Skip links

नेपालको संविधान विगत र वर्तमान

अभ्यास

१.  नेपाल अधिराज्यको संविधान २०४७ र २०७२ सालमा जारी भएको नेपालको संविधानका प्रस्तावनामा मिल्ने  नमिल्ने विषयवस्तु पहिचान गरी तलको जस्तै तालिकामा प्रस्तुत गर्नुहोस् ।

क्र. सं.नेपाल अधिराज्यको संविधान २०४७नेपालको संविधान २०७२मिल्छमिल्दैन
१.उदारहण: स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्नहामी सार्वभौमसत्ता सम्पन्न नेपाली जनता  
२.हिन्दु अधिराज्यधर्म निरपेक्ष राज्य  

तालिका:

क्र. स.नेपाल अधिराज्यको संविधान २०४७नेपालको संविधान २०७२मिल्छमिल्दैन
१.हिन्दू अधिराज्यधर्म निरपेक्ष राज्य 
२.जनआन्दोलनको माध्यमजनआन्दोलनको माध्यम 
३.संवैधानिक राजतन्त्रगणतन्त्रात्मक शासन 
४.स्वतन्त्र निष्पेक्ष सक्षम न्यायपालिका स्वतन्त्र, निष्पक्ष, सक्षम न्यायपालिका 
५.कानुनी राज्यको अवधारणाकानुनी राज्यको अवधारणा 
६.एकात्मकसंघात्मक 
७.समतामूलक समाजको निर्माण उल्लेख नभएकोसमतामूलक समाजको निर्माण उल्लेख भएको 
८.राजाबाट जारीसंविधान सभाबाट जारी 
९.वालिग मताधिकारवालिग मताधिकार 
१०.राजकीय सत्ता सार्वभौम अधिकार राजामाराजकीय सत्ता र सार्वभौम अधिकार जनतामा 
११.छुवाछुतको अन्त्य गरी उल्लेख नभएकोछुवाछुतको अन्त्य गरी उल्लेख भएको 

२।  नेपालको संविधानको प्रारम्भिक खण्डमा दिइएका विषयवस्तु अध्ययन गरी कक्षामा छलफल गर्नुहोस् ।

उत्तर:– नेपालको संविधानको प्रारम्भिक खण्ड प्रस्तावनाको भाग हो । यो भागमा संविधानको मूलभूत पक्ष तथा विशेषताहरूको उल्लेख हुन्छ । नेपालको संविधान २०७२ मा प्रारम्भिक खण्डमा उल्लेख भएका मूलभूत पक्षको सूची निम्न छन् :

i)  प्रस्तावनाको प्रारम्भमा नै हामी सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको उल्लेख छ ।

ii)  नेपालको स्वतन्त्रता, स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाभिमानलाई अक्षुण्ण राख्ने,

iii)  जनतालाई सार्वभौमअधिकार, स्वायत्तता र स्वशासनको अधिकार

iv)  नेपाली जनताको जनआन्दोलनको माध्यमबाट प्राप्त

v)  एकात्मक र केन्द्रीकृत राज्यव्यवस्थाले सिर्जना गरेका विभेद हटाउन

vi)  बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त देश,

vii)  जातीय छुवाछुतको अन्त्य गर्न,

viii)  वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद हटाउन

ix)  समानुपातिक, समावेशी, सहभागितामूलक सिद्धान्तमा आधारित समतामूलक समाजको निर्माण गर्न,

x)  प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली

xi)  नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकारको व्यवस्था

xii)  निष्पक्ष, स्वतन्त्र र सक्षम न्यायपालिका

xiii)  वालिग मताधिकार

xiv)  कानुनी राज्यको अवधारणा

xv)  संघीय शासन व्यवस्था

xvi)  संविधानसभाबाट पारित संविधान

थप अभ्यास

१.  संविधान भनेको के हो ? छोटो परिभाषा दिनुहोस् ।

उत्तर:- राज्य सञ्चालन गर्ने मूल कानुनलाई संविधान भनिन्छ । संविधानले सरकारी शक्तिको सीमाङ्कन गरी राज्यको काम कारवाहीलाई कानुनी मान्यता दिन्छ । राज्यको राजनीतिक प्रणाली, राज्यका अङ्गहरूको गठन तथा शक्तिको प्रयोगका सम्बन्धमा उल्लेख गरिएको लिखित दस्तावेज नै संविधान हो ।

२.  नेपालमा हालसम्म जारी भएका संविधानहरूको सूची बनाउनुहोस् ।

उत्तर:- नेपालमा हालसम्म लागू भएका संविधानहरू

(क) नेपाल सरकारको वैधानिक कानुन २००४

(ख) नेपालको अन्तरिम शासन विधान २००७

(ग) नेपाल अधिराज्यको संविधान २०१५

(घ) नेपालको संविधान २०१९

(ङ) नेपाल अधिराज्यको संविधान २०४७

(च) नेपालको अन्तरिम संविधान २०६३

(छ) नेपालको संविधान २०७२