अभ्यास
1. नेपालको भौगोलिक प्रदेश अनुसारका बिशेषताहरु तलको तालिकामा भर्नुहोस् l
उत्तर:– तालिका
प्रदेश | मुख्य विशेषताहरु | |||
भौगोलिक | जन्संखियक | आर्थिक | सामाजिक तथा संस्कृतिक | |
हिमाली | उच्च पर्वतीय क्षेत्र, अग्ला पर्वतमा हिउ पर्ने, बढी चिसो हुने, २८०० मि. देखि ८८४८.८६ मि. सम्म अग्लो भूभाग रहेको । | शेर्पा, भोटे, मुगाली, डोल्पालीको बसोबास पातलो बस्ती | कोदो, फापर, उवा आदिको खेती, कृषि विकासको सम्भावना न्यून, चौरी, भेडा पाल्ने काम, च्याउ खेतिको विकास हुँदै । | शेर्पा, भोटे, मस्ताङ्गी, मनाङ्गी आदि जातिको बसोबास, बौद्ध जन्ती, ल्होसार,मनिरिम्दु, दसैं तिहार आदि चाडपर्व मनाइने । |
पहाडी | ६०० मि. देखि २८०० मि. सम्मको अग्लो भूभाग होचो अग्लो पर्वतीय क्षेत्र । कहि कहि वेंसी र उपत्यका भएको, गर्मीमा कम गर्मी तर जाडो मा केही बढी जाडो । | पूर्वी पहाडमा राई, लिम्बु, मध्य भागमा तमाङ्ग, नेवार, गुरुङ, पश्चिममा मगर बढी । बाहुन, क्षेत्री, दलित आदि सबैतिर छरिएर रहेका । | तरकारी खेती, गहुँ,फापर, कोदो, मकै, भटमास,सुन्तला आदिको खेती, घरेलु उद्योग, पशुपालन,व्यापार तथा सेवा व्यवसाय चलेको । | विभिन्न जातिहरूको बसोबास भएकोले बहुसांस्कृतिक समाज हिन्दु धर्म, बौद्ध धर्म बढी प्रचलन, दशै-तिहार, उभौली उधौली, शिवरात्री, तिज आदि चाड पर्व मनाइने साथै विभिन्न थरिका नाच र जात्रा प्रचलनमा रहेको । |
तराई | ५९ मि. देखि ६०० मि. सम्म अग्लो भूभाग । समथर क्षेत्र गर्मीमा केही गर्मी तर जाडोमा बढी जाडो नहुने कतै कतै शितलहर चल्ने । | यातायात, सञ्चार, उद्योग आदिको विकासले बाक्लो वस्ती भएको । बाक्लो जनघनत्व भएको क्षेत्र । | प्रशस्त खेतीपाती हुने, खाद्यान्न तथा नगदे बालीको उत्पादन, ठूलाठूला कलकारखाना सञ्चालन, व्यापार र सेवा व्यवसाय चलेको, पशुपालन पनि रहेको छ । | बाहुन, क्षेत्री, मुसल्मान, दलित, राइ, लिम्बु, यादव, मारवाडी आदि विभिन्न जातिको बसोबास । हिन्दूधर्म, बौद्ध धर्म र हाल इसाई धर्म पनि प्रचलित रहेको । दशैं, तिहार, छठ, इद, लाखेजात्रा आदिको प्रचलन, जातिगत सांस्कृतिक कार्यक्रम हुने गरेको । |
2. ‘नेपालको भौगोलिक अवस्थाको उपयोग गर्न सके नेपाल विश्वकै सम्पन्न देश बन्न सक्छ ।‘ यस भनाइलाई उदाहरण दिएर पुष्टि गर्नुहोस् ।
उत्तर:– नेपालमा विकासको सम्भावना बढी छ । हाम्रो देशमा रहेको विभिन्न भौगोलिक अवस्थाको सदुपयोग गर्न योजना चाहिएको छ ।
हिमाली प्रदेशमा पर्वतारोहण, पदयात्रा आदि पर्यटनको सम्भावना छ । विदेशीहरु हिमाली दृश्य अवलोकन गर्न चाहन्छन त्यसलाई प्रोत्साहित गर्नुपर्छ । हिमाली क्षेत्रमा जडीबुटी खेती व्यवसायिक रुपमा विकास गर्न सकिन्छ । यार्सागुम्बा जस्ता अन्य महङ्गा जडीबुटीको खेती विस्तार गर्न सकिन्छ । लेकाली घाँस पाइने ठाउँमा चौरी, भेडा तथा च्याङ्ग्रा पाल्न सकिन्न । कतै कतै अलपाका पल्न थालिएको पनि समाचार सुनिन्छ । चौरीको दूधबाट चीज र छुर्पी बनाई निर्यात गर्न सकिन्छ । ठण्डा प्रदेश भएकाले यहाँ स्याउ, केशर, अङ्गर आदिको फलफूल खेती गर्न सकिन्छ । हिमाली छाँगो र नदीबाट प्रसस्त जलविद्युत उत्पादन गर्न सकिन्छ । जलविद्युत् छिमेकी देशहरूमा निर्यात गरी हामी प्रशस्त आयथार्जन गर्न सक्छौं ।
पर्वतीय क्षेत्रमा चिया, अलैंची, भटमास, कफी, किवी आदि खेतीको विकास गर्न सकिन्छ । रमणीय प्राकृतिक दृश्य अवलोकनका लागि पदयात्रा कार्यक्रम सञ्चालन गर्न सकिन्छ । कतिपय ठाउँबाट सूर्योदयको दृश्य हेर्नका लागि भ्यूटावर बनाई पर्यटक आकर्षित गर्न सकिन्छ । र्याफ्टिङ, प्याराग्लाइडिङ, बन्जी जम्प, क्यानोईग जस्ता साहसिक पर्यटनको सम्भावना पनि प्रशस्त छ । विभिन्न स्थानमा रहेका धार्मिक स्थान अवलोकनका लागि धार्मिक पर्यटन विकास गर्न सकिन्छ । पहाडी भूभागमा गाई वस्तु र बाख्रा पालन पनि आयस्रोत बन्न सक्छ । यहाँ उम्रने लोक्ताबाट कागज तयार गरिदैछ र यसलाई अझ विकास गर्न सकिन्छ । कतिपय औषधिजन्य तथा मसलाजन्य रुख विरुवाहरूको खेती विकास गर्न सकिन्छ ।
तराई क्षेत्र समथर छ । यहा नदीले ओछ्याएको मलिलो माटो पाइन्छ । यहाँ प्रशस्त खेतीपाती हुन्छ । यहाँ खाद्यान्न र नगदेबालीको खेती हुन्छ । कृषि विकासका लागि योजनाहरू कार्यान्वयन गरिएमा तराईमा प्रशस्त खाद्यान्न उत्पादन गरी देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सकिन्छ । यसबाट खाद्यान्न आयातबाट हुने नोक्सानी जोगाउन सकिन्छ । तराईमा बगेका नदीनालाका पानीलाई सिंचाइमा प्रयोग गरी खेती विकास गर्न सकिन्छ । नदी तथा पोखरीमा माछा पालन विकास गर्न सकिन्छ । तराई क्षेत्रमा कुखुरा पालन, गाईवस्तु पालन, बाख्रापालन आदि पनि विकास गर्न सकिन्छ । तराईमा बाक्लो जनसङ्ख्या भएकाले उत्पादित वस्तुको खपत सजिलै हुन सक्छ । उखु, जुट, चिया जस्ता नगदे बालीको उत्पादनमा वृद्धि गरी चिनी मिल, जुट मिल र चिया उद्योग बढाई रोजगारी सृजना गर्न सकिन्छ । तराई र भित्री मधेशमा रहेका वनहरूलाई उपयोग गरी राष्ट्रिय उधान स्थापित गरी स्वदेशी तथा विदेशी पर्यटकहरू आकर्षित गर्न सकिन्छ । उद्योगलाई व्यवस्थित गरी गुणस्तरमा सुधार गर्दै लगेमा हामी उत्पादित सामानहरू निर्यात गर्न पनि सक्छौं । तराईमा रहेका जानकी मन्दिर, गढीमाइ, छिन्नमस्ता जस्ता धार्मिक स्थलहरूमा धार्मिक पर्यटक विकास गर्न सकिन्छ ।
परियोजना कार्य
1. आफू बसेको भौगोलिक क्षेत्रका विशेषताहरू उल्लेख गर्दै एक लेख तयार पार्नुहोस् ।
उत्तर:- म तराई प्रदेशमा बस्छु । म बसेको ठाउँको केही भौगौलिक विशेषताहरू निम्नलिखित छन्:
i) म बसेको ठाउँ समथर छ । यहाँ हिडडुल गर्न सजिलो छ ।
ii) समथर क्षेत्र भएको र मलिलो माटो भएकोले यहाँ प्रशस्त खाद्यान्न उत्पादन हुन्छ । यहाँ धान, मकै, कोदो, गहुँ र थरिथरिका दालहरूको उत्पादन गरिन्छ।
iii) यहाँ गर्मीमा बढी गर्मी हुन्छ र प्रशस्त पानी पर्छ । वर्षायाममा बाढीको सम्भावना भइरहन्छ ।
iv) जाडोमा बढी जाडो तं हुँदैन तर हुस्सु लाग्छ र कहिलेकाहिँ शीतलहरले दु:ख दिन्छ ।
v) भूमिगत सजिलै उपलब्ध हुने हुँदा यहाँ खानेपानीको अभाव हुँदैन ।
थप प्रश्नहरु
1. हिमाल, पहाड र तराईबिचको अन्तरसम्बन्ध छोटकरीमा प्रष्ट पार्नुहोस् ।
उत्तर:- हिमाल, पहाड र तराईको भौगोलिक बनोट फरक परे पनि यी तिनै प्रदेशको एकअर्कासँग घनिष्ठ सम्बन्ध रहेको छ । जस्तै :
i) हिमाली क्षेत्र अग्लो क्षेत्र हो । दक्षिणबाट वहने बाफिलो वायुलाई छेलेर देशैभर वर्षा गराउन सघाएको छ ।
ii) उत्तरबाट वहने चिसो वायुलाई छेलेर हिमालले बढी जाडो हुनबाट जोगाएको छ ।
iii) हिमाली प्रदेशमा पाइएका जडीबुटीहरूले देशैभरका मानिसहरूका लागि औषधि बनाउन प्रयोग हुन्छ ।
iv) हिमाली नदीबाट उत्पादित जलविद्युत देशैभर प्रयोग भएको छ ।
v) हिमालबाट बगेका नदीहरूको पानी तराईमा सिँचाइका लागि प्रयोग भएको छ।
vi) हिमाली प्रदेशमा फलेका स्याउको स्वाद पहाडी प्रदेश र तराई प्रदेशका मानिसहरूले, चाख्न पाएका छन् ।
vii) पहाडी प्रदेशमा फलेका चिया, सुन्तला र अनार आदि तराईमा उपभोग गरिन्छ ।
viii) पहाडी प्रदेशमा फलेका तरकारीहरू तराईमा बिक्री हुन्छ ।
ix) तराईमा फलेका खाद्यान्न पहाड र हिमाली भागमा आपूर्ति हुन्छ ।
x) तराईमा फलेको आँप पहाड र हिमालमा जान्छ ।
xi) तराईमा उत्पादित सरसामान पहाड र हिमाली भागसम्म जान्छ ।
xii) गर्मीमा तराईका मानिसहरू गर्मी छल्न र मनोरञ्जन गर्न पहाडी क्षेत्र जान्छन् । पहाडी क्षेत्रका
xiii) मानिसहरू जाडो छल्न र उच्च शिक्षाका लागि तराईतिर भर्छन् ।
यसरी आन्तरिक पर्यटनको विकास हुन्छ, व्यापारको विकास हुन्छ जसबाट राष्ट्रिय एकता बलियो हुन्छ। .