अभ्यास
१. नेपालको संविधानको भाग ३ धारा ३५ मा उल्लिखित स्वास्थ्यसम्बन्धी हकहरू अध्ययन गरी समीक्षा गर्नुहोस् ।
उत्तर:- नेपालको संविधानको भाग ३ को धारा ३५ मा उल्लेखित स्वास्थ्य सम्बन्धी हक:
(क) प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित गरिने छैन ।
(ख) प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुनेछ ।
(ग) प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ ।
(घ) प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ ।
नेपालको संविधानले सबै नागरिकलार्य समान रूपमा स्वास्थ्य सेवामा पहुँचको हकको व्यवस्था गरेको छ । साना ठूलो आदिको भेदभावलाई नकारेको छ । आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँचको व्यवस्था गरिएको छ । सरकारले यसका लागि काम पनि गर्दैछ । नेपाल जस्तो ग्रोत र साधन कम हुने देशमा क्रमिक रूपमा स्वास्थ्य सेवामा सुधार ल्याइँदैछ । चिकित्सकहरूको सङ्ख्या बढ्दैछ । स्वास्थ्य उपकरणहरूको सङ्खया बढ्दैछ । कतिपय स्वास्थ्य सेवाका लागि विदेश जानुपर्ने अवस्था हटेको छ । कतिपय स्वास्थ्य सुविधा निःशुल्क गरिएको छ । जनताको आर्थिक तथा सामाजिक स्थितिमा पनि सुधार हुँदैछ । अझ क्रमिक रूपमा स्वास्थ्य सुविधा विस्तार हुनेमा आशा राख्न सकिन्छ ।
२. ‘नेपालमा स्वास्थ्य सेवामा पहुँच’ का बारेमा विभिन्न स्रोतहरूको अध्ययन गरी एक अनुच्छेद लेख्नुहोस् ।
उत्तर:- सरकारी अस्पतालहरू विरामी जाँच्न आउनेहरूको भिडले स्वास्थ्य सेवामा जनताको पहुँच वृद्धि भएको दर्शाउँछ । तर हाल पनि साधारण जनताको पहुँच पुगेको छैन । ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरिब जनतामा स्वास्थ्य सुविधाको कमी छ । गरिबीले गर्दा कुपोषणका सिकार छन् । औषधि उपचारको खर्च जुटाउन नसक्ने स्थिति छ । पहाडी भेकमा पनि परम्परागत पद्धतिमा विश्वास गर्नेहरूको सङ्ख्या उतिकै छ । हाल राज्यले स्वास्थ्य सुविधा विस्तार गरिरहेको छ । विभिन्न स्वास्थ्य कार्यक्रम पनि सञ्चालन भइरहेका छन् ।
३. ‘रोग र दुर्बलताबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक तवरले पूर्ण तन्दुरुस्त हुनुलाई नै स्वास्थ्य भनिन्छ। यस परिभाषालाई उदाहरणसहित प्रस्ट पार्नुहोस् ।
उत्तर:- विश्व स्वास्थ्य सङ्गठनले दिएको स्वास्थ्यको परिभाषा-
रोग र दुर्वलताबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक तवरले पूर्ण तन्दुरुस्त हुनु नै स्वास्थ्य भनिन्छ । यो परिभाषाले स्वास्थ्यमा तीन वटा क्षेत्रलाई सामेल गरेको छ । स्वास्थ्य भनेको शारीरिक मात्र नभई मानसिक र सामाजिक रूपमा पनि स्वस्थ हुनुपर्छ । शारीरिक रूपमा स्वस्थ भनेपछि सो व्यक्तिमा कुनै पनि किसिमको रोग नहोस्, कुनै पनि किसिमको शारीरिक दुर्वलता नहोस् । अर्थात् निरोगी होस्, शरीरको सबै अङ्गले राम्ररी काम गरेको होस् । मानसिक रूपमा सो व्यक्ति स्वस्थ होस् । उसमा कुनै मानसिक रोग नहोस् । उसलाई चिन्ता वा तनाव नहोस् । स्नायु सम्बन्धी कुनै पनि दुर्वलता नहोस् । सामाजिक रूपमा सो मानिसको व्यवहार घर परिवार, छिमेकी, साथीभाइ, आफन्त, ज्येष्ठ नागरिक, असहाय, अपाङ्ग भएका व्यक्तिहरूसँगको व्यवहार मैत्रीपूर्ण होस् । उसका मनमा कसैप्रति राग, द्वेष, ईर्ष्या नहोस् । यस्तो शारीरिक रूपमा स्वस्थ, मानसिक रूपमा स्वस्थ तथा सामाजिक रूपमा स्वस्थ भएमा सो व्यक्तिलाई स्वस्थ व्यक्ति भन्न सकिन्छ।
परियोजना कार्य
१. तपाईंको समुदायमा सञ्चालित स्वास्थ्यसँग सम्बन्धित विभिन्न कार्यक्रमहरूको अवलोकन गरी ती कार्यक्रमहरूको महत्त्व, औचित्य र उपलब्धिका बारेमा एक प्रतिवेदन तयार गर्नुहोस् ।
उत्तर:- मेरो समुदायमा पोलियो खोप, भिटामिन ‘ए’ र जुकाका औषधि, आँखा शिविर, स्वास्थ्य परीक्षण शिविर, औंलो रोग नियन्त्रण, डेंगु रोग नियन्त्रण, हात्ती पाइले रोग नियन्त्रण आदि विभिन्न कार्यक्रमहरू सञ्चालन हुन्छन् ।
i) पोलियो खोप:- पोलियो रोगले मानिसलाई अपाङ्ग बनाउँछ । यो रोग लाग्दा हिँडडुल गर्न कठिनाइ हुन्छ। साथै पोलियो रोग लागिसकेको छ भने यसको उपचार सम्भव हुँदैन तर पोलियो खोपले रोग लाग्नबाट बचाउनुको साथै मानिसलाई स्वस्थ राख्छ ।
ii) भिटामिन ‘ए’ र जुकाको औषधि:- भिटामिन ‘ए’ को कमीले आँखामा समस्या आउँछ । भिटामिन ‘ए’ ले : आँखाको ज्योतिलाई घट्न दिँदैन। जुकाले पेटमा रोग ल्याउँछ यसकारण जुका नियन्त्रण गर्नुपर्छ। यो खोप कार्यक्रमले बालबालिकालाई स्वस्थ राख्न मद्दत गर्छ ।
iii) आँखा शिविर:- आँखालाई स्वस्थ राखन यस्ता शिविरले काम गर्छ । आँखामा कुनै रोग लाग्न लाग्यो भने समयमै उपचार हुन्छ ।
iv) औँलो रोग:- औलो रोग लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । यो रोग लागेको मानिसलाई ज्वरो आउने गर्दछ। औंलो रोगविरुद्ध डी. डी. टी पाउडर छर्किएर लामखुट्टेलाई नियन्त्रण गर्नुपर्छ। औंलो रोगबाट बच्नका निम्ति हाल कुलदानी पनि वितरण गर्ने गरिएको छ ।
v) डेङ्गु रोग:- डेङ्गु रोग पनि लामखुट्टेबाट सर्ने रोग हो । यसले पनि स्वास्थ्यलाई हानि पुयाउँछ । डेड्गु रोगविरुद्ध औषधि छर्किएर लामखुट्टेको नियन्त्रण गर्नुपर्छ ।
vi) हात्तिपाइले रोग:– खुट्टा सुन्निएर हात्तिको जस्तो देखिने रोगलाई हात्तिपाइले रोग भनिन्छ । यो रोग लागेमा उपचार गर्न कठिनाई पर्छ। तराईतिर यो रोगले धेरै असर गरेको छ । हात्तिपाइले रोगविरुद्ध औषधि वितरण कार्यक्रमले मानिसलाई यो रोग लाग्नबाट बचाउँछ ।
यस्ता स्वास्थ्य कार्यक्रमको उद्देश्य मानिसहरूलाई रोगबाट जोगाई स्वस्थ राख्न मद्दत गर्नु हो। रोग नलागेमा मानिसले समुदाय, परिवार र देशलाई योगदान गर्न सक्छ । ।
थप प्रश्नहरू
१. स्वास्थ्य सेवामा सामुदायिक सहभागिताबारे एक अनुच्छेद लेख्नुहोस् ।
उत्तर:- समुदायको सहभागिताविना कुनै पनि क्षेत्रको समुचित विकास हुँदैन । स्वास्थ्य सेवामा पनि समुदायको • सहभागिताले उल्लेखनीय भूमिका निर्वाह गर्छ । पहिले पहिले नेपालमा आधुनिक स्वास्थ्य सेवाको विस्तार भएको थिएन । त्यस्तो अवस्थामा परम्परागत रूपमा उपचार गर्ने चलन थियो । तालिम प्राप्त स्वास्थ्य कर्मीको अभाव, औषधिको कमी, स्वास्थ्य संस्था र उपकरणको कमी थियो । स्थानीय स्तरका अनुभवी व्यक्तिहरूको सहायताले उपचार गरिन्थ्यो । तामाङ जातिमा लामा, लिम्बूका फेदाङ्मा, गुरुङका पच्यु र घ्याप्रिङ आदिबाट, उपचार गराइन्थ्यो । आफ्ना अग्रजहरूबाट शिक्षा र सिप तथा स्थानीय स्तरमा उपलब्ध स्रोत र साधनको उपयोग गरी उपचार गरिन्थ्यो । हाल आधुनिक चिकित्सा सेवाको विस्तार हुँदैछ। तापनि नेपालको सबै ठाउँमा स्वास्थ्य सेवा सहज रूपमा पुयाउन सकिएको छैन । स्वास्थ्य सेवा पुऱ्याउन स्रोत र साधनको कमी छ। स्वास्थ्यकर्मीको कमी छ । यस्तो अवस्थामा समुदायको सहभागिताले स्वास्थ्य सेवा विस्तारमा ठूलो सहयोग पुयाउँछ । समुदायको सहभागिताले निरोधात्मक, उपचारात्मक, प्रवर्द्धनात्मक र पुनः स्थापनात्मक सेवामा समुदायको सहभागिताले उल्लेखनीय सहयोग पुऱ्याएको छ। हाल हरेक क्षेत्रमा स्वास्थ्य स्वयं सेविका र सामुदायिक स्वास्थ्य कार्यकर्ताहरू परिचालन गरिएको छ । निजी, सार्वजनिक तथा गैरसरकारी संघ संस्थाहरूले सहयोग गरेका छन् । समुदायको सहभागितामा सरसफाइ कार्यक्रम, जनचेतनामूलक कार्यक्रम, स्वास्थ्य शिविर, खोप कार्यक्रम, मातृशिशु सेवा कार्यक्रम, अन्धोपन नियन्त्रण परियोजना, एच.आइ.भी. एड्स, औलो ज्वरो, कालाजार नियन्त्रण आदि जस्ता कार्यक्रम चलिरहेका छन्।