आधुनिक र परम्परागत सेवा पद्धति

अभ्यास

१.  आयुर्वेदिक चिकित्सा पद्धतिका सकारात्मक पक्षहरू उल्लेख गर्नुहोस् ।

उत्तर:- आयुर्वेदिक चिकित्साका सकारात्मक पक्ष-

(क) यो परम्परागत पद्धति हो । हाम्रा पुर्खाहरूले यही विधिबाट उपचार गराउँथे।

(ख) यो उपचार पद्धतिमा प्रयोग हुने जडीबुटीहरू प्रायः देशमै पाइन्छ । विदेशको भर पर्नुपर्दैन ।

(ग) रोगको लक्षणको आधारमा उपचार गरिन्छ । विभिन्न परीक्षण गराउने शुल्क जोगिन्छ ।

(घ) यो सरल उपचार पद्धति हो । यसमा विभिन्न उपकरणको आवश्यकता पर्दैन ।

(छ) यो पद्धतिमा चिरफार आदि कम हुन्छ ।

(च) यो पद्धतिमा रोगलाई नियन्त्रण मात्र गरिँदैन, रोगलाई जरैबाट निर्मुल गर्ने उपाय गरिन्छ ।

(छ) उपचार अवधि कहिलेकाहिँ लामो भएपनि रोग फेरि बल्झने शङ्का रहँदैन ।

(ज) यो पद्धतिमा औषधिको नकारात्मक प्रभाव न्यून हुन्छ ।

(झ) यो कम खर्चिलो पनि छ।

२.  होमियोप्याथी कस्तो चिकित्सा पद्धित हो ?

उत्तर:- होमियोप्याथी चिकित्सा पद्धति गत केही वर्षदेखि सुरु भएको पद्धति हो । सन् १७९६ मा जर्मन चिकित्सक समुअल हन्नेमानले सिर्जना गरेको यो पद्धति हो । यो पद्धतिमा रोगीको लक्षण र चिन्ह अनुरूप औषधिहरू दिइन्छ । यसमा शक्तिवृत्त औषधिबाट उपचार गरिन्छ । यो पद्धतिमा पनि रोगलाई नियन्त्रण गर्नुका साथै निर्मुल गर्ने प्रयास गरिन्छ । विभिन्न प्रकारको परीक्षणको आवश्यकता पर्दैन । नेपालमा वि.सं. २००४ सालमा कोलम्बो योजना अन्तर्गत होमियोप्याथिक चिकित्सा अध्ययनको व्यवस्था मिलाइएको थियो । वि.सं. २०१० मा ललितपुरमा सरकारी स्तरमा पशुपति होमियोप्याथिक चिकित्सालयको स्थापना भई हालसम्म सञ्चालनमा छ।

३.  प्राकृतिक उपचार पद्धतिका विशेषताहरू उल्लेख गर्नुहोस् ।

उत्तर:- औषधिको प्रयोग नगरी उपचार गरिने पद्धति प्राकृतिक उपचार पद्धति हो । यो चिकित्सा पद्धति पंचमहाभूतमा आधारित छ । यो पद्धतिमा मानव शरीर पंचमहाभूतबाट बनेको मान्यता छ । ती हुन्- पृथ्वी, जल, तेज, वायु र आकाश । यही मान्यतालाई आधार मानी प्राकृतिक रूपमा पाइने वस्तुहरूको सम्मिश्रणबाट रोगको उपचार गरिन्छ । यो पद्धतिमा योग तथा ध्यान, मालिस, अकुपन्चर, अकुप्रेसर, जल तथा मृतिका उपचार पद्धति, उपवास, शारीरिक कसरत, भोजन परामर्श लगायत विभिन्न विधिद्वारा उपचार गरिन्छ । यस पद्धतिले व्यक्तिलाई निरोगी र दीर्घजीवि बनाउने मान्यता छ।

थप प्रश्नहरू

१. निरोधात्मक, प्रबर्द्धनात्मक र उपचारात्मक आदि स्वास्थ्य सेवाको परिचय दिनुहोस् ।

उत्तर:- रोग लाग्न नदिनु, रोग लाग्न अभावै रोकथामका लागि प्रदान गरिने स्वास्थ्य सेवालाई निरोधात्मक सेवा भनिन्छ । जस्तैः खोप कार्यक्रम, परिवार नियोजन तथा मातृ शिशु कल्याण कार्यक्रम औंलो ज्वरो नियन्त्रण कार्यक्रम आदि ।

स्वास्थ्य स्थितिलाई सुधार्नका लागि प्रदान गरिने स्वास्थ्य सेवालाई प्रवर्धनात्मक सेवा भनिन्छ । जस्तै: पोषण कार्यक्रम, स्वास्थ्य शिक्षा, वातावरणीय स्वास्थ्य, सरसफाई कार्यक्रम ।

कुनै पनि किसिमको रोग लागेपछि निको पार्नका लागि प्रदान गरिने स्वास्थ्य सेवालाई उपचारात्मक सेवा भनिन्छ । जस्तैः अस्पताल वा क्लिनिकबोट प्रदान गरिने सेवा ।

२. स्वास्थ्य सेवामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भूमिका प्रष्ट पार्नुहोस् ।

उत्तर:- उपचार सेवा, रोग नियन्त्रण, स्वास्थ्य सुधार गतिविधि, प्राथमिक स्वास्थ्य उपचार प्रणालीलाई समुचित व्यवस्थापन गर्न र त्यसका लागि नीति निर्माण गर्ने आदि काम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्छ ।