अभ्यास
1. नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो ।’ यस भनाइलाई पुष्टि गर्नुहोस् ।
उत्तर:- नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश हो । यस देशमा बहुसङ्ख्यक जातिहरूको बसोबास छ । यहां शेर्पा, नेवार, थकाली, ब्राह्मण, क्षेत्री, सुनुवार, यादव, धानुक, राई, लिम्बू, मगर, गुरुङ, थकाली, आदि गरी सयभन्दा बढी जातजातिका मानिसहरू यस देशमा शान्तिपूर्वक बसोबास गरिरहेका छन् । यसकारण नेपाल एक बहुजातीय देश हो।
नेपालमा बसोबास गरिरहेका जातजातिहरूको आफ्नै भाषा छ । राई, लिम्बू, नेवार, मगर, गुरुङ, थकाली, भोटे, शेर्पा, चेपाङ, आदि विभिन्न जातजातिहरूबाट नेपालमा सयभन्दा बढी भाषा बोलिन्छन् । यसले नेपाल एक बहुभाषिक मुलुक हो।
नेपालमा बसोबास गरिरहेका विभिन्न जातजातिहरूको आ-आफ्नै सांस्कृतिक परम्परा छ । नेवारहरूले भोटो जात्रा, विस्केट जात्रा, लाखे जात्रा, गाईजात्रा बाहेक पुलकिसी नृत्य, आर्यतारा नृत्य आदि त्यस्तै दशैं, तिहार, माघे सङ्क्रान्ति, फागु, ल्होसार, गौरा पर्व आदि विभिन्न चाडपर्वहरू मनाइन्छ । त्यस्तै नेपालमा हिन्दू धर्मावलम्बीहरू बौद्ध धर्मावलम्बीहरू, ईस्लाम धर्मावलम्बीहरूका साथै अन्य धर्मावलम्बीहरू पनि बसोबास गर्छन् । नेपालमा धर्मकानाममा कहिले झगडा भएन । पुरातनकालदेखि नै एकले अर्काको धर्मप्रति सम्मान गर्ने गरेका छन् । यहाँ शैव, शाक्त, वैष्णव, जैन, बौद्ध आदि विभिन्न सम्प्रदायका मानिसहरूको बसोबास छ । यसैले नेपाल बहुसांस्कृतिक देश हो ।
2. समाजमा जातीय र क्षेत्रीय विविधताका कारण प्राप्त हुने अवसरहरूको सूची तयार पार्नुहोस् ।
उत्तर: नेपाली समाजमा विभिन्न जातजातिहरूको बसोबास छ । जातीय विविधताका कारण प्राप्त हुने केही अवसरहरू:
i) जातीय विविधताले गर्दा नेपाल बहुजातीय मुलुक बनेको छ ।
ii) विविध जातिको आ-आफ्नो पेशाले गर्दा हाम्रो सामाजिक तथा धार्मिक आवश्यकताहरू पूरा भएको छ।
iii) पहाडी क्षेत्रमा कठिन जीवनशैली अवलम्वन गरी निडर तथा परिश्रमी जातजातिहरूले सुरक्षा कार्यमा सेनामा अवसर पाएका छन् ।
iv) हिमाली क्षेत्रमा जीवन यापन गर्ने शेर्पा जातिहरू पर्वतारोहण कार्यमा सहयोग गरी जीविका उपार्जन गर्ने गरेका छन् ।
v) विभिन्न सांस्कृतिक गतिविधि गरी आफ्नै जीवनशैली अवलम्वन गर्ने नेवार जातिहरूले सांस्कृतिक तथा जातीय पहिचान अवलोकन गर्न विदेशी पर्यटकहरूलाई आकर्षित गर्न सकेको छ।
vi) सुनचाँदीका गरगहना बनाउने कालीगढ जातिको सीप अझ निर्खान तालिम दिएमा हामी नेपालबाट सुनचाँदीका गरगहना निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सक्छौं ।
viii) विविध जातिहरूको आ-आफ्नो सांस्कृतिक परम्पराले गर्दा नेपाल बहुसांस्कृतिक मुलुक भएको छ । साथै यसबाट नेपाल विदेशी पर्यटकहरूको गन्तव्य स्थान बनेको छ ।
क्षेत्रीय विविधताबाट प्राप्त हुने अवसर:
i) क्षेत्रीय विविधताले गर्दा यहाँ विभिन्न हावापानी पाइन्छ । सो हावापानी विविध प्रकारका अन्नबालीहरू उत्पादन हुन सहज भएको छ।
ii) तराईमा बढी उत्पादन भएको अन्न देशको सबै भागमा पुगेको छ । यसबाट भोकमरी हटेको छ ।
iii) पहाडी क्षेत्रमा उत्पादन हुने नगदे बाली ( चिया, अलैंची, अम्रेसो आदि) तथा फलफूलले देशको तराई
iv) भागसम्म ठाउँ पाएको छ । बढी बाली निर्यात पनि गरिन्छ ।
v) अग्ला हिमाली क्षेत्र स्वदेशी तथा विदेशी पर्वतारोहीहरूलाई आकर्षित गरेको छ ।
vi) क्षेत्रीय विविधताले गर्दा भएको प्राकृतिक सुन्दरता अवलोकन गर्न विदेशीहरू समेत आउने गरेका छन्।
vii) पहाड़ी क्षेत्रबाट वगेका नदीहरूले जलविद्युत् उत्पादनमा सहयोग गरेको छ ।
viii) पहाडी क्षेत्रमा पाइएका खनिज वस्तुले उद्योग सञ्चालन (सिमेन्ट) मा सहयोग गरेको छ ।
ix) तराईमा उत्पादन भएको नगदेबाली (जुट, चिया, सुर्ती, उखु, कफी आदि) ले तराईमा उद्योगहरूको स्थापना भएको छ ।
x) पहाडी क्षेत्रमा उत्पादन हुने जडीबुटीहरूले औषधि निर्माणमा सहयोग गरेका छन् ।
xi) पहाडी तथा तराई क्षेत्रको कृषिलाई आधुनिकीकरण गरी देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सकिन्छ ।
xii) तराईमा यातायात, स्वास्थ्य, सञ्चार, विद्युत्, उद्योग सेवाको विकास गरी रोजगारीको अवसर सृजना गर्न सकिन्छ।