अभ्यास
१. किशोरावस्थाको परिचय दिनुहोस् ।
उत्तर:- विश्व स्वास्थ्य सङ्गठन अनुसार १० वर्षदेखि १९ वर्षउमेर समूहको मानिसको अवस्थालाई किशोरावस्था भनिन्छ । यो उमेर बाल्यकाल र वयस्क बिचको उमेर हो । यो उमेरमा सोच, बुद्धिको विकास यसलाई जागरणको विकासको अवस्था भन्न सकिन्छ । शरीरमा हार्मोन र मनोवैज्ञानिक परिवर्तन पनि हुँदै जान्छ । यसलाई जागरणको विकासको अवस्था भन्न सकिन्छ । शरीरमा हार्मोन र मनोवैज्ञानीक परिवर्तन पनि हुँदै जान्छ । शरीरमा पनि विकासका लक्षण देखिन्छन् ।
२. किशोरावस्था जीवनको महत्त्वपूर्ण अवस्था हो, किन?
उत्तर:- यो अवस्था सबै प्राणीले पार गर्नुपर्छ । बाल्यकालबाट किशोर भएपछि मात्र वयस्क अवस्था आउँछ । यो अवस्थामा शारीरिक परिवर्तन हुन्छ । मनोवैज्ञानिक परिवर्तन हुन्छ । शरीरमा हर्मोनमा परिवर्तन आउँछ । साथीहरूसँग बढी घुलमिल गर्ने तथा जोश जाँगर चल्ने, काम गर्दा हडबडाउने, अभिभावकका विचार र काम गराई प्रति विमति राख्ने, चाँडै खुसी हुने वा चाँडै रिसाउने जस्ता काम यो अवस्थामा देखिन्छ । यो अवस्थामा भविष्य बनाउने समय पाइन्छ । असल व्यवहार, चालचलन र असल सङ्गत बढाउने समय पाइन्छ । यो उमेरमा काममा दक्षता प्राप्तिका लागि सिक्ने अवसर पाइन्छ । आफ्नो सपना वा महत्त्वाकांक्षालाई पूरा गर्न अग्रसर हुने समय मिल्छ । यसैले यो अवस्थालाई महत्त्वपूर्ण अवस्था भनिएको हो।
३. किशोरावस्थाका मुख्य चुनौतीहरूको सूची तयार पार्नुहोस् ।
उत्तर:- किशोरावस्थाका मुख्य चुनौतीहरू:
– समयको व्यवस्थापन गर्ने ।
– असल साथीहरूसंगको संगत बढाउने।
– कुलततर्फ नवहकिने ।
– पढाइमा निरन्तरता दिने ।
– काममा दक्षता प्राप्ति गर्ने ।
– भविष्य राम्रो बनाउनेतर्फ सोच राख्ने ।
– हतास र निरास नभई जोश जागरका साथ काम गर्ने ।
– सकारात्मक सोच राख्ने ।
– अभिभावक तथा समुदायप्रति चनाखो र संवेदनशील हुने ।
४. किशोरकिशोरीहरूले स्वस्थ जीवनशैली अपनाउन किन जरुरी छ, कारणहरू उल्लेख गर्नुहोस् ।
उत्तर:- किशोरकिशोरीहरूले स्वस्थ जीवनशैली अवलम्बन गर्नेतर्फ विशेष ध्यान दिनुपर्छ । यो उमेरमा खराब बानी लाग्यो भने जीवनभर दुःख पाउनुपर्छ । अस्वस्थ खानपानले विरामी लाग्यो भने पछिको जिन्दगी काम नगरी उपचार गर्दै बिताउनु पर्छ । किशोर अवस्थामा कुनै रोग लागेन भने आफ्नो पेशा कामप्रति बढी ध्यान दिई भविष्य सपार्न सकिन्छ । यो उमेरमा सकारात्मक सोच र सिर्जनशील भइयो भने भविष्य उज्ज्वल हुन्छ । यसैले यो उमेरमा स्वस्थ र सन्तुलित खानपानमा ध्यान दिनुपर्छ । प्रशस्त पानी पिउनु पर्छ । स्वच्छ मनोरञ्जन गर्नुपर्छ । समय मिले घुमफिर गरी ज्ञान वृद्धि गर्नुपर्छ । असल सङ्गत गरी अन्तरक्रियामा रमाउनुपर्छ । कुलतबाट टाढा रहनुपर्छ । सामूहिक काममा सहभागिता जनाउनुपर्छ । अहिले स्वस्थ जीवनशैली अवलम्वन गरेमा सो बानी जिन्दगी रहने हुनाले जीवन सफल भई समुदायमा प्रतिष्ठा वृद्धि हुन्छ ।