्टिम इन्जिनलाई विस्थापित गरी जीवाश्म इन्धनबाट चल्ने यन्त्रको विकास भयो । रेलको विकास भयो । समुद्रमा पानीजहाजको विकास भयो । यातायातको विकासले मानिसहरुको दैनिकीमा परिवर्तन ल्यायो । यसपछि सञ्चार तथा ऊर्जाको विकास थपियो । यी सबैमा औद्योगिकीकरणको प्रमुख भूमिका रहयो । औद्योगिकीकरणले उत्पादन वृद्धि गर्यो । यसलाई बजारीकरण गरी बिक्री वितरणले गर्दा पुँजीवादी समाजलाई अझ बल पुर्यायो ।
4. पुँजीवादी समाजमा निजी सम्पत्तिको महत्तव बढी हुनुका कारणहरु उल्लेख गर्नुहोस् ।
उत्तर:- पुँजीवादी समाजमा राज्यको भूमिका न्यून हुन्छ । देशमा उद्योग व्यवसाय, शिक्षा, स्वास्थ्य, सञ्चार, ऊर्जा आदि विभिन्न क्षेत्रमा विकासका लागि पुँजीको आवश्यकता पर्छ । पुँजीपतिहरुले लगानी गरी अर्थव्यवस्थालाई दरिलो बनाउन उद्योग, यातायात तथा अन्य क्षेत्रमा लगानी गर्छन् । निजी सम्पतिको सुरक्षा राज्यबाट नभएमा देश उद्योग व्यवसायको विकास हुँदैन । देशमा रोजगारीको सिर्जना गर्न विभिन्न उद्योग वा अन्य सेवा क्षेत्रमा लगानी पुँजीपतिहरुबाट हुन्छ । राज्यले पनि ठूलो मात्रामा कर पुँजीपतिहरुबाट प्राप्त गर्छ । निजी सम्पत्तिको महत्त्वले गर्दा पुँजीपतिलाई प्रतिस्पर्धा गरी बजारमा उत्पादनलाई बिक्री प्रर्वधन गर्ने सोच दिन्छ । मुनाफा कमाउने र फेरि लगानी गरी अझ उत्पादनको मात्रा वृद्धि गर्ने । जति बढी मुनाफा, त्यति बढी लगानी । निजी सम्पत्तिले यसरी पुँजीवादी अर्थव्यवस्थालाई सबल बनाउन सहयोग गर्छ । पुँजीवादी अर्थव्यवस्थामा यसरी रोजगारी सिर्जना गर्ने, औद्योगिकीकरण गर्ने, जनताका लागि कल्याणकारी योजना सम्पन्न गर्न राज्यलाई कर पनि पुँजीपतिहरुबाट नै प्राप्त हुन्छ । पुँजीवादी अर्थव्यवस्थामा सरकारको भूमिका मौण भएकोले निजी सम्पत्तिको महत्त्व बढेको हो ।
5. औद्योगिक समाज र पुँजीवादी समाज एकअर्कामा अन्तरसम्बन्धित छन् । यस भनाइलाई पुष्टि गर्नुहोस् ।
उत्तर:– औद्योगिक समाजको विकास युरोपमा औद्योगिक क्रान्तिपश्चात् भएको हो । यो समाज पनि ठूलो परिमाणमा उत्पादन गर्ने कार्यसँग सम्बन्धित छ । जीवाश्म इन्धनको प्रयोग गरी चल्ने मेशिन र ऑजारको सहायताले वृहत मात्रामा उत्पादन गरी बजारीकरण गर्नु हो । यस समाजले मानव श्रमलाई विस्थापित गर्दै यान्त्रिक श्रमको उपयोग बढाउँदै लैजान्छ । उत्पादित वस्तुको बजारीकरण र सेवा क्षेत्रको व्यापक विस्तारले सहरहरूको विकास हुन्छ । औद्योगिक समाजलाई सहरहरूको विकास अनुकूल हुन्छ । किनकि बढि उत्पादित वस्तु खपतका लागि बढी जनसङ्ख्या चाहिन्छ । सहरहरुमा जनसङ्ख्या तीव्र रूपमा वृद्धि हुन्छ । उत्पादनको मात्रा बढाउनका लागि स्वचालित यन्त्रको प्रयोग पनि गरिन्छ । कृषिमा पनि ठूला ठूला यन्त्रहरुको प्रयोग, रासायनिक मल आदिको प्रयोगले कृषि उत्पादनमा वृद्धि गरिन्छ । कृषिलाई यान्त्रिकिकरण गरी उत्पादन वृद्धि गरिन्छ ।
पुँजीवादी समाजको विकास औद्योगिक समाजको विकाससँगै भएको देखिन्छ । पुँजीवादी समाजमा पनि बढी मात्रामा उत्पादनका लागि मानवीय श्रमलाई मेशिन औजारमा विस्थापित गरिन्छ । जीवाश्म इन्धनबाट चल्ने मेशिन औजारको तीव्र विकासले मानव श्रमलाई कटौती गर्दैछ । पुँजीवादी समाजमा खुला बजार प्रतिस्पर्धामा उत्पादित वस्तुको बजारीकरण गरिन्छ र सेवा क्षेत्रको विस्तार गरिन्छ । यो समाजमा निजी सम्पत्तिको महत्त्व बढी हुन्छ । आर्थिक व्यवस्थामा सरकारको भूमिका गौण हुन्छ । उत्पादित वस्तुको बजारीकरण र सेवा क्षेत्रको व्यापक विस्तारले सहरहरूको विकासमा ठूलो टेवा पुग्छ । जति बढी खपत भयो, त्यति बढी उत्पादन गरिन्छ । जति बढी उत्पादन गर्न सक्यो, त्यति बढी लगानीको अवसर प्राप्त हुन्छ । जति बढी लगानी त्यति बढि नै मुनाफा हुन्छ ।
औद्योगिक समाज र पुँजीवादी समाज बढी उत्पादन गर्ने कार्यसँग सम्बन्धित छन् । यी दुवै समाज मानवीय श्रमलाई मेशिन औजारको प्रयोगबाट कटौती गर्छन् । यी दुवै समाजमा निजी सम्पत्तिको महत्त्व हुन्छ । यी दुवै समाज खुला बजार प्रतिस्पर्धामा विकास गर्छन् । यी दुवै समाजको विकासमा सहरीकरणले टेवा दिन्छ । यी दुवै समाजको आर्थिक अर्थव्यवस्थामा सरकारको भूमिका गौण हुन्छ । औद्योगिक समाजले उत्पादनको मात्रा बढाउँछ । बढी उत्पादनले बढी नाफा कमाउँछ । बढी नाफाले पुँजीपति समाजको विकास हुन्छ । पुँजीपतिहरुले लगानी वृद्धि गरी अझ उद्योगहरूको विकास गर्छन् । यसबाट औद्योगिक समाजको विकास हुन्छ । यसरी औद्योगिक समाज र पुँजीवादी समाज एकअर्कामा अन्तरसम्बन्धित छन् ।
थप्र प्रश्नहरू
1. औद्योगिककरणले समाजमा पारेको प्रभावको छोटौ विवरण दिनुहोस्।
उतर:- औद्योगिककरणले समाजमा ठूलो प्रभाव पारेको छ :
i) मौलिक संस्कृतिलाई आयातित संस्कृतिले विस्थापित गर्दै लगेको छ।
ii) मौलिक उत्पादनहरू क्रमश: हराउँदै गएको छ।
iii) समाजमा परनिर्भरता बढेको छ ।
iv) व्यक्तिवादी र उपभोगवादी सोच बढेको छ ।
v) मानवीय श्रमलाई यान्त्रिक श्रमले विस्थापित गर्दै लगेको छ ।
vi) मानिसको रोजगारी र आयआर्जनको मुख्य स्रोत औद्योगिक श्रम बन्न लागेको छ।
vii) समाजमा गरिब र धुनीबिच ठूलो फरक देखिएको छ।
viii) निजी सम्पत्तिको महत्व बढेकोछ।
ix) पूर्वस्थापित राजनैतिक प्रणालीहरूलाई नयाँ राजनैतिक प्रणालीहरूले विस्थापित गर्दै लगेको छ ।
x) महिला सशक्तिकरणंको अवधारणाको विश्वव्यापी प्रचार प्रसार भएको छ ।
xi) मानिसहरूको जीवनस्तरमा गुणात्मक सुधार आएको छ ।
xii) बस्तुको उत्पादन ठूलो परिमाणमा हुने गरेको छ।