अभ्यास
१. नेपालमा रोजगार प्रवर्धन गर्ने उपायहरूको खोजी गरी बुँदागत रूपमा सूची तयार पार्नुहोस्।
उत्तर:- रोजगार प्रवर्द्धन गर्ने उपायहरू:
i) कृषिलाई व्यवसायीकरण गर्ने, पशुपालन व्यवसायलाई प्रोत्साहन दिने,
ii) शिक्षा तथा स्वास्थ्य सेवालाई विस्तार गर्ने,
iii) कृषिमा आधारित उद्योगलाई विस्तार गर्न नीतिगत सुधार ल्याउने,
iv) दैनिक उपभोगका वस्तु र सेवा उत्पादन गर्ने घरेलु उद्योगलाई प्रोत्साहित गर्ने,
v) कृषि उत्पादनमा आधारित प्रशोधन कार्यलाई प्रोत्साहित गर्ने,
vi) विप्रेषण रकमलाई उत्पादनमूलक कार्यमा खर्चिने,
vii) सरकारको पूँजीगत खर्च वृद्धि गर्ने,
viii) ऊर्जा क्षेत्रमा विदेशी लगानी आकर्षित गर्ने,
ix) निर्माण व्यवसायलाई प्रोत्साहित गर्ने आदि ।
२. यहाँ नेपालको रोजगारीको अवस्था झल्काइएको छ । यसमा कसरी सुधार ल्याउन सकिएला ?
उत्तर:- नेपालको श्रम बजारमा बर्सेनि ४ लाख ५० हजार श्रमशक्ति थपिंदै गएको छ । कुल जनसङ्ख्याको करिब ५७ प्रतिशत जनसङ्ख्या १५ देखि ५९ वर्ष उमेर समूहका आर्थिक रूपले सक्रिय जनशक्ति रहेका छन् । उक्त जनशक्तिमध्ये करिब २.३ प्रतिशत पूर्ण बेरोजगार र ३० प्रतिशत श्रमशक्ति अर्धबेरोजगार रहेका छन् । सक्रिय जनशक्तिको ठुलो हिस्सा कृषिमा आश्रित रहेको अवस्था छ । कृषि क्षेत्रमा पनि आधुनिकीकरण र व्यवसायीकरण हुन नसक्दा कृषिमा आश्रित जनशक्ति अर्धबेरोजगारीको चपेटामा परेको अवस्था रहेको छ । स्रोत: श्रम ऐन २०७४ र पन्ध्रौं योजना
i) जनसङ्ख्या वृद्धिदर नियन्त्रण गर्दै लैजाने ।
ii) हाल नेपालमा रोजगारीका लागि यथेष्ट अवसर उत्पन्न नहुञ्जेल वैदेसिक रोजगारीलाई प्राथमिकता दिने ।
iii) कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्ने ।
iv) देशमा प्राविधिक शिक्षालयको स्थापना गरी दक्ष कामदार उत्पन्न गर्ने ।
v) आयात प्रतिस्थापन गर्ने दैनिक उपभोगका सामग्री उत्पादन गर्ने साना तथा मझौला उद्योग स्थापना
vi) गर्न निजी क्षेत्रलाई प्रोत्साहित गर्ने ।
vii) ठूला उद्योगहरूको स्थापना गर्न बहुराष्ट्रिय कम्पनी वा विदेशी लगानी गर्न सुरक्षित वातावरणको सृजना गर्ने ।
viii) राजनैतिक स्थिरता कायम गर्ने ।
ix) बचत प्रवृत्ति प्रोत्साहित गरी सादा जीवन अपनाउन अभिप्रेरित गर्ने ।
३. प्रस्तुत सफल उद्यमीहरूका भनाइहरूको अध्ययन गरी ‘मेरो सपना’ शीर्षकमा एक सामग्री प्रस्तुत गर्नुहोस्। उद्यमीले बजारमा आवश्यकता पहिचान खोज्नुपर्छ । उपभोक्ता के चाहन्छन् भन्ने कुरा पत्ता लगाउनुहोस् । उद्यमीले कहिले पनि बनेको पक्की सडकमा गाडी गुडाउँदैन । उद्यमशील व्यक्तिले आफ्नो बाटो आफैँ बनाउँछ । यदि तपाईं उद्यमी बन्न चाहनुहुन्छ भने बाटो खन्न तयार हुनुहोस् । सपना र विपनाको तालमेल गरेर व्यवसाय चलाउनेलाई उद्यमशीलता भनिन्छ । उद्यमशीलता सिर्जना हो।
मेरो सपना
मेरो पनि एउटा राम्रो पसल चलाई राम्रो आम्दानी गर्ने सपना थियो । बाबुआमासँग मलाई धेरै पढाउने आर्थिक क्षमता थिएन । मैले पनि कक्षा १० सम्म अध्ययन गरी मोटरसाइकल मरम्मत गर्ने वर्कसपमा काम गरे । करिब ३ वर्ष काम गरेपछि मलाई मरम्मत गर्ने सिप हासिल भयो । म आफ्नो भाइलाई लिएर घर छेउमै मोटरसाइकल मरम्मत गर्ने वर्कसप चलाए। मैले ग्राहकसँग राम्रो व्यवहार गरे। मोटरसाइकल मरम्मत गर्दा लाग्ने सरसामान पनि सिमा पारीबाट झिकाउने बन्दोबस्त मिलाए। गुणस्तरीय सेवा प्रदान गरेको छ । पुरानो मोटरसाइकललाई मरम्मत गरी राम्रो बनाई बेच्ने एउटा पसल पनि छ। आज मैले १५ जनालाई रोजगारी दिएको छु । राम्रै आय पनि गरिरहेको छु ।
४. हामी पनि नेपाली उद्यमीको सूचीमा दर्ता किन नहुने ? यस शीर्षकमा एक लेख तयार पार्नुहोस् ।
उत्तर:- हामीलाई दैनिक उपभोगका लागि कतिपय सरसामानको आवश्यकता पर्छ । तर तीमध्ये कतिपय वस्तु हामीले बाहिरबाट फिकाउनु पर्छ । हामीले पनि यस्ता वस्तु देशमै उत्पादन गर्दा विदेशको भर पर्नु पर्दैन । यसका लागि उद्यमशीलता चाहिन्छ । जोखिम वहन गर्ने क्षमता र काम गर्ने जागर चाहिन्छ। उद्यमी हुनलाई आवश्यकताको पहिचान गरी सो वस्तु वा सेवा उत्पादन गर्नका लागि वातावरण उपलब्ध छ, छैन सोको विचार गर्नुपर्छ । यदि आवश्यक सेवा र वस्तु उत्पादन गर्न सक्ने वातावरण भए सोका लागि आवश्यक सिप र पूँजीको प्रबन्ध गरी जोखिम बहन गरी वस्तु वा सेवा उत्पादन गरी बिक्री प्रवर्द्धनका लागि उपाय गर्नुपर्छ। बजार पाएपछि सौ सेवा र वस्तुको उत्पादनले निरन्तरता पाउँछ । अनि हाम्रो नाम पनि उद्यमीको सूचीमा दर्ता हुन्छ ।
५. ‘आलश्य कार्यनाशाय, बुद्धिनाशाय निर्धनी’ अर्थात् जो व्यक्ति अल्छी गर्छ, त्यसको कार्य नाश हुन्छ वा बेइलमी हुन्छ, बेइलमी भएपछि बुद्धिनाश हुन्छ, कार्य र बुद्धि नाश भए पछि निर्धन वा गरिब हुन्छ ।” चाणक्य नीतिको यस भनाइलाई पुष्टि गर्ने एक कबाको दृष्टान्त तयार पार्नुहोस् ।
उत्तर:- कुनै गाउँमा एकजना रामबहादुर साहु भन्ने व्यक्ति थिए । उसको एउटा पसल थियो। पसल राम्रोसँग चल्थ्यो पसलबाट कमाएको पैसाले खेत र जग्गा किने उनको दुईजना छोराहरू पनि थिए- हरि र रमेश। दुवैलाई राम्रै विद्यालयमा पढाएका थिए। साहुका जेठा छोरा हरिलाई पढ्न मन लाग्ने तर कान्छा छोरा रमेशलाई खेल्न मन लाग्ने रामबहादुर साहु बुढो हुँदै गए। दुवै छोरालाई अंश दिने निर्णय गरे अनि दुवै छोराहरूलाई उनीहरूले पाउने अंश वापत एउटा एउटा घर, ५/५ बिघा खेत र ५/५ लाख नगद बाँडिदिए । केही समय पछि रामबहादुर साहुले यस संसारबाट बिदा लिए। साहुका जेठा छोरो हरिले आफ्नो घरैमा पसल थापे । श्रीमतीलाई बेलाबेलामा खेत हेर्न पठाउँथे । यता कान्छा छोरा रमेशलाई भने बस किनेर चलाउने रहर चल्यो र बैङ्कबाट पैसा लिएर बस खरिद गरे। बसले राम्रो कमाइ गर्दै गयो । कमाइ बढेपछि साथीहरू पनि बढे । साँझमा साथीहरूले रमाइलो गर्न भने । साथीहरूसँग रमाइलो गर्दा बसको आम्दानी खर्च भएको पत्तै भएन । बैङ्कबाट व्याजमा बस किन्न लिएको पैसा बैङ्कलाई तिर्न सकेनन् र आफूले अंशमा पाएको खेत बेचेर सो पैसा बैङ्कलाई तिरे साथै भएको अलिअलि पैसा पनि मोजमस्तीमै सकाए । आज ऊसँग एउटा घरमात्र बाँकी रहेको छ । उता हरि कहिले पनि कुलतमा लागेन । आफ्नो पेसा व्यवसायमा दत्तचित्त भएर लागे । फलस्वरूप उनले एउटा घर पनि किने । साथै १० वर्षमा त्यस्तै ३ लाख जति पैसा बैङ्कमा जम्मा गर्न पनि सफल भए ।
थप प्रश्नहरू
१. श्रम ऐन २०७४ अनुसार कति किसिमका रोजगारीहरू छन् ? उल्लेख गर्नुहोस् ।
उत्तर:- श्रम ऐन २०७४ ले रोजगारीलाई ५ वर्गमा विभाजन गरेको छ
(क) नियमित रोजगारी:- लामो अवधिसम्म काम गर्न दिएको रोजगारीलाई नियमित रोजगारी भनिन्छ । यस्तो रोजगारीमा प्रायः महिना महिना वा हप्ताहप्तामा पारिश्रमिक दिइन्छ । यस्ता रोजगारी २/४ वर्षभन्दा बढीको हुन सक्छ ।
(ख) कार्यगत रोजगारी:- रोजगारदाताले कुनै खास काम वा सेवा किटान गरी सम्पन्न गर्न दिएको : रोजगारीलाई कार्यगत रोजगारी भनिन्छ । यस्तो रोजगारीमा काम सकिएपछि रोजगारी पनि सकिन्छ ।
(ग) समयगत रोजगारी:- रोजगारदाताले निश्चित समयअवधि तोकी सो अवधिसम्मका लागि रोजगारी दिएमा सोलाई समयगत रोजगारी भनिन्छ । यस्तो रोजगारीमा समय सकिएपछि रोजगारी पनि सकिन्छ ।
(घ) आकस्मिक रोजगारी:- रोजगारदाताले श्रमिकलाई महिनामा सात दिन वा सोभन्दा कम समयका लागि कुनै सेवा वा काम सम्पन्न गर्न दिएको रोजगारीलाई आकस्मिक रोजगारी भनिन्छ । समय सकिएपछिरोजगारी पनि सकिन्छ ।
(ङ) आंशिक रोजगारी:- हप्तामा ३५ घण्टा वा सोभन्दा कम समयका लागि रोजगारदाताले सेवा गर्न रोजगारी दिएमा सोलाई आंशिक रोजगारी भनिन्छ । काम वा समय सकिएपछि रोजगारी पनि स्वतः सकिन्छ ।